निःशुल्क पाउने सेनिटाइजर बिक्री गरेपछि औषधि पसल बन्द

 न्यूज विराट
निःशुल्क पाउने सेनिटाइजर बिक्री गरेपछि औषधि पसल बन्द

नेपालगञ्ज, ४ वैशाख-कोरोना सङ्क्रमण रोकथामका लागि सरकारलाई निःशुल्क उपलब्ध गराइएको ह्याण्ड सेनिटाइजर बिक्री गरेको अभियोगमा त्यहाँस्थित कमला मेडिसिन बन्द गराइएको छ ।

एसआर ड्रग कम्पनीले नेपाल सरकारमार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निःशुल्क उपलब्ध गराएको एसआर केयर ह्याण्ड सेनेटाइजर बिक्रीवितरण गरेको पाइएपछि प्रहरीले उक्त पसलमा बुधबार छापा मारेर बन्द गरेको हो ।

कम्पनीले सरकारलाई निःशुल्क उपलब्ध गराएको ह्याण्ड सेनेटाइजरको बोतलमा ‘बिक्रीका लागि होइन’ लेखिएको भन्ने वाक्यांश छोपेर प्रतिबोतल ६ सय रुपैयाँका दरले बिक्री वितरण गरिररहेको पाइएपछि प्रहरीले सो फर्म बन्द गरेको जनाइएको छ ।

कमला मेडिसिनका सञ्चालक दीपेन्द्र अग्रवाल र केही निजी फर्म तथा व्यापारीको मिलेमतोमा स्यानिटाइजर बिक्री भएको सामाजिक सञ्जालमार्फत गुनासो आएलगत्तै गरिएको प्रारम्भिक अनुसन्धानपछि औषधि पसल बन्द गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । रासस

सम्बन्धित समाचार

मोरङमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

मोरङ, ९ साउन-मोरङमा राष्ट्रिय परिचयपत्र वितरण शुभारम्भ भएको छ । जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेल र विराटनगर उपमहानगरपालिका उपप्रमुख इन्दिरा कार्कीले जिल्ला प्रसासन कार्यालय मोरङमा बिहीबार आयोजित कार्यक्रममा फोटो खिचेर दर्ता शुुभारम्भ गरे ।...

वीरगञ्जमा मृत्युपछि २ व्यक्तिमा काेराेना पुष्टि

काठमाडाैं, ३० साउन-पर्साकाे वीरगञ्जमा २ जना व्यक्तिकाे मृत्युपछि काेराेना भाइरस (काेभिड-१९)काे संक्रमण पुष्टि भएकाे छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएकाे परीक्षणमा बाराका ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हाे। दुवै जनाकाे बिहीबार बिहान मृत्यु भएकाे...

ट्रकसहित २७५ बोरा प्याज नियन्त्रणमा

तनहुँ, १२ वैशाख-व्यास नगरपालिका कार्यालयले एक ट्रकसहित २७५ बोरा प्याज, आलु र केही बोरा चामल नियन्त्रणमा लिएको छ ।व्यास–३ का मुनिलाल शाहका पसलमा नगरपालिकाले बिहीबार बन्द गरी ट्रकसहित खाद्य पदार्थ नियन्त्रणमा लिएको हो । सामान...

सिद्धार्थको गैह्रकार्य क्षेत्रमा लगानी, बचतकर्ताको निक्षेप फिर्ता नगरी सहकारी बन्द

विराटनगर । विराटनगर ११ महेन्द्रचोकमा रहेको सिद्धार्थ बुहउद्देश्यीय सहकारीले मनोमानी ढंगले रकम चलाउने र गैर कार्य क्षेत्रमा लगानि गरेको पाइएको छ ।सिद्धार्थले सहकारी ऐन अनुसार काम कारवाही नगरेको कारण बचतकर्ताको करडौं निक्षेप जोखिममा परेको हो...

जोरबिजोर प्रणालीअनुसार आजदेखि सवारीसाधन चलाउन पाइने

काठमाडौं, ३० जेठ-नेपाल सरकारले घोषणा गरेको लकडाउनको नयाँ व्यवस्थाअनुसार आजदेखि सवारी साधन जोरबिजोर प्रणालीअनुसार चलाउन पाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार शुक्रबारदेखि काठमाडौं उपत्यका भित्र र अन्यत्र जिल्ला भित्र मात्र निजी सवारी...

संसारकै सम्पन्न शहरमा थाङ्नाको मास्क

एजेन्सी, चैत १५-अमेरिकाको समृद्ध राज्य न्यूयोर्क यतिबेला इतिहासको सबैभन्दा खतरनाक महामारीसँग जुधिरहेको छ । कोरोना भाइरसबाट शुक्रबार मात्र ८५ न्यूयोर्कवासीले ज्यान गुमाएका छन् । अहिलेसम्म न्यूयोर्कमा ४० हजार मानिस कोरोना संक्रमित भएको पाइएको छ ।हालत...

संसद् विघटनविरुद्ध विपक्षी गठबन्धनद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं, १० जेठ । प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । प्रधानमन्त्रीमा विपक्षी गठबन्धनका शेरबहादुर देउवालाई नियुक्ति गर्न, चुनाव गराउने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न, चुनावी कार्यक्रम रोक्न र संविधानले तोकेकै मितिमा बजेट...

कटहरीको दोश्रो गाउँसभा बैठक सकियो, साढे ८० लाखको ३० वटा नयाँ योजना थपियो

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले साढे ८० लाख बढी लागतको ३० वटा भन्दा बढी योजना थप गरेको छ ।शनिबार बसेको कटहरी गाउँपालिकाको दोश्रो गाउँसभाको चौथौ अधिविशेनले ३० वटा योजना हटाउँदै नयाँ ३० वटा योजना थप...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्