नेपालगञ्जका संक्रमितको ‘ट्राभल हिस्ट्री’ नखुल्दा संक्रमण स्रोत पत्ता लगाउँनै समस्या

 न्यूज विराट
नेपालगञ्जका संक्रमितको ‘ट्राभल हिस्ट्री’ नखुल्दा संक्रमण स्रोत पत्ता लगाउँनै समस्या

बाँके, २४ वैशाख-बाँकेमा फेला परेका कोरोना भाइरस (कोभिड-१९) संक्रमितको अझै पनि ‘ट्राभल हिस्ट्री’ खुल्न सकेको छैन । भ्रमण विवरण खुल्न नसक्दा कोरोना संक्रमणको सुरुको अवस्था पत्ता लगाउन मुस्किल भएको छ ।

कोरोना भाइरस संक्रमणको क्षेत्र नेपालगञ्ज उपमहानगरपालिका–८, जोल्हनपूर्वामा पहिलो पटक गत शुक्रबार मदरसा शिक्षक ६० वर्षीय १ पुरुषमा कोरोना संक्रमण पोजिटिभ फेला परेपछि उनी बसोबास तथा आवतजावत गर्ने क्षेत्रमा बन्द गरेर स्थानीय बासिन्दाको स्वाब परीक्षण गर्दा ७ वर्षका बालक तथा ९ वर्षकी बालिकासहित २२ जनामा पोजिटिभ देखिएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले ती पुरुषलाई पनि अरूबाट कोरोना सरेको हुन सक्ने बताए । संक्रमितको ट्राभल हिस्ट्री पत्ता लगाउन नसकिएकाले संक्रमण कहाँदेखि फैलियो भन्ने थाहा पाउन मुस्किल भएको छ । पहिलो संक्रमित ६० वर्षीय पुरुष भारतका रुपैडिहा, नानपारालगायत ठाउँमा आवतजावत गरेको देखिए पनि टाढाको ‘ट्राभल हिस्ट्री’ नदेखिएकाले ती पुरुषलाई नै यकिनसाथ पहिलो केस भन्न नमिल्ने उनले बताए ।

नेपालगञ्जमा पहिलो पटक फेला परेका संक्रमित ६० वर्षीय पुरुषको सम्पर्कमा आएका जोल्हनपूर्वास्थित मदरसा वरिपरिका बासिन्दा भएको बताइएको छ । पहिलो संक्रमितले जोल्हनपूर्वामा रहेको मदरसामा बालबालिकालाई पढाउने क्रममा सम्पर्क भएको हुन सक्ने अनुमान छ ।

सम्बन्धित समाचार

नयाँ स्थानमा विराटनगरको गुद्री बजार सञ्चालन

विराटनगर, चैत २३–विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको गुद्री बजार आइतबारदेखि देखि पूर्ण रुपमा खाली भएको छ । गुद्री बजारलाई विराटनगर महानगपालिकाले तीन महिना अगावै देखि खाली गर्न गरेको प्रयासलाई गुद्री बजार सञ्चालकहरुले बेवास्ता गर्दै आएका थिए...

विराटनगरमा हिजाे अवतरण हुन नसकेकाे बुद्ध एयरको जहाज आजदेखि पुन: उडानमा

विराटनगरमा अवतरण गर्न नसेकी हिजो काठमाडौं ल्याएर ल्यान्डिङ गराइएको बुद्ध एयरको जहाजले आजदेखि पुन: उडान सुरु गरेकाे छ । नागरिक उड्ययन प्राधिकरणले अनुगमन गरेर अनुमति प्राप्त गरेपछि पुन: उडान सुरु गरिएको बुद्ध एयरले जनाएको छ । साेमबार बिहान ८...

दाना-कुश्मा खण्ड प्रसारण लाइन असारभित्र संचालनमा ल्याइने

काठमाडौं, १० जेठ-कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना र पर्वतको कुश्माखण्ड निर्माण अन्तिम चरणमा पुगेको छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी (लकडाउन)काबीच पनि स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानहरूको पूर्ण पालना...

दशैँ सुरु, आज घटस्थापना, घरघरमा जमरा राखिँदै

काठमाडौं, १ कात्तिक-प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।  आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश...

काेशी प्रदेश सरकारले सुरू गर्यो १० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचार

विराटनगर । काेशी प्रदेश सरकारले प्रदेशभरिका १० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचार सुरू गरेकाे छ । मुख्यमन्त्री केदार कार्कीकाे उपस्थितिमा प्रदेश स्वास्थ्य मन्त्रालयले यस प्रदेशस्थित प्रदेश अस्पताल र चार वटा निजी अस्पतालसँग आइतबार सम्झाैता गरेर बालबालिकाकाे...

भारतले सडक निर्माण गरेपछि कालापानी क्षेत्रमा बिओपी स्थापनाको तयारी

दार्चुला, २८ वैशाख-दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) तत्काल स्थापना हुने भएको छ । गत मंसिरमै नेपाल सरकारले बिओपी राख्ने निर्णय गरेको भए पनि लकडाउनका कारण ढिलाइ भएको थियो...

विराटनगरमा तीन सहित प्रदेश १ मा २१ जनामा कोरोना संक्रमण

विराटनगर– प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३६७ जनाको पीसीआर परीक्षण गर्दा १८ र ४० जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ...

उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, १२ असार-उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । नेपालको संविधानअनुसार उपसभामुखको अविलम्ब व्यवस्थाका निम्ति परमादेशको आदेशको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालाय, सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा तथा सभामुखको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्