आज १५ कोरोना संक्रमितको मृत्यु
काठमाडौं, २७ कात्तिक-गत २४ घण्टामा देशभर १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ८९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १०...
काठमाडौं, १० जेठ-कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना र पर्वतको कुश्माखण्ड निर्माण अन्तिम चरणमा पुगेको छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी (लकडाउन)काबीच पनि स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानहरूको पूर्ण पालना गरी स्थानीय सरकार र प्रशासनसँगको समन्वय र सहयोगमा आयोजनाको निर्माण धमाधम भइरहेको छ ।
दाना र कुश्मास्थित खुर्कोटमा २२०/१३२ केभी सबस्टेसन निर्माणका बाँकी रहेका काम पनि जारी छ । दुवै सबस्टेसनका अधिकांश उपकरणहरू जडान भइसकेका छन् ।
दाना—कुश्माखण्ड यही असारभित्रमा संचालन (चार्ज) गर्ने लक्ष्यका साथ काम भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
यही प्रसारण लाइनमा निजी क्षेत्रका लगानीकर्ताले म्याग्दीमा निर्माण गरिरहेको ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत आयोजनाको विद्युत् जोडिने छ । निर्माणको अन्तिम चरणमा रहेको मिस्त्री खोला र मुस्ताङमा संचालनमा रहेको ११.२ मेगावाटको थापा खोला जलविद्युत् आयोजनाको विद्युत् दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । अहिले थापा खोलाको विद्युत ३३ केभी लाइनमार्फत प्रवाह भइरहेको छ ।
३९ किलोमिटर दाना–कुश्मा प्रसारण लाइनअन्तर्गत १ सय १० टावरमध्ये म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरीबगरमा स्थानीयको अवरोधले गर्दा १ वटा टावर मात्रै खडा गर्न बाँकी छ । केही स्थानीयले प्रसारण लाइन मूनि आफ्नो घर परेको भन्दै रुट सार्न माग गर्दै निर्माणमा अवरोध गर्दै आएका थिए ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, गाउँपालिका अध्यक्ष, वडाध्यक्षलगायतको पहलमा स्थानीयसँग छलफल गरी टावर निर्माण अगाडि बढाइएको छ ।
अहिले टावर खडा गर्ने काम भइरहेको र तार टांग्ने तथा सबस्टेसनको बाँकी काम सम्पन्न गरी असारभित्रमा लाइन चार्ज गरिने प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए ।
काठमाडौं, २७ कात्तिक-गत २४ घण्टामा देशभर १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ८९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १०...
काठमाडौं, २४ असार । प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी सरकारको छ । गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची...
बुटवल, ८ असार-बुटवलबाट रिडीतर्फ जाँदै गरेका ४ वटा सवारी साधन तानसेन नगरपालिका-११ सम्मोबारीमा पहिरोमा पुरिएका छन् । शुक्रबार रातभर आएको अविरल वर्षाका कारण खसेको पहिरोले सडकमा गुडिरहेका पानीक ट्यांकर, ट्रक र पिकअप जिप र कार...
एजेन्सी, २८ भदौ । तालिबानले अफगानिस्तानका विश्वविद्यालयहरूलाई लिंगका आधारमा विभाजित गरी अध्ययन अध्यापन गराइने घोषणा गरेको छ । साथै विश्वविद्यालयलमा नयाँ इस्लामी ड्रेस कोडको सुरुवात गरिने पनि तालिबानले जनाएको छ । नवनियुक्त शिक्षामन्त्री अब्दुल बकी हक्कानीले...
विराटनगर । विराटनगरमा रहेको गौतम बुद्ध स्कुलले ४२ औं वार्षिकोत्सव तथा तेस्रो फनफिस्टा विविद्य कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा सोमबार एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो । वार्षिक उत्सवको उद्घाटन विराटनगर...
विराटनगर । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आइ. टि. एफ. तेक्वाण्डो विभाग गठन भएको छ । विराटनगरमा आइतबार एक कार्यक्रम आयोजना गरी विभाग गठन गरेको हो । आइटिएफ तेक्वाण्डो विभागको प्रमुखमा अन्जना शिवाकोटी, उपप्रमुखमा चुतरलाल चौधरी...
पथरीशनिश्चरे नगरपालिकाको जनहितमा जारी सूचना
काठमाडौं । दिपेन्द्र ऐरीको उत्कृष्ट इनिङको मद्दतमा नेपालले ओमानविरुद्ध ६ विकेटको रोमाञ्चक जित हासिल गरेको छ । ओमानले दिएकाे १३६ रनकाे लक्ष्य नेपालले १९. ३ ओभरमा ४ विकेट गुमाएर हासिल गरेकाे हाे । नेपालले चार...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.