नयाँ स्थानमा विराटनगरको गुद्री बजार सञ्चालन

 न्यूज विराट
नयाँ स्थानमा विराटनगरको गुद्री बजार सञ्चालन

विराटनगर, चैत २३–विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको गुद्री बजार आइतबारदेखि देखि पूर्ण रुपमा खाली भएको छ । गुद्री बजारलाई विराटनगर महानगपालिकाले तीन महिना अगावै देखि खाली गर्न गरेको प्रयासलाई गुद्री बजार सञ्चालकहरुले बेवास्ता गर्दै आएका थिए भने लकडाउनमा गुद्रीमा दिनदिनै लाग्ने भिडलाई नियन्त्रण गर्न प्रशासनलाई निकै समस्या भएको थियो ।

पछिल्लो समयमा मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले चैत २२ गते भित्रमा गुद्री बजार खाली गर्न गरेको कडा निर्देशन पछि आज गुद्री बजार बस पार्कको पश्चिम स्थानीय नागेश कोइरालाको खाली जग्गामा सरेको छ । सो जग्गा गुद्री बजार सञ्चालकले मासिक रु.तीन लाख भाडा तिर्ने गरी २० वर्षका लागि लिजमा लिएका छन् ।

कृषि बजारलाई व्यवस्थित गर्न नेपाल सरकारले मोरङको कटहरीमा निर्माण गरिदिएको कृषि थोक बजारलाई गुद्री बजार सञ्चालकले महत्व नदिएकोले उनीहरु निजी स्तरबाटै गुद्री बजार सञ्चालनमा ल्याएको गुद्री बजार सब्जीमण्डी व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगतले जानकारी दिए ।

कृषकले उत्पादन गरेको फलफूल तथा तरकारीलाई व्यवस्थित गरी बजारसम्म पुर्याउन कृषि थोक बजारले सहयोगीको भूमिका निर्वाह गर्न सकिने महत्वलाई बेवास्ता गर्दै सञ्चालनमा ल्याएको नयाँ गुद्री बजारलाई व्यवस्थित गर्न स्थानीय प्रशासनले ध्यान दिनु पर्ने स्थानीय राजेश ढङ्गोलले बताए ।

कृषि तथा पशुपालनको क्षेत्रमा काम गर्दै आएको प्याक्टले २०६८ सालमा तत्कालीन कटहरी गाबिससँग कृषि थोक बजारका लागि सम्झौता गरेको थियो । सोही सम्झौताको आधारमा नेपाल सरकारले २०७४ साल पुसमा व्यवसायिक कृषि व्यापार आयोजनाको काम अगाडि बढाए अनुरुप स्थानीय जनप्रीय माबि कटहरी र साविक कटहरी गाविसले आवश्यक पर्ने जग्गा उपलब्ध गराएको थियो ।

जुन जग्गामा अत्याधुनिक कृषि थोक बजारको निर्माण कार्य सम्पन्न भइसकेर एक वर्ष अघि पधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । बजारमा तरकारी ४५ हजार मेट्रिकटन र फलफूल आठ हजार मेट्रिकटन अट्ने क्षमताको छ । विराटनगरको सिङ्घीया नदीसँग जोडिएको सो भवनबाट विगतमा कृषकहरुले भोग्दै आएको समस्या समाधान हुने विश्वास कषि विकास निर्देशनालय विराटनगरका वरिष्ठ अधिकृत अधिकृत प्रकाश डाँगीले गरेका थिए ।

नेपाल सरकारले कृषि क्षेत्रमा लागेका कृषकहरुको जीवनस्तर उकास्न तथा कृषकको उत्पादनलाई व्यवस्थित भण्डारण गर्न कामाण्डौंमा पुष्प र तरकारी थोक बजार, बुटवल र बिराटनगरमा व्यवसायिक कृषि थोक बजार, जनकपुर र दमकमा पशु बजार खोल्ने निर्णय गरे पछि कृषि क्षेत्र र कृषकहरुमा उत्साह पैदा भएको थियो ।

भूमि कन्सट्रक्शन प्रालिले ठेक्कामा लिइ रु.१७ करोडको लागतमा एउटा तरकारी थोक बजार र अर्को फलफूल थोक बजार सहित एक अत्याधुनिक भवन पनि निर्माण गरेको छ । भवनको लागि प्याक्टले रु.१२ करोड र नेपाल सरकारले रु.पाच करोड खर्च व्यहोरेको कन्सट्रक्शनका प्रोप्राइटर अभिनाश वोहराले जानकारी दिए ।

सुनसरी, मोरङ,झापा र धनकुटाका कृषकलाई लाभान्वित गराउने उद्देश्यले बनाएको यो बजारबाट स्थानीय बजारहरुमा तरकारी र फलफूल सजिलै उपलब्ध हुने विश्वासलाई यहाँका गुद्री बजार सञ्चालकले लत्याएको कुरालाई मानिसहरुले आलोचना पनि गरिरहेका छन् । बजारमा थोक विक्रेताका लागि ४० वटा र खुद्रा विक्रेताका लागि ३५ वटा स्टल बनाइएको छ ।

सम्बन्धित समाचार

‘जोखिम भत्ता’ माग गर्दै मेची अस्पतालका चिकित्सक आन्दोलित

झापा, १६ भदौ-मेची अस्पताल झापाका चिकित्सक, नर्स तथा कर्मचारीले कोभिड- १९ को जोखिम मोलेर काम गरे पनि ‘जोखिम भत्ता’ नपाएको भन्दै आजदेखि आन्दोलनमा उत्रिएका छन् । सरकारले कोभिड–१९ को उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई...

आफूनिकट नेतासँग छलफलपछि शीतल निवासमा प्रधानमन्त्री

काठमाडौं, २९ कात्तिक-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति  विद्या भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका छन् । सत्तारुढ नेकपाभित्र चर्को विवाद भइरहेको बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल...

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन

काठमाडौं । यसवर्ष जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको हो । आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै पूर्णिमा सुरु हुने भोलि बिहान...

१०१ अनलाइन प्रेस काउन्सिलको कारबाहीमा

काठमाडौं, ४ साउन-पछिल्लो समयमा सञ्चारमाध्यममा सम्प्रेषित समाचारको विषयलाई लिएर ती सञ्चारमाध्यमविरुद्ध उजुरी पर्ने क्रम बढ्दै गएको छ । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले सुरु गरेको लकडाउनको अवधिमा मात्र प्रेस काउन्सिल नेपालमा पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी...

विराटनगर आएर प्रधानमन्त्री देउवाले भने–ओलीलाई सवैले हटाऔँ भनेपछि गठबन्धनको नेतृत्व मैले गरेको हो

विराटनगर, २१ वैशाख । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकताका आधारमा अहिलेको पाँचदलिय सत्ता गठबन्धन बनेको बताएका छन् । बुधबार विराटनगरमा नेपाली कांग्रस मोरङले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो...

एमाले स्थायी कमिटी बैठक बस्दै, कार्यदलले जुटाएको १०बुँदे सहमति अनुमोदन गर्ने

नेकपा एमालेको स्थायी कमिटीको बैठक निर्धारित समयमै बस्ने भएको छ । सोमबार साँझ पाँच बजे बालुवाटारमा बस्ने स्थायी कमिटीको बैठकले पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलले जुटाएको १० बुँदे सहमति अनुमोदन गर्ने कार्यालय सचिव शेरबहादुर...

नेपालगञ्जमा एकैदिन हजार स्वाब सङ्कलन हुँदै

राँझा, २७ वैशाख-नेपालगञ्जमा एकैदिन हजार जनाको स्वाब नमूना सङ्कलनको तयारी गरिएको छ । स्वाब सङ्कलनदेखि आरटिपिसिआर यन्त्रमा कोरोना परीक्षणका लागि लागि आवश्यक पर्ने भिटिएम र रिएजेन्ट्सलगायतको कीट पर्याप्त आएकाले आज शनिबार ठूलो सङ्ख्यामा स्वाब सङ्कलन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्