भारतले सडक निर्माण गरेपछि कालापानी क्षेत्रमा बिओपी स्थापनाको तयारी

 न्यूज विराट
भारतले सडक निर्माण गरेपछि कालापानी क्षेत्रमा बिओपी स्थापनाको तयारी

दार्चुला, २८ वैशाख-दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) तत्काल स्थापना हुने भएको छ । गत मंसिरमै नेपाल सरकारले बिओपी राख्ने निर्णय गरेको भए पनि लकडाउनका कारण ढिलाइ भएको थियो ।

भारतले यही शुक्रबार नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनसँग सीमा जोड्ने गरी सडक निर्माण गरेपछि सरकारले अहिले तत्काल व्यासको छाङ्गरुमा सशस्त्र प्रहरीको बिओपी राख्ने भएको हो ।

बुधबार व्यासको छाङ्गरुमा बिओपी स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको सशस्त्र प्रहरी बल नेपाल नं ५० का सशस्त्र प्रहरी नायब उपरीक्षक डम्मरबहादुर विष्टले जानकारी दिए । ‘गागामा सशस्त्र प्रहरी पठाएर बिओपी राख्ने तयारी अन्तिम चरणमा पुगेको छ’ उनले भने ।

बुधबारसम्म हेलिकप्टरमार्फत बन्दोबस्तीको सामग्रीसहित सशस्त्र प्रहरी पठाउने तयारी छ । अहिलेलाई छाङ्गरुमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी खटाउने तयारी भएको विष्टको भनाइ छ ।

सशस्त्र प्रहरी पठाउनुपर्छ भन्दै पटकपटक जिल्लाबाट रिपोर्टिङ हुँदै आएको थियो । व्यासको छाङ्गरु गागामा सशस्त्र प्रहरीको बिओपी राख्न स्थानीयवासीले जमीनसमेत उपलब्ध गराएका छन् । स्थानीयवासीले गागामा कित्ता नं ३५ को ११५ रोपनी तीन आना जग्गामध्ये १५ रोपनी जमिन सशस्त्र प्रहरीलाई दिइसकेको छ । बिओपी स्थापना हुने भन्दै सशस्त्र प्रहरी बल नेपाल ५० नं गुल्म दार्चुलाबाट गत चैत पहिलो साता निरीक्षणसमेत गरिएको थियो ।

सशस्त्र प्रहरीको हेडक्वार्टरमार्फत् गृहमा व्यासमा सशस्त्र प्रहरी पठाउने स्वीकृतका लागि पत्र गइसकेको सुरक्षा अधिकारीले जनाएका छन् । भारतले नेपाली भूमि भएर सडक निर्माणपछि सीमामा राज्यको उपस्थिति गराउनुपर्ने दबाब परेको थियो । अहिले नै भवन निर्माण गर्न सकिने अवस्था नभए पनि घर भाडामा लिएर सशस्त्र प्रहरी राख्ने तयारी भएको हो ।

अहिले हिमपात पनि कम हुँदै गएका कारण सशस्त्र प्रहरी बस्न सक्ने अवस्था रहेको विष्टको भनाइ छ । यसअघि व्यासको तिङ्करको छायालेक र छागङ्रुको सीतापुलमा रहँदै आएका नेपाल प्रहरीका दुवै युनिट अहिले व्यास गाउँपालिका–२ को दुम्लिङ झरेको छ ।

प्रहरी पनि सशस्त्रसँगसँगै व्यास पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले बताए । उनका अनुसार टोली तयारी अवस्थामा छ, हेलिकप्टर वा कुञ्चासँगै पठाउने भन्ने विषयमा छलफल भइरहेको छ । प्रजिअ यदुनाथ पौडेलले दुवै सुरक्षा निकायका एकसाथै पठाउँदा ठूलो टोली हुने हुँदा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए । रासस

सम्बन्धित समाचार

त्रिविद्वारा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन

काठमाडौं, पुस २९–त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ । विद्यार्थी कल्याण महाशाखा प्रमुख गंगाबहादुर थापाले आगामी १४ फागुनमा हुने स्ववियु निर्वाचनको तयारी गर्न त्रिविका ६२ आंगिक क्याम्पसलाई...

बलात्कार मुद्दामा अदालतले ९ वर्ष जेल सुनाएपछि भागेका अभियुक्त घण्टाघर घुम्दै गरेका बेला समातिए

बलात्कार मुद्दामा अदालतले ९ वर्ष सजाय ताेकेका एक जना फरार अभियुक्त पक्राउ परेका छन् । सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका वडा- १६ का २० वर्षीय रुद्रबहादुर खड्कालाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतकाे टाेलीले हिजाे पक्राउ गरेकाे हाे...

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो

एजेन्सी, जेठ २४–विश्वमा कोरोना भाइरस(कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । वल्र्डोमिटरको तथ्यांकका अनुसार नेपाली समय रातको १२ बजे सम्ममा विश्वमा कोरोना संक्रमणबाट ४ लाख १ सय २६ जनाको मृत्यु भएको छ...

बेलायतमा नेपाली‘कोदोको ब्राण्ड रक्सी’ उत्पादन गरी विक्री शुरु

काठमाडौं, १३ असोज । लण्डन । बेलायतमा नेपाली कोदोबाट उत्पादित रक्सी बजारमा बिक्रि बितरण सुरु गरिने भएको छ । नेपालमा परम्परागत रूपमा पिउँदै आएको कोदोको रक्सी ब्रान्ड बनाउन शुरू गरिएको छ ।बेलायतमा कोदो लिमिडेट कम्पनीको...

उदयपुर र जनकपुरमा थपिए २ संक्रमित, संक्रमितको संख्या ४७ पुग्यो

काठमाडौं, ११ वैशाख-बिहीबार थप २ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा बिहीबार ५५ वर्षीय महिला पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या...

नेपालसहितका १६ एसियाली मुलुकलाई खोप उपलब्ध गराउने अमेरिकाको घोषणा

काठमाडौं, २० जेठ । संयुक्त राज्य अमेरिकाले नेपालसहितका १६ एसियाली मुलुकलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा नेपालसहितका १६ एसियाली मुलुकलाई झन्डै ७० लाख डोज खोप...

कास्कीमा १९ महिने बालिकामा कोरोना

पोखरा, ६ असार-कास्कीको मादी गाउँपालिकाका १९ महिने बालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मादी गाउँपालिकामा अहिलेसम्म एक बालकसहित ३ जनाका कोरोना संक्रमण देखिएको हो । गण्डकी प्रदेशमा शनिबार बिहान ७ जिल्लाका ५८ जनामा...

मोरङमा ९५ जनासहित प्रदेश १ मा आज २५५ कोरोना संक्रमित थपिए

विराटनगर, ६ असार । प्रदेश १ मा आज २५५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९५, झापामा ७१, सुनसरीमा ४५, संखुवासभामा १३, इलाममा १०, उदयपुरमा ५, ते¥हथुममा ४, खोटाङमा २, पाँचथर र धनकुटामा १–१...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्