संक्रमितको संख्या ७५ पुग्दा प्रदेश-१ मा मात्रै ३१ जना

 न्यूज विराट
संक्रमितको संख्या ७५ पुग्दा प्रदेश-१ मा मात्रै ३१ जना

काठमाडौं, २२ वैशाख-नेपालमा सबैभन्दा बढी प्रदेश-१ कोरोना संक्रमणबाट प्रभावित भएको छ । कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमण देखिएको छैन् ।कुल संक्रमितको संख्या ७५ पुग्दा प्रदेश-१ मा मात्रै ३१ जनामा संक्रमण दखिएको प्रवक्ता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । यसैगरी, प्रदेश-५ मा १७ र प्रदेश-२ मा १३ जनामा संक्रमण देखिएको छ ।

यस्तै, बागमती प्रदेशमा ७ र सुदूरपश्चिममा ५ जनामा संक्रमण देखिएको उनले बताए । संक्रमित ७५ मध्ये ५८ पुरुष र १६ जना महिला रहेका छन् । जसमा १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ५९ जनाको विभिन्न अस्पतलमा उपचार भइरहेको छ ।

उनीहरू सबैको अवस्था सामान्य रहेको प्रवक्ता डा. देवकोटाले बताए । अहिले १ सय ६ जना संकास्पद बिरामी आइसोलेसनमा उपचाररत रहेका छन् । उपत्यकामा १ र उपत्यका बाहिर १ सय ५ जना उपचाररत रहेका छन् । देशभरी २१ हजार ५ सय २३ क्वारेन्टाइनमा रहेका छन् । आजसम्म पिसिआर विधिबाट १३ हजार ६ सय ४० जना नमुना परीक्षण भएको छ ।

आरडिटी विधिबाट ५० हजार ८ सय ४५ जनाको परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो । पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८२ जनाको परीक्षण भएको छ ।

प्रदेश-१ मा ५ हजार ८ सय ३७, प्रदेश-२ मा ५ हजार ७ सय ३६ र बागमती प्रदेशमा ८ हजार ६ सय १० जनाको आरडिटी परीक्षण भएको छ । यस्तैगरी, गण्डकी प्रदेशमा ५ हजार ८ सय ८२, प्रदेश- ५ मा ४ हजार ८ सय ३१, कर्णाली प्रदेशमा ८ हजार १ सय १३ र सुदूरपश्चिम प्रदेशमा १४ हजार १ सय ३६ जनाको आरडिटी परीक्षण भएको प्रवक्त देवकोटाले बताए ।

सम्बन्धित समाचार

मुख्यमन्त्री राउतद्वारा प्रदेशबासीका नाममा सम्बोधन

जनकपुर, जेठ ५-कोरोनाको संकटबाट गुज्रिरहेको प्रदेश २ का जनतालाई मुख्यन्त्री लालबाबु राउतले आइतबार सम्बोधन गरेका छन् । कोरोना महामारीकाबीच १ सातादेखि जनता समाजवादी पार्टीको आन्तरिक कार्यक्रममा व्यस्त रहेका मुख्यमन्त्री राउतले काठमाडौंबाट प्रदेश फर्किएलगत्तै आइतबार प्रदेशवासीलाई...

मानगढ खानेपानीको पुनः निर्वाचन गराउन माग राख्दै उच्च अदालतमा रिट, शुक्रबारलाई तोकियो पेशी

विराटनगर । मानगढ खानेपानी आयोजनामा नयाँ नेतृत्व चयनको लागि भएको मतदान रद्ध गरि पुनः निर्वाचन समिति गठन गरेर मात्रै निर्वाचनको प्रक्रिया सुरु गर्न माग राख्दै उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता भएको छ ।विराटनगरका तीन...

सामाजिक विकास मन्त्री यादवद्धारा कोभिड अस्पतालको अनुगमन

विराटनगर, १२ पुस । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरको अनुगमन गर्नुभएको छ । कोभिड अस्पतालले दिईरहेको सेवा र आगामी दिनमा गर्नुपर्ने तयारीका विषयमा मन्त्री यादवले...

प्रदेश १ मा र्यापिड डाइग्नोष्टिक टेस्ट सुरु

विराटनगर, चैत २९–प्रदेश १ मा कोरोना भए नभएको पत्ता लगाउन गरिने र्यापिड डाइग्नोष्टिक परिक्षण पनि सुुरु भएको छ । यो छरितो तरिकाबाट कोरोना भए नभएको परीक्षण गर्ने विधि हो । स्वास्थ्यकर्मीले संकलन गरेको कूल ९३...

गतहप्ता मर्ज भएको लेटाङको जनाचाहाना सहकारीको कारोवार सुरु

विराटनगर, १२ माघ । गत हप्ता मात्र एकीकृत भएको मोरङको लेटाङ नगरपालिकामा रहेको जनाचाहाना बचत तथा ऋण सहकारी संस्थाले आजबाट एक कार्यक्रमका बिच औपचारिक रुपमा कारोबार शुभारम्भ गरेको छ । कार्यक्रमका प्रमुख अतिथी विघटित प्रतिनिधी...

विराटनगरको लाइफगार्डमा स्वास्थ्य बीमा कार्यक्रम बन्द

काठमाण्डौं । स्वास्थ्य बीमा बोर्डले विराटनगरस्थित लाइफगार्ड अस्पतालको ‘स्वास्थ्य बीमा कार्यक्रम’ स्थगन गरेको छ । ३२ जेठ शुक्रबारदेखि लागू हुने गरी तीन महिनासम्मको लागि स्वास्थ्य बीमा कार्यक्रम सेवा स्थगन गरेको हो । लाइफगार्ड अस्पतालका चिकित्सकले...

ग्रेडेड स्कुलका ६५ विद्यार्थी दिक्षित

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलका ६५ जना विद्यार्थी दिक्षित भएका छन् । प्रि–प्राइमरी तह उत्तीर्ण गरी प्राइमरी तहमा प्रवेश गरेका ६५ जना विद्यार्थी दिक्षित भएका हुन् ।उनीहरुलाई स्कुलले एक कार्यक्रम आयोजना गरी दिक्षित गरेका...

विराटनगरमा सुजुकीको नयाँ बिक्री केन्द्र अमाही मार्ट संचालनमा

विराटनगर । विराटनगरमा सुजुकीको बिक्री केन्द्र अमाही मार्ट औपचारिक रुपमा सञ्चालनमा आएको छ । सुजुकी टु ह्वीलर्सको आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्स मार्फत अमाही मार्टले विराटनगर महानगरपालिका– ५ मुनाल पथमा आइतबारदेखि औपचारिक रुपमा बिक्री केन्द्र सञ्चालनमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्