कोरोनाबाट विश्वभर ७३ नेपालीको मृत्यु, ५ हजार संक्रमित

 न्यूज विराट
कोरोनाबाट विश्वभर ७३ नेपालीको मृत्यु, ५ हजार संक्रमित

काठमाडौं, २१ वैशाख-विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार शनिबार साँझसम्म बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा ८, साउथ इष्टमा ११ र साउथ बेष्टमा ती गरी ४९ जनाको मृत्यु भएको छ ।

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । तीमध्ये मध्य न्यूयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको मृत्यु भएको हो ।

यस्तै, संयुक्त अरब इमिरेट्स (यूएई) मा ५ तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्ड्समा एकएक जनाको संक्रमणका कारण ज्यान गएको समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए ।

डा. सापकोटाका अनुसार नेपालबाहेक विश्वभर ५ हजार २४७ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन् । संक्रमितमध्ये १ हजार ५७० जना संक्रमणमुक्त भएको जनाइएको छ । उनका अनुसार मध्यपूर्वका केही देशमा कोरोना भाइरस संक्रमणका कारण प्रभावित हुनेको संख्या झनै बढिरहेको देखिएको छ । ती देशले २ हजार ३ सय नेपाली श्रमिकमा कोरोना संक्रमण भएको तथ्यांक सार्वजनिक गरेका छन् ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको सो आँकडा अनुसार २७ देशमा रहेका नेपाली कोरोनाबाट संक्रमित छन् ।

स्वास्थ्य समितिका अनुसार विभिन्न मध्यपूर्वका देशमा २ हजार ३ सय, अमेरिकामा १ हजार ५ सय, बेलायतमा १ हजार, बहराइनमा १२६, यूएइमा १ सय, कुवेतमा ७८, नेपालमा ५९, साउदी अरबमा ३४, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्ट्रेलियामा १०, बेल्जियम र जापानमा ६/६, स्विट्जरल्याण्ड र क्यानडामा ५/५, जर्मनीमा ४, साइप्रस, मलेसिया र न्यूजिल्याण्डमा ३/३, माल्दिभ्स, माल्टा र हङ्गकङ्गमा २/२ तथा म्यानमा र फ्रान्समा १/१ गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको एनआरएन, कोडिभ–१९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

एनआरएले कोरोना भाइरसको महामारीबाट प्रभावितको सहयोगार्थ ४५ देशका राष्ट्रिय समितिमा राहत वितरणको काम गरिरहेको एनआरएका महासचिव डा. हेमराज शर्माले बताए । उनका अनुसार विभिन्न देशमा कोरोना महामारीबाट प्रभावित ३५ हजारभन्दा बढी नेपालीलाई राहत वितरण गरिएको छ ।

यसैबीच एनआरएनएका अध्यक्ष तथा एनआरएन, कोभिड–१९ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तले अध्यक्ष पन्तले सबै गैरआवासीय नेपालीलाई कोरोना भाइरसको महामारीविरुद्ध एकजुट भएर लड्न आग्रह गर्दै विभिन्न देशका सरकारी निकायले जारी गरेका स्वास्थ्य नियमलाई कडाइका साथ पालना गर्न आह्वान गर्नुभएको छ ।

स्वास्थ्य समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत करीब ३५ नेपाली चिकित्सक, नेपाली कूटनीतिक नियोग, एनआरएनका शाखा तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतबार विदेशमा रहेका नेपालीको कोरोना संक्रमणको अनुमानित तथ्यांक सार्वजनिक गर्दै आएको छ । रासस

सम्बन्धित समाचार

विराटनगरका औषधी व्यवसायीद्धार अग्निपीडितलाई राहत बितरण

विराटनगर । विराटनगरका औषधी व्यवसायीहरूले मोरङको रंगेली नगरपालिका – ३ बावुसाहेप टोलका अग्निपीडितलाई राहत वितरण गरेका छन् । अग्नी पीडितहरू बसेको ठाउँमा आइतबार व्यवसायीहरू पुगेर राहत वितरण गरेका हुन् ।शनिबार दिउँसो विद्युत सट भएर रंगेली...

लकडाउन जारी रहे नागरिकमा असन्तुष्टि बढ्छ : गृहमन्त्री

काठमाडौं, २३ वैशाख-गृहमन्त्री रामबहादुर थापाले लकडाउन जारी रहे जनतामा तीब्र असन्तुष्टि र आर्थिक संकट बढ्ने बताएका छन् । लकडाउनका कारण विश्वमा आर्थिक मन्दीसँगै सामाजिक असन्तुष्टि र राजनीतिक संकट पैदा भएकाले लकडाउन खुकुलो हुनुपर्ने गृहमन्त्री थापाले...

समाजसेवी गोयलले भद्रपुरमा विपन्न परिवारको ११ वटा घर बनाइदिने

विराटनगर । समाजसेवि दीनबन्धु गोयलले झापाको भद्रपुर–६ मा गरिव एवं अति विपन्न माझि परिवारका लागि ११ वटा घर बनाइदिने भएका छन् । गोयलले बनाइदिने घरको शिलन्यास बिहीबार सरस्वती पूजाको अवसर पारेर गरिएको हो । भद्रपुर...

कोरोना परीक्षण : प्रदेश २ बाट ७३ जनाको नमुना संकलन, २३ नमुनाको ‘नेगेटिभ रिजल्ट’

करोना भाइरसको संक्रमणसम्बन्धी परीक्षण गर्नका लागि प्रदेश २ मा हाल सम्म कुल ७३ जनाको नमुना संकलन गरिएको छ ।अहिलेसम्म कुल ७३ जनाको स्वाब संकलन गरिएकोमा २३ जनाको रिजल्ट नेगेटिभ आएको प्रदेश २ सरकारअन्तर्गत रहेको सामाजिक...

अभिभावकको रोजाइमा किड्स भिलेज स्कुल

विराटनगर । नयाँ–नयाँ प्रविधिहरुको विकास भएसँगै शैक्षिक क्षेत्रमा पनि निकै परिवर्तनहरु आएको छ । शिक्षण सिकाइमा तल्लो तह देखी नै नयाँशैली र विद्यि अवलम्बन गर्न थालिएको छ । पछिल्लो समय बालबालिकाको सिकाईका लागि मन्टेश्वरी विधी...

कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन १६ पुसलाई नेपाली कांग्रेसले हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ । मुलुकको सार्वभौमसत्ता रक्षा गर्न...

अर्थतन्त्रका अधिकांश सुचकांकहरू सकारात्मक : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका अधिकांश औपचारिक सुचकांकहरू सकारात्मक बनेको बताएका छन् । विराटनगरमा शुक्रबारदेखि सुरू भएको मोरङ व्यापार संघ ट्रेड एक्स्पोको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘बैंक ब्याजदर, लघुवित्त र...

बाँचुन्जेल एमाले छाड्दीन, नदी नियन्त्रणलाई प्रथामिकतामा राखेर काम गर्छुः केदारप्रसाद यादव

विराटनगर, २५ वैशाख । २०१९ सालमा तत्कालिन बरडंगा गाविसमा जन्मिएका केदारप्रसाद यादव उमेरले ६० पुग्न लागे । पारिवारिक वातावरणनै राजनीति भएपछि उनी बाल्यकालदेखिनै त्यसैमा आकर्षित भए । सानै उमेरदेखि राजनीतिक चेतना नआउँदै नेपाली कांग्रेसको झण्डा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्