लकडाउन जारी रहे नागरिकमा असन्तुष्टि बढ्छ : गृहमन्त्री

 न्यूज विराट
लकडाउन जारी रहे नागरिकमा असन्तुष्टि बढ्छ : गृहमन्त्री

काठमाडौं, २३ वैशाख-गृहमन्त्री रामबहादुर थापाले लकडाउन जारी रहे जनतामा तीब्र असन्तुष्टि र आर्थिक संकट बढ्ने बताएका छन् । लकडाउनका कारण विश्वमा आर्थिक मन्दीसँगै सामाजिक असन्तुष्टि र राजनीतिक संकट पैदा भएकाले लकडाउन खुकुलो हुनुपर्ने गृहमन्त्री थापाले बताएका हुन् । उत्पादन र सेवाका क्षेत्रहरु निश्चित सर्तसहित खोल्न नसके कोरोना भन्दा ठूलो संकट पैदा हुने उनको भनाइ छ ।

‘कोरोना संकटलाई तोड्न विश्वले लक डाउन, आइसोलेसन, सामाजिक दुरी कायम गर्ने रणनीति लिएको छ । तर अब उत्पादन र सेवाका क्षेत्रहरु निश्चित सर्तहरूसहित सामाजिक दूरी कायम गरेर लक डाउन खोल्नुपर्छ,’ संसदको कानून न्याय तथा मानव अधिकार समिति बैठकमा बोल्दै थापाले भने, ‘लकडाउन खोल्न नसके कोरोनालाई रोके पनि नागरिक असन्तुष्टि र असन्तोषको संकटलाई रोक्न सकिँदैन । आर्थिक संकटलाई समाधान गर्ने रणनीति बनाउनुपर्छ ।’

थापाले उत्पादनका क्षेत्र, सेवाका क्षेत्रहरु र विकास निर्माणका कामहरु क्रमशः सामाजिक दूरी कायम गर्दै सुचारु गर्नुपर्ने बताए । आर्थिक र राजनीतिक संकट तथा सामाजिक असन्तुष्टिको अन्त्य गर्न राष्ट्रिय एकता र राजनीतिक एकताको रणनीतिका साथ अगाडि बढ्नुपर्ने गृहमन्त्री थापाले बताए ।

बेरोजगारी, शहरबाट गाउँ फर्किने अभियान लगायतका समस्या आर्थिक संकटका कारण बढिरहेको उनले उल्लेख गरे । समिति बैठकमा लकडाउन खुलुलो पार्नुपर्ने उल्लेख गरे पनि कुन मोडालीटी हुने र के सर्त हुने भन्ने विषयमा भने केही बताएनन् ।

सम्बन्धित समाचार

तेली समाजद्धारा एक सय बढीलाई सम्मान

विराटनगर । तेली कल्याण समाज नेपाल, मोरङ जिल्ला कार्यसमितिले समाजका एक सय बढी ब्यक्तीलाई सम्मान गरेको छ ।विराटनगरमा एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको हो । समाजले समुदाय भित्रका मेधावी विद्यार्थी, चिकित्सक, स्वास्थ शिक्षा, शिक्षा...

प्याब्सन मोरङको निर्वाचन : बस्नेत र सुवेदीको समूह चुनावी मैदानमा

विराटनगर । पुस १९ गते हुने प्याब्सन मोरङको निर्वाचनमा दुइ समूह भएर चुनावी मैदानमा उत्रिएका छन् । जगत बहादुर बस्नेत र सुरेन्द्र सुवेदीको समूह प्याब्सन मोरङको निर्वाचनमा उत्रिएका हुन् । अध्यक्षमा उम्मेदवारी दिएका सुवेदी प्याब्सन...

डाक्टर खोज्दाखोज्दै कोशीमा ५५ वर्षीया महिलाले गुमाइन् ज्यान, डाक्टर खरेलको नेतृत्वमा छानविन समिति गठन

विराटनगर  ।  विराटनगरस्थित कोशी अस्पतालको ओपीडी वार्डमा उपचार नपाएर ५५ बर्षीया एक महिलाको  मृत्यु भएको छ । अस्पतालले उपचारमा ढिलासुस्ती गरेको कारणले मोरङको जहदा गाउँपालिका १ की ५५ बर्षीया द्रोपतीदेवी राजवंशीको मृत्यु भएको परिवारको आरोप छ...

थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ सय ८२ पुग्यो

काठमाडौं, १२ जेठ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ७ जनामा संक्रमण देखिएको छ । सेती अस्पतालमा गरिएको परीक्षणमा १ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा ३ जना र नारायण अस्पतालमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण...

झडपको ७ दिनपछि चीनसँग झुक्यो भारत

एजेन्सी, असार ९-भारत र चीनका सेनाबीच गत १५–१६ जुनमा हिंसात्मक झपडपछि दुवै देश सो क्षेत्रमा शान्ति कायम गर्न तयार रहेको समाचार भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । पाकिस्तानसहित अन्य देशसँगको सीमा विवादमा आक्रामक रवैया अपनाउने...

रवि आधरभूत विद्यालयमा स्वास्थ्य शिविर, झण्डै दुई सय जनाले गराए स्वास्थ्य परीक्षण

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका २ मा रहेको श्री रवि आधरभूत विद्यालयमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। शिविरमा विद्यार्थी र अभिभावक गरी १८० जनाले स्वास्थ्य परीक्षण गराएको विद्यालयका प्रधानाध्यापक जितेन्द्र सरदारले जानकारी दिए।‘हाम्रो...

विश्वभर १८ लाख ६० हजार कोरोना संक्रमित ‘डिस्चार्ज’

काठमाडौं, जेठ ५–विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण भएका १८ लाखभन्दा बढी व्यक्तिको सफल उपचार भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सोमबार बिहान सवा ११ बजेसम्म १८ लाख ६० हजार ३६ जनाको सफल उपचार...

आज ७३६ संक्रमित थपिए, ८४७ जना डिस्चार्ज

गत २४ घण्टामा देशभर आज ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्