बाँकेमा पनि १ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ५९ पुग्यो

 न्यूज विराट
बाँकेमा पनि १ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ५९ पुग्यो

काठमाडौं, १९ वैशाख-नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । आज बाँके र रुपन्देहीमा १/१ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको हो ।

रुपन्देही निवासी २५ वर्षीय पुरुष र र नेपालगंज बाँके निवासी ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताए ।

‘हाल अध्यावधिक विवरणअनसार कोभिड-१९ पुष्टि भएको संख्या ५९ पुगेको छ । आज नयाँ पुष्टि भएको संख्या २ रहेको छ’ उनले भने ‘रुपन्देही निवासी २५ वर्षीय पुरुष र र नेपालगंज बाँके निवासी ६० वर्षीय पुरुष हुनुहुन्छ । उहाँहरू दुवैजनाको स्वास्थ्य अवस्था सामान्य छ र उहाँहरू स्वास्थ्यकर्मीको निगरानीमा हुनुहुन्छ ।’

एक बिरामी रुपन्देहीका बासिन्दा भए पनि दुवै जनाको भेरी प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । उनीहरूमध्ये १ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र अर्काको नेपालगञ्‍जस्थित ल्याबमै गरिएको पीसीआर परीक्षणमा कोरोना देखिएको हो । दुईमध्ये १ जना विदेशबाट आएको खुलेको छ ।

सम्बन्धित समाचार

भीम रावलका सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानमा कोरोना संक्रमण

काठमाडौं, ३१ वैशाख-नेकपाका नेता भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पूर्व गृहमन्त्री समेत रहेका रावलको सुरक्षामा खटिएका ती जवान भक्तपुरको दुवाकोटमा बस्दै आएका थिए । उनी टेकु...

आज यी ठाउँमा भारी वर्षाको सम्भावना, सावधान आग्रह आग्रह

काठमाडौँ, ५ भदौ । नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको छ। अहिले देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।...

निमार्ण दिवसको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम, ५८ प्रिन्ट रगत संकलन

विराटनगर । निमार्ण व्यवसायी संघ मोरङले खुल्ला रक्तदान कार्यक्रममा आयोजना गरेको छ । १६ औं राष्ट्रिय निमार्ण दिवसको अवसर पारेर शुक्रबार खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो । संघको भवनमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५८...

रमपम विराट गोल्डकप : उपाधि जित्नेमा चर्च ब्वाइज र थ्रीस्टार दुवै टिमको दाबी

विराटनगर । विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार क्लब उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । सहिद रंगशालामा...

भारतको उत्तर प्रदेशमा न्यायाधीशकै अगाडि अभियुक्तको हत्या

एजेन्सी, पुस १–भारत उत्तर प्रदेशको बिजनोर जिल्लास्थित सीजेएम कोर्टमा न्यायाधीशकै अगाडि एक अभियुक्त मारिएका छन् । पेशीमा आएका हत्याका दुई अभियुक्तलाई केही व्यक्तिले गोली हानेका हुन् । दुईमध्ये एकको अदालतभित्रै मृत्यु भएको छ भने अर्का...

कोशी प्रदेशबाट ८ जना ब्याटमिन्टनका खेलाडी छानिए

विराटनगर । पोखरामा हुन गइरहेको १५ वर्षमुनिको जुनियर ब्याटमिन्टन प्रतियोगिताका लागि कोशी प्रदेशबाट खेलाडी छनौट भएका छन् ।नेपाल ब्याटमिन्टन संघले विराटनगरमा आयोजना गरेको छनौट प्रतियोगिताबाट ८ जना खेलाडी छानिएका छन् । बिहीबार र शुक्रबार भएको...

विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन प्रतिबद्ध छौँ : प्रिन्सिपल त्रिलोचन गौतम

विराटनगर–११ पाञ्चालीमा रहेको सगरमाथा स्कुलका प्रिन्सिपल हुन, त्रिलोचन गौतम । सगरमाथा स्कुलले स्थापना कालदेखि नै विद्यार्थीहरूमा अनुशासनसहित गुणस्तरीय र जीवन उपयोगी शिक्षा प्रदान गरेको कारणले विद्यार्थी र अभिभावकको रोजाइमा परेको उनले बताए । शिक्षासँग केन्द्रित...

चोटका कारण सानियाले युएस ओपन गुमाउने

एजेन्सी, ८ भदौ । भारतीय स्टार सानिया मिर्जा २९ अगस्टबाट सुरु हुने युएस ओपन टेनिस प्रतियोगिताबाट बाहिरिएकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत कुहिनोको चोटका कारण वर्षको अन्तिम ग्राण्डस्लाम टेनिस प्रतियोगिताबाट आफू बाहिरिएको घोषणा गरेकी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्