राशिफल

भारतको उत्तर प्रदेशमा न्यायाधीशकै अगाडि अभियुक्तको हत्या

 न्यूज विराट
भारतको उत्तर प्रदेशमा न्यायाधीशकै अगाडि अभियुक्तको हत्या

एजेन्सी, पुस १–भारत उत्तर प्रदेशको बिजनोर जिल्लास्थित सीजेएम कोर्टमा न्यायाधीशकै अगाडि एक अभियुक्त मारिएका छन् । पेशीमा आएका हत्याका दुई अभियुक्तलाई केही व्यक्तिले गोली हानेका हुन् । दुईमध्ये एकको अदालतभित्रै मृत्यु भएको छ भने अर्का अभियुक्त भागेर बाँच्न सफल भएका छन् । यस क्रममा गोली लागेर दुई प्रहरी पनि घाइते भएका छन् । आक्रमणकारीलाई अदालत परिसरबाटै पक्राउ गरिएको छ । उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रहरी अधिकारीलाई उधृत गर्दै बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

यो पूरै घटना सीजेएम कोर्टमा मुद्दाको सुनुवाई चलिरहेका बेला भएको हो । सीजेएम योगश कुमार यो फाइरिङबाट बच्न सफल भए । बिजनोरका प्रहरी अधिकारीका अनुसार यसै वर्षको जुनमा नजीबाबादमा बीएसपी नेता एहसान र उनका भान्जाको गोली हानेर हत्या भएको थियो जसमा नजीबाबादकै शाहनवाज र जब्बारविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।

सम्बन्धित समाचार

विराट गोल्डकप : आज आर्मी र जावलाखेल खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...

विराट गोल्डकप, नेपाल पुलिसलाई हराउँदै विराटनगर सिटी सेमिफाइनलमा

विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै...

मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।...

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...