आन्दोलनमा उत्रिएका १ सय परिवारलाई राहत वितरण

 न्यूज विराट
आन्दोलनमा उत्रिएका १ सय परिवारलाई राहत वितरण

कास्की, १७ वैशाख-राहत सामग्री माग गर्दै पोखरा महानगरपालिका कार्यालय तथा वडा कार्यालय घेराउ र धर्नामा उत्रिएका पोखरा–९ कृष्ण टोलका सुकुम्बासी तथा विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।

कोरोना सङ्क्रमण न्यूनीकरणका लागि आह्वान गरिएको जारी लकडाउनका कारणले दैनिक कामकाज बन्द हुँदा आफूहरु प्रभावित बनेको भन्दै वडाका कृष्ण टोलसहित पार्वती टोल, गणतन्त्र टोल र शिवटोलका स्थानीयवासी आन्दोलित भएपछि मङ्गलबार १ सय परिवारलाई महानगरपालिकाले वडा कार्यालयमार्फत राहत वितरण गरेको हो ।

महानगरले वितरण गरेको राहत पाउनबाट आफूहरु वञ्चित भएको, लकडाउनले दैनिकी कष्टकर भएको र परिवार भोकै बस्नुपर्ने बाध्यता भएको भन्दै टोलवासीले राहत माग्दै आइतबार वडा कार्यालय तथा सोमबार महानगर कार्यालयमा उपस्थिति भएर नाराबाजीसहित धर्ना र घेराउ गरेका थिए ।

सोही वडाका वडाध्यक्ष रामराज लामिछानेले राहत मागेर आन्दोलन गरेका परिवारलाई वडा सदस्यको नेतृत्वमा टोली पुगेर राहत दिएको बताए । ‘राहत मागेर आन्दोलन गरेका १ सय घरपरिवारलाई मङ्गलबार वडा सदस्यसहितको टोलीले राहत वितरण गरेको छ । हाललाई उनीहरुको चित्त बुझायौँ’ वडाध्यक्ष लामिछानेले भने । कृष्णटोलमा यसअघि पनि ५१ परिवारलाई राहत वितरण गरिएको बताइन्छ ।

महानगरले ४ वा सो भन्दा बढी सङ्ख्या भएको परिवारलाई पूरा प्याकेज र तीन जनाको परिवारलाई आधा प्याकेज राहत उपलब्ध गराएको छ । पूरा प्याकेजमा २५ केजी चामल, एक केजी नुन, एक लिटर तेल तथा आधा प्याकेजमा साढे १२ केजी चामल, एक केजी नुन, आधा लिटर तेल, रातो दाल एक केजी लगायत रहेको छ । कृष्णटोल विकास संस्थाका उपाध्यक्ष कान्छा लामाले राहत माग गरेका केही परिवारलाई प्राप्त भए पनि अझै केही परिवार बाँकी रहेको बताए । साँझ/बिहान चुलो बन्द भएका परिवार यसबाट लाभान्वित भएको उनको भनाइ छ । रासस

सम्बन्धित समाचार

बाहिरियाे विराट-अनुष्का पुत्रीकाे तस्वीर

एजेन्सी, १० माघ । भारतीय क्रिकेट टिमका पूर्व कप्तान विराट कोहलीकी छोरी भमिकाको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । अभिनेत्री अनुष्का र विराटले छोरीको तस्वीर अहिलेसम्म सार्वजनिक गरेका थिएनन् । तर दक्षिण अफ्रिकासँग गए...

१० भेन्टीलेटरसहित विराटनगरमा ५० बेडको कोरोना अस्पताल संचालनमा

विराटनगर, चैत २१–विराटनगरमा शुक्रबारदेखी कोरोना (कोभिड–१९ ) उपचार केन्द्र संचालनमा ल्याइएको छ । प्रदेश सरकारले निर्माण गरेको कोशी अस्प्ताल कोभिड १९ उपचार केन्द्र शुक्रबारदेखी संचालनमा आएको हो । उक्त चैत ७ गते मुख्यमन्त्री शेरधन राईको...

सभामुखले बैठक सुरु गर्न ढिलाइ गरेपछि संसद् भवनबाट बाहिरिए प्रधानमन्त्री ओली

प्रतिनिधिसभाको बैठक सुरु हुन ढिलाइ भएपछि प्रधानमन्त्री केपी शर्मा ओली संसद् भवनबाट बाहिरिएका छन् । aआइतबार अपरान्ह चार बजेका लागि बोलाइएको पुनर्स्थापित प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन । संसद बैठक सुरु गर्न सभामुख...

बालकसहित थप २ जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या १८ पुग्यो

काठमाडौं, ३१ जेठ-नेपालमा थप दुई जनाको कोरोना भाइरस संक्रमणका मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा १ बालकसहित २ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । पर्साको...

लागुऔषध सहित एक जना पक्राउ

विराटनगर, १६ फागुन । उदयपुर त्रियुगा नगरपालिका -५ का २५ बर्षीय प्रदिप शाक्य थारुलाई लागुऔषध सहित पक्राउ गरिएको छ । आज दिउसो साढे ११ बजे सोही स्थानमा प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध PHENERGAN -३० एम्पुल, NOOPHIN  -...

मिसन २०८५ रणनीति सफल वनाउने मनमोहनका उपकुलपतिको प्रतिबद्धता

विराटनगर । उपकुलपतिमा बिहिवार दोस्रो कार्यकालका लागि पुन : नियुकित्त भएका डा. सुवासश्री पोखरेलले मनमोहन प्राविधिक विश्वविद्यालयको गुणस्तर बृद्धि गराएर अन्तराष्ट्रिरको बनाउन आफुले तयार पारेको मिसन २०८५ रणनीति पुरा गरेरै छाडने प्रतिबद्धता जनाएका छन् ।...

विराटनगरमा आज र भोलि भेरोसेलको दोस्रो खोप लगाइदै

विराटनगर, २५ असार । विराटनगरमा आगामी आज र भोलि कोरोना भाइरसविरुद्धको दोस्रो खोप लगाइने भएको छ । विराटनगर महानगरपालिकाले आसार २५ र २६ गते पहिलो चरणमा खोप लगाएकालाई दोस्रो मात्र लगाइने सुचना प्रकाशित गरेको थियो...

सांगठिनक भ्रष्टाचारको अनुसन्धानमा तानिए सेनाका उच्च तहका पदाधिकारी

काठमाडौं, १० जेठ-नेपाली सेनाले सङ्गठनभित्र विभिन्न भ्रष्टाचारका घटनामा संलग्न भएको आरोपमा उच्च तहका सैनिक अधिकृतसहितका पदाधिकारीलाई कारबाही र अनुसन्धानको दायरामा लिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति कार्यान्वयनमा कडाइ गरेपछि उनीहरूलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्