सांगठिनक भ्रष्टाचारको अनुसन्धानमा तानिए सेनाका उच्च तहका पदाधिकारी

 न्यूज विराट
सांगठिनक भ्रष्टाचारको अनुसन्धानमा तानिए सेनाका उच्च तहका पदाधिकारी

काठमाडौं, १० जेठ-नेपाली सेनाले सङ्गठनभित्र विभिन्न भ्रष्टाचारका घटनामा संलग्न भएको आरोपमा उच्च तहका सैनिक अधिकृतसहितका पदाधिकारीलाई कारबाही र अनुसन्धानको दायरामा लिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति कार्यान्वयनमा कडाइ गरेपछि उनीहरूलाई अनुसन्धान र कारवाहीको दायरामा तानिएको हो ।

सोही क्रममा समरी जनरल सैनिक अदालतले सैनिक आवासीय महाविद्यालय भक्तपुरमा कार्यरत रहँदा सम्पत्ति, अनुशासन र आचरणसम्बन्धी कसुर गरेको अभियोगमा तीन अधिकृतसहित ५ जनालाई दोषी ठहर्या‍इ कारबाही गरेको छ । सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित उक्त महाविद्यालयमा आर्थिक अनियमितता छानविन गर्न सहायक रथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्ड गठन भएकामा उसले दिएको प्रतिवेदनको आधारमा समरी जनरल सैनिक अदालतले उनीहरूलाई दोषी ठहर गरेको थियो ।

उक्त महाविद्यालयका तत्कालीन सम्पर्क अधिकृत महासेनानी भुपालमान अधिकारीसहित १८ जनाको मुद्दा पुर्पक्ष गर्न उपरथीको अध्यक्षतामा गठित अदालतले शुक्रबार फैसला गरेको हो । अदालतले महासेनानी अधिकारीले गैरकानूनीरूपमा सम्पति उपार्जन गरेको ठहर गर्दै १ करोड ८५ लाख ४० हजार असुलउपर गर्ने निर्णय सुनाएको छ ।

प्रमुख सेनानी देवबहादुर क्षेत्रीले पनि आर्थिक अनियमितता गरेको ठहर गर्दै अदालतले २ वर्ष बढुवा रोक्का गरी निजबाट ४ लाख ४० हजार असुलउपर गर्ने निर्णय भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । अदालतले हुद्दा यज्ञराज पोखरेलाई सेवाबाट बर्खास्त गरी अनियमित भएको ३ लाख ६० हजार असुलउपर गर्ने फैसला गरेको छ ।

त्यस्तै हुद्दा गणेशबहादुर अधिकारीले आर्थिक अनियमितता गरेको अभियोगमा दोषी ठह¥याइ अदालतले दुई वर्ष तलब वृद्धि र ग्रेड रोक्का गरी रु १० हजार असुलउपर गर्ने निर्णय गरेकोे हो । अदालतले सहसेनानी सुरेन्द्रविक्रम भण्डारीलाई आर्थिक कार्यमा कानूनी प्रक्रिया अवलम्वन नगरेको ठहर गर्दै नसिहत दिने निर्णय सुनाएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सोही मुद्दामा १३ जनाले अभियोगबाट सफाइ पाएका छन् ।

सेनाले पारदर्शिता र जवाफदेहिता कायम गर्न तथा दण्डहीनता अन्त्यका लागि सेनाले अनुशासन र आचरण विपरीत गर्नेमाथि छानविनको दायरा बढाएको जनाएको छ । यसैबीच भ्रष्टाचार कार्यमा संलग्न भएकै आरोपमा सेनाले सहायकरथी प्रयोगजङ्ग राणालाई पनि अनुसन्धानको दायरामा ल्याएको जानकारी प्राप्त भएको छ ।

यसैबीच सैनिक मुख्यालले बलाधिकृतरथी शरद गिरी, उपरथी झङ्कर कडायत र आनन्द अधिकारीको अध्यक्षता बेग्लाबेग्लै कोर्ट अफ इन्क्वायरी बोर्ड गठन गरी विभिन्न घटनामा भ्रष्टाचार र अनियमिततको आरोप लागेकामाथि अनुसन्धान र छानविन गरिरहेको थाहा भएको छ । सङ्गठनभित्र आर्थिक अनियमितताको अभियोग खेप्नुपर्ने आशङ्का गरेर केही उच्च सैनिक अधिकृतले राजीनामा दिएर घर बसे पनि उनीहरूलाई अनुसन्धान दायरामा ल्याएर छानविन भइरहेको जानकारी प्राप्त भएको छ ।  – रासस

सम्बन्धित समाचार

प्रदेश १ मा ३८ कोरोना संक्रमित थपिए, ६ जना डिस्चार्ज

विराटनगर, १९ असार–प्रदेश १ मा शुक्रबार ३८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ५३ पुगेको छ । शुक्रबार ३४ पुरुष र ४ महिलामा संक्रमण देखिएको सामाजिक...

कोरोनाबाट पर्साका २ जनाको मृत्यु

काठमाडौं, २१ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा थप २ जनाको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालय प्रवक्ता डा. जागेश्वर गोतमका अनुसार...

‘डीभी लोटरी २०२१’ को नतिजा सार्वजनिक, यसरी चेक गर्नुहोस्

एजेन्सी, जेठ २५-सन् २०२१ को डीभी लोटरीको नतिजा सार्वजनिक भएको छ । न्युयोर्कको स्थानीय समयअनुसार दिउँसो १२ बजेदेखि डीभी लोटरीको नतिजा चेक गर्न सकिनेछ । गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी भरेकाहरुले २०२१...

देशभर थप ९७९ जनामा कोरोना पुष्टि

काठमाडौं, २२ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ९ सय ७९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...

महोत्तरीका ११ स्थानमा ‘कोरोना हेल्थ डेस्क’

महोत्तरी, माघ २१–कोरोना भाइरसको संक्रमण भित्रिन नदिन महोत्तरीका भारतीय सीमानाका ११ स्थानमा ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ । ती सीमानाका हुँदै नेपाल भित्रिनेमा सो भाइरसको संक्रमण भए नभएको जाँच गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ...

यार्सा गुम्बासहित पक्राउ परेका दुई जना सार्वजनिक

इनरुवा, २५ असोज-जिल्ला प्रहरी कार्यालय सुनसरीले यार्सा गुम्बासहित पक्राउ गरेका दुई जनालाई आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा खोटाङ रावाबँेशी गाउँपालिका–४ का २७ वर्षीय समीर गुरुङ र सङ्खुवासभा चैनपुर नगरपालिका–४ का ३२ वर्षीय श्यामकुमार...

निको भए ८ लाख ७८ हजार कोरोना संक्रमित, साढे १८ लाखको उपचार जारी

काठमाडौं, १५ वैशाख-महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुनेको संख्या २९ लाख ९४ हजार लाघेको छ । २४ घण्टामा ७३ हजार ८ सय थपिएसँगै संक्रमितको संख्या २९ लाख ९४ हजार नाघेको हो...

प्रदेश १ का स्वास्थ्यमन्त्रीलाई पछि पार्दै आर्याल दोब्बर मतले अग्रता

विराटनगर । मोरङ क्षेत्र नं ५(२) प्रदेशतर्फ नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत आर्यालले फराकिलो मतअन्तरले अग्रता कायम गरेका छन् । अर्यालले २ हजार ५ सय ९५ मतले आग्रता लिएका हुन् । ९ हजार ५ सय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्