१० भेन्टीलेटरसहित विराटनगरमा ५० बेडको कोरोना अस्पताल संचालनमा

 न्यूज विराट
१० भेन्टीलेटरसहित विराटनगरमा ५० बेडको कोरोना अस्पताल संचालनमा

विराटनगर, चैत २१–विराटनगरमा शुक्रबारदेखी कोरोना (कोभिड–१९ ) उपचार केन्द्र संचालनमा ल्याइएको छ । प्रदेश सरकारले निर्माण गरेको कोशी अस्प्ताल कोभिड १९ उपचार केन्द्र शुक्रबारदेखी संचालनमा आएको हो । उक्त चैत ७ गते मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको प्रदेश स्तरीय कोरोना रोकथाम तथा उपचार निर्देशक समितिको बैठकले विराटनगर स्थित नेशनल ट्रेडिङको पुरानो भवनलाई कोरोना अस्प्तालको रुपमा विकास गर्ने निर्णय गरेको थियो ।

सोहि निर्णय अनुसार १० वटा भेन्टीलेटरसहित ५० बेडको अस्पताल संचालनमा ल्याइएको हो । अस्पतालको शुक्रबार मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकास मन्त्री जिवन घिमिरेको उपरिस्थीमा सञ्चालनमा ल्याइएको छ ।

सो अस्पतालको मुख्यमन्त्रीसहित मन्त्रीहरुले अनुगमनसमेत गरेका छन् । कोरोनाको संक्रमण रोेकथाम र नियन्त्रणका लागि प्रदेश सरकार सचेत भएर अगाडी बढीरहेको मख्यमन्त्री राईले बताए ।

उपचार केन्द्र संचालन र व्यवस्थापनको जिम्मा कोशी अस्पताललाई दिइएको छ । कोरोना संक्रमणको प्रभाव नियन्त्रणमा आइसकेपछि पनि उक्त केन्द्रलाई अन्य स्वास्थ्य उपचार सेवा वा शिक्षण अस्पतालका रुपमा संचालन गरिने सामाजिक विकास मन्त्री घिमिरेले जानकारी दिए ।

उपचारमा खटिने स्वास्थ्यकर्मीहरुकालागि व्यक्तिगत स्वास्थ्य सुरक्षा र बिमा गरिने छ । साथै उनिहरुलाई अतिरिक्त भत्ताको समेत व्यवस्था गरिने मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

एसइई परीक्षा दिने विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगर–११ मा रहेको सगरमाथा सेकेण्डरी स्कुलले एसइई परीक्षा दिने विद्यार्थीलाई एक दिने अभिमुखिकरण तथा शुभकामना दिएको छ । सोमबार स्कुलमा एक कार्यक्रमको आयोजना गरि स्कुलले एसइई परीक्षा दिने विद्यार्थीलाई एक दिने अभिमुखिकरण तथा...

मोरङमा ९५ जनासहित प्रदेश १ मा आज २५५ कोरोना संक्रमित थपिए

विराटनगर, ६ असार । प्रदेश १ मा आज २५५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९५, झापामा ७१, सुनसरीमा ४५, संखुवासभामा १३, इलाममा १०, उदयपुरमा ५, ते¥हथुममा ४, खोटाङमा २, पाँचथर र धनकुटामा १–१...

विराटनगरका औषधी व्यवसायी रजक माथि निर्घात कुटपिट

विराटनगर । विराटनगरका एक जना औषधी व्यवसायीमाथि निर्घात कुटपिट भएको छ । विराटनगर ७ हस्पिटल चोकमा रहेको रजक फर्माका संचालक २५ वर्षीय राहुल कुमार रजकमाथि बुधबार निर्घात कुटपिट भएको हो । हस्पिटल चोकमा रहेको साईनो...

९२ हजार मेट्रिक टन चामल मौज्दात

काठमाडौं, ८ जेठ-खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी क्षेत्रसँग गरी ९१ हजार ५ सय ४ मेट्रिक टन चामल मौज्दात छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार कम्पनीसँग १६ हजार...

तयारी मदिरा पैठारीको बन्देज हट्यो

काठमाडाैं, २५ असोज-सरकारले तयारी मदिराको पैठारीमा लगाएको पूर्ण बन्देज हटाएको छ । २२ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले तयारी मदिरा पैठारीमा लगाएको पूर्ण बन्देज हटाएको सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।  २४ चैत २०७६ मा...

इडेनबर्ग कलेजमा नवआगन्तुक विद्यार्थीको स्वागत

विराटनगर । विराटनगर–९ मा रहेको इडेनबर्ग कलेजले शनिबार एक विशेष कार्यक्रमको आयोजना गर्दै नवआगन्तुक विद्यार्थीलाई स्वागत र स्नातक विद्यार्थीलाई बिदाई गरेको छ ।२०६६ सालमा स्थापना भएको यस कलेजमा हाल १ हजार ३६५ जना विद्यार्थी अध्ययनरत...

अभियान्ता चापागाईं पक्राउ परेपछि चौतर्फी विरोध, रिहाइ नभए आन्दोलनमा उत्रिने अन्सारीको चेतवनी

विराटनगर । महानगरको कामकारबाहीको आलोचना गर्दै विराटनगर महानगरपालिका अगाडि ब्यानर बोकेर उभिने विराटनगरकी ५२ वर्षीया इन्दिरा चापागाई पक्राउ परेपछि मेयर नागेश कोइरालाको सामाजिक संजालमा चौतर्फी विरोध सुरु भएको छ । सामुदायिक विद्यालय शिक्षा सुधारको माग...

त्रिदेशीय टी–२० को फाइनलमा नेपालको विस्फोटक ब्याटिङ

काठमाडौं, २१ चैत । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशी टी–२० क्रिकेटको फाइनलमा नेपालले पावर प्ले (६ ओभर) मा दुई विकेट गुमाएको छ । पहिलो विकेटका रुपमा पाँचौ ओभरमा कुशल भुर्तेललाई गुमाएको नेपालले दोस्रो विकेट छैटौँ ओभरमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्