काठमाडौं, १० बैशाख-समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच पार्टी एकीकरण गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ । दुवै पार्टीका शीर्ष नेताहरुबीचको लामो छलफलपछि बुधबार अबेर राति पार्टी एकीकरणको टुंगो लागेको हो ।
सरकारले पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एक ठाउँमा ४० प्रतिशत सदस्य भए पार्टी विभाजन गर्न सकिनेगरी अध्यादेश ल्याएपछि दुई पार्टीबीच एकीकरण भएको हो ।
पार्टी एकता समानताको आधारमा गरिने सहमतिपत्रमा उल्लेख गरिएको छ । त्यस्तै, एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल हुने छ।
एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा भएको हुने छ भने चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुनेछ ।