१० दिनमा १ लाख ७१ हजार ४८६ जनाले लगाए काेभिड भ्याक्सिन - News Birat

१० दिनमा १ लाख ७१ हजार ४८६ जनाले लगाए काेभिड भ्याक्सिन

न्यूज विराट

काठमाडौं, २४ माघ । कोरोनाविरुद्ध पहिलाे चरणकाे खोप अभियान आज सकिँदैछ । १४ माघदेखि सुरु अभियान एघाराैँ दिनमा सकिन लागेकाे हाे । १०औँ दिनसम्म देशभरका २ सय १ खोप केन्द्रबाट १ लाख ७१ हजार ४ सय ८६ जनाले खोप लगाइसकेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

प्रदेश १ मा २३ हजार ८२ जनाले खाेप लगाएका छन् । प्रदेश २ मा २२ हजार ७ सय ५६, बागमती प्रदेशमा ५९ हजार ९ सय ४२ जनाले खाेप लगाएका छन् । यसैगरी, खाेप लगाउनेमा गण्डकी प्रदेशका १७ हजार ३ सय १५, लुम्बिनीका २६ हजार ८ सय ९८, कर्णालीका ८ हजार ६ सय ८४ र सुदूरपश्चिम प्रदेशका १२ हजार ८ सय ९ जना छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles