विद्याथीको रोजाइमा विराटनगरको इस्टर्न कलेज अफ इन्जिनियरिङ

 न्यूज विराट
विद्याथीको रोजाइमा विराटनगरको इस्टर्न कलेज अफ इन्जिनियरिङ

विराटनगर । इन्जिनियरिङ अध्ययनप्रतिको विद्यार्थीको आकर्षण घटेको छैन । बरु यो आकर्षण अहिले पनि नघटी वरु अझ बढ्दो छ । पढाइ सक्ने बित्तिकै रोजगारी सहज रुपमा पाउने भएपछि इन्जिनियरिङप्रति आकर्षण बढेर गएको हो ।

विद्याथीको आकर्षण बढको पुष्टि विराटनगर – २ राधाकृष्ण मार्गमा रहेको इस्टर्न कलेज अफ इन्जिनियरिङले गर्दछ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुबाट पठनपाठन हुने गरेको कारण यो कलेजमा विद्यार्थीको आकर्षण बढेर गएको हो । इस्टर्न कलेजमा इन्जिनियरिङ पढाउन धेरै अभिभावक लालायित हुने गरेका छन् ।

गुणस्तरीय शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादन गरेको कारणले अभिभावक र विद्यार्थीको इन्जिनियरिङ शिक्षामा इस्टर्न कलेजमा पहिलो रोजाइमा पर्ने गरेको छ । २३ वर्ष अगाडि सन् २००० सालमा स्थापीत इस्टर्न कलेजमा इन्जिनियरिङ शिक्षामा एक अब्बल शैक्षिक संस्थाको रुपमा कहलिएको छ । हालै आइएमएसी इन्जिनियरिङ कम्पनी प्रा. लि. जापानसँग भएको एमओयू अन्तर्गत यस कलेजबाट उत्पादित जनशक्तिहरुलाई तालिमकोे अवसर प्राप्त गर्ने इस्टर्न कलेज अफ इन्जिनियरिङका प्रिन्सिपल : ई.अमित सुरानाले जानकारी दिए । ‘जापानका प्रतिष्ठित कम्पनीमा प्र्रदान गरी रोजगारीको अवसर दिने छ । साथै विद्यार्थीलाई नवीनतम प्रविधिमा दक्ष तथा क्षमतावान् समेत बनाउने छ,’ प्रिन्सिपल सुरनाले भने ।

कलेजमा अहिले वि.ईं सिभिल इन्जिनियरिङ्ग, कम्प्युटर इन्जिनियरिङ्ग, इलेक्ट्रोनिक्स कम्यूनिकेशन र अटोमेशन इन्जिनियरिङ्ग कार्यक्रमहरु संचालनमा रहेको छ । कलेजले सिमित कोटा राखेर स्नातकतहको सिभिलइन्जिनियरिङ्ग, कम्प्युटर इन्जिनियरिङ्ग तथा इलेक्ट्रोनिक्स कम्यूनिकेशन र आटोमेशन इन्जिनियरिङ्गमा भर्ना खुलाएको छ । भर्नाको लागि कलेजले असोज १३ गते प्रवेश परीक्षा राखेको छ । नेपाल इन्जिनियरिङ्ग परिषद् बाट स्वीकृति र पूर्वाञ्चल विश्वविद्यालय बाट सम्बन्धन पाएको यो कलेजमा अनुशासित, सुरक्षित र शान्त वातावरणमा निर्धक्ताका साथ पठनपाठन गर्न विद्यार्थीहरुले पाउने गरेका छन् । अनुसाशित र दक्ष प्राध्यापकहरूबाट गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले प्रत्येक वर्ष दक्ष जनशक्ति उत्पादन हुने गरेको कलेजले जनाएको छ ।

विद्यार्थीले सिकेको ज्ञान अत्याधुनिक सुविधा सम्पन्न प्रयोगशालामा अभ्यास गर्ने गर्ने प्रणालीको विकास कलेजमा गरेको छ । जसले गर्दा विद्यार्थीहरुले फराकिलो खेलमैदान, अत्याधुनिक उपकरण जडित कक्षाकोठा, सुविधा सम्पन्न भवन, प्रयोगशाला, लाइबे्ररीमा निर्धक्क अध्ययन, अनुसन्धान गर्न पाउँछन् । पढाइका अलावा अतिरिक्त क्रियाकलापको व्यवस्था, सप विकासको लागि फिल्ड एक्सपोजर र विद्यार्थीहरुले अन जब ट्रेनिङ्गको माध्यमबाट इन्टर्नसिपको व्यवस्थाका कारण राम्रो इम्प्लोमेन्टको अवसर कलेजले दिएको छ । विभिन्न विधामा समय समयमा टेक्निकल सेमिनार तथा वर्कसपको आयोजना पनि गर्दै आएको यस कलेजबाट उत्पादित जनशक्ति देश र विदेशको विभिन्न ठाउँमा कार्यरत रहेको कलेजका प्रिन्सिपल सुरनाले बताए । यस कलेज स्थापनाको २३ वर्ष पुरा भएको अवसरमा छात्रा तथा जेहेन्दार विद्यार्थीका लागि आकर्षक छात्रवृत्तिको पनि व्यवस्था गरेको कलेजले जनाएको छ ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्