पार्टी फुटाउन सहज हुनेगरी अध्यादेश : तत्कालीन माओवादी मन्त्री प्रचण्ड निवासमा

 न्यूज विराट
पार्टी फुटाउन सहज हुनेगरी अध्यादेश : तत्कालीन माओवादी मन्त्री प्रचण्ड निवासमा

सरकारले पार्टी फुटाउनको लागि सहज हुने गरी अध्यायदेश लिएको छ । केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत सदस्य भए पार्टी फुटाउन सक्ने गरी अघि सारिएको अध्यायदेश सोमबार मन्त्रिपरिषद् बैठकले पारित गरेको एक मन्त्रीले बताएका छन् ।

मन्त्रिपरिषद् बैठक सकिएसँगै पूर्वमाओवादी मन्त्रीहरूले भेलासमेत गरेका थिए । माओवादी मन्त्रीहरूले भेलाबाट गरेको निर्णयसहित केही मन्त्री पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन् । त्यसअघि प्रधानमन्त्री ओलीले गृह मन्त्री रामबहादुर थापासँग छुट्टै छलफल गरेका थिए ।

केही दिनदेखि पूर्वएमाले र पूर्वमाओवादीबीच टसन बढ्दै गएको छ । यसैबीच केही दिन अघि कोरोना रोकथाम तथा नियन्त्रणका सम्बन्धमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले उच्चस्तरीय राजनीतिक संयन्त्र समितिको प्रस्ताव गरेका थिए । जसमा प्रधानमन्त्री ओलीसहित तत्कालीन एमालले रुष्ट रहेका थिए ।

सरकारमा पूर्वमाओवादिको तर्फबाट गृहमन्त्री रामबहादुर थापा, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, खाने पामानी मन्त्री विना मगर, शिक्षामन्त्री गरिराजमणि पोखरेल, खलकुद मन्त्री जगत विश्‍वकर्मा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट रहेका छन् ।

सम्बन्धित समाचार

चितवनमा स्कर्पियो दुर्घटनामा १ जनाको मृत्यु, २ गम्भीर

हेटौंडा, १५ असार-नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत् सत्रकिलो भन्ने स्थानमा ग्यास बुलेट र स्कर्पियो एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ । गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धितालको परिवार नै दुर्घटनामा परेको छ । स्कर्पियोमा कृष्णसहित पत्नी...

भारतमा सेक्युरिटी गार्डको जागिर लगाइदिन्छु भन्दै ठगि गर्ने व्यक्ति विराटनगरबाट पक्राउ

विराटनगर, २९ मंसिर । भारतमा जागिर लगाइदिने भन्दै ठगि गरेको आरोपमा एक जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोर्खाको लखन गाउँपालिका–२ का ३८ वर्षीय गणेशराज अर्याल रहेका छन् । उनले विराटनगर बसपार्कबाट...

कोशी अस्पतालमा मृत्यु भएका व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ

विराटनगर, साउन २०–विराटनगर स्थित कोशी अस्पतालको आइसोलेशनमा भर्ना हुने क्रममा मंगलबार विहान मृत्यु भएका उदयपुरको बेलकाका बेदप्रसाद न्यौपानेमा कोरोना नभएको पुष्टि भएको छ । श्वासप्रश्वासमा समस्या र ज्वारो आएपछि विराटनगरको विराट मेडिकल कलेजमा आएका उनलाई...

दिगो समाधानमका लागि सन्दकपुरको पानी इलाम बजारमा

इलाम — खानेपानीको चरम अभाव रहेको इलाम बजारमा दिगो समाधानका लागि तेस्रो साना सहरी खानेपानी योजनाको काम सुरु भएको छ । सन्दकपुर गाउँपालिका क्षेत्रमा रहेका मुहानको पानी ल्याउने गरी खानेपानी योजनाको निर्माणले तीव्रता पाएको हो । एसियाली...

प्रदेश १ बाट एकै दिन ४० जनाले जिते कोरोना

विराटनगर, ४ असार-प्रदेश १ बाट बिहीबार ४० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन उपचार केन्द्र, सुन्दरहरैचामा उपचाररत ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरङका ९...

आर्शीले जितिन् इन्टरसिटी कविता प्रतियोगिताको उपाधि

विराटनगर । इन्टरसिटी कविता प्रतियोगिताको उपाधि विराटनगरस्थित सेन्ट मेरिज स्कुलकी आर्शी पोखरेलले जितेकी छिन् ।विराट हेल्थकेयर इन्डस्ट्रिजले ‘विश्व महिनावरी स्वच्छता’ दिवसको अवसर पारेर मंगलबार आयोजना गरेको प्रतियोगितामा २९ जना विद्यार्थीहरुलाई पछि पार्दै आर्शीले कविता प्रतियोगिताको...

बुटवलको कोरोना विशेष अस्पतालबाट एकै दिन १० जना डिस्चार्ज

बुटवल, १० जेठ-बुटवलको कोरोना विशेष अस्पतालबाट १० जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डा. सुर्दशन थापाले कपिलवस्तुका १० जना निको भएर घर फर्केको जानकारी दिए...

भोजपुर बहुमुखी क्याम्पसमा कार्यरत शिक्षकहरु आन्दोलित

भोजपुर, फागुन १६–भोजपुर बहुमुखी क्याम्पसमा कार्यरत आंशिक शिक्षकहरुले आफूहरुलाई करार दरबन्दीमा लान माग गर्दै कलम बन्दसहितको चरणबद्ध आन्दोलन सुरु गरेका छन् । आफुहरुले बिगतमा राखेका मागहरु पूरा नभएको भन्दै आजबाट भोजपुर क्याम्पसमा कार्यरत आंशिक शिक्षकहरुले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्