बुटवलको कोरोना विशेष अस्पतालबाट एकै दिन १० जना डिस्चार्ज

 न्यूज विराट
बुटवलको कोरोना विशेष अस्पतालबाट एकै दिन १० जना डिस्चार्ज

बुटवल, १० जेठ-बुटवलको कोरोना विशेष अस्पतालबाट १० जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डा. सुर्दशन थापाले कपिलवस्तुका १० जना निको भएर घर फर्केको जानकारी दिए । ‘साँझ मात्र प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट उहाँहरूको रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको छ’  उनले भने ।

यसअघि रुपन्देहीका १ जना पनि कोरोना विशेष अस्पतालबाट निको भएर घर फर्केका थिए । शुक्रबार मात्र बाँकेको खजुरास्थित सुुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट संक्रमण मुक्त भएर २१ जना घर फर्किएका थिए ।

निको भएर घर फर्केका कपिलवस्तुका १० जना नै लकडाउनको समयमा भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका थिए । २ साता अघि कोरोना विशेष अस्पतालमा भर्ना भएका उनीहरूको लगातार २ पटक रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको हो ।

त्यस्तै, रुपन्देही गैडहवा गाउँपालिकामा आज संक्रमित देखिएका १० जना मध्ये ७ जनालाई बुटवलको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको छ । बिहान मात्र गैडहवाका ७ जना र रोहणीका १ जना तथा आजै साँझ गैडहवामा थप ३ जनामा कोरोना संक्रमण देखिएको थियो ।

सम्बन्धित समाचार

विराटनगरका दुईसहित प्रदेश १ मा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु

विराटनगर, ५ जेठ । प्रदेश १ मा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । मंगलबार साँझ र बुधबार विहान गरि थप सात जनाको मृत्यु भएको हो । विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा...

आज २ हजार १२० जनामा कोरोना पुष्टि, २ हजार ४४ संक्रमित डिस्चार्ज

काठमाडौं, १७ असोज-गत २४ घण्टामा नेपालमा २ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ सय ९ सय ७८ को पीसीआर गर्दा आज २ हजार १ सय २० जनामा कोरोना पुष्टि...

अपाङ्गगता भएका व्यक्तिलाई संसद् बनाउनुपर्ने माग राख्दै ज्ञापनपत्र

विराटनगर । प्रतिनिधी र प्रदेश सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीको बन्द सूचिमा उम्मेदवारको नाम दलहरूले सूचीकृत गर्दा अनिवार्य अपाङ्गता भएका व्यक्तिहरू पनि संसद्मा प्रतिनिधित्व हुने सुनिश्चित गरिदिनुपर्ने माग राखेका छन् । नेत्रहीन युवा सङ्घ नेपाल...

डब्लूएचओले भन्यो : नेपालमा अझै कोरोना महामारी टरेको छैन, सतर्कता अपनाऊ

काठमाडौं, ८ असार-विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को नेपालस्थित कार्यालयले कोभिड-१९ को महामारी कायमै रहेकाले पर्याप्त सतर्कता अपनाउन सार्वजनिक रूपमा अपिल गरेको छ । डब्लूएचओका प्रमुख डा. जोस भ्यान्डेलरले नेपाल सरकारले लडकडाउन खुकुलो बनाए पनि कोभिड-१९...

कोशी प्रदेशको सरकार गठन असंवैधानिक भन्दै एमालेले सर्वोच्चमा हाल्यो रिट

विराटनगर । कोशी प्रदेशमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै नेकपा एमालेले शुक्रबार सर्वोच्च अदालतमा रिट हालेको छ । सरकार गठनमा गठबन्धनले सभामुख बाबुराम गौतमको प्रयोग गरेपछि त्यसविरुद्ध एमाले सर्वोच्च पुगेको हो । एमाले...

प्रदेश १ मा ६ हजारको कोरोना परिक्षण

विराटनगर, बैशाख १५–प्रदेश १ मा छ हजार हाराहारीमा कोरोना परीक्षण भएको छ । सोमबारसमम पाँच हजार ८ सय ९ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अवस्थित कोरोना सूचना डेस्कले जनाएको छ । द्रूत...

पोखरालाई ४ विकेटले पराजित गर्दै चितवन बन्यो ईपीएल च्याम्पियन

भीम सार्कीको अर्धशतक प्रेरित चितवन टाइगर्स पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (ईपीएल)को च्याम्पियन बनेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १७.५ ओभरमा सबै विकेट गुमाएर १...

लकडाउन खुले पनि जोखिम अझै धेरै छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं, ७ साउन-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउन खुले पनि कोरोना भाइरस (कोभिड-१९)को जोखिम नघटेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले लकडाउनलाई हटाएर सन्त्रासमा रहेको जनजीवनलाई सामान्य अवस्थामा ल्याउन प्रयास गरेको भए...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्