संस्कृति पर्यटन तथा नागरि उड्यन मन्त्रालयले पर्यटन क्षेत्रमा करिब १५ खर्ब रुपैयाँ लगानी भएको जनाएको छ । कोरोनाको संक्रमण देखिन थालेपछि गरिएको अध्ययनको आधारमा पर्यटन क्षेत्रमा १५ खर्ब रुपैयाँभन्दा बढीको लगानी देखिएको जनाइएको छ ।
१५ खर्बको लगानीमा सरकारी स्वामित्वमा रहेका कम्पनीहरूको लगानी पनि जोडिएको छ । साथै पर्यटन क्षेत्र र आबद्ध संस्थाहरूले ७ लाख २० हजार जनालाई प्रत्यक्ष रोजगारी दिएको जनाएका छन् ।
कोरोना भाइरको संक्रमण र त्यसपछि लगाइएको लकडाउनले सबैभन्दा ठूलो प्रभाव पर्यटन क्षेत्रलाई पारेको देखिएको छ । यस सन्दर्भमा पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी र नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेल सदस्य रहेको अध्ययन समितिले अध्ययन गरिरकेको हो ।