१५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोर कटहरीको फलफूल तथा तरकारी थोक बजारमा संचालन
सोमबार, २४ भदौ, २०८१,
न्यूज विराट
विराटनगर । मोरङको कटहरी गाउँपालिका – १ स्थित कटहरी फलफूल तथा तरकारी थोक बजारमा १५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोर संचालनमा आएको छ । कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले एक कार्यक्रमको बीच सोमबार उद्घाटन गरी कोल्ड स्टोर संचालनमा ल्याएका हुन् ।
प्रधानमन्त्री कृषी आधुनिकरण परियोजना कार्यान्वय एकाइ मोरङ र कटहरी गाउँपालिकाले भ्याटसहित २४ लाख ३२ हजार ४ सय ९ रुपैयाँ लागतमा उक्त कोल्ड स्टोर निमार्ण गरी संचालनमा आएको छ । कोल्ड स्टोर निमार्णको लागि परियोजनाले ८० प्रतिशत र गाउँपालिकाले २० प्रतिशत लागत व्यहर्ने सहमति अनुसार निमार्ण भएको हो । जस अनुसार परियोजनाले १९ लाख ४७ हजार ५७ रुपैयाँ र गाउँपालिकाले ४ लाख ८५ हजार ३५२ रुपैयाँ खर्च व्यहोरेको छ ।
कोल्ड स्टोर निमार्ण भएर संचालनमा आएपछि कृषकको उत्पादन खेर जान बाध्यता अब अन्त्य भएको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले बताए । ‘अब कृषकले आफ्नो उत्पादन खेर जाने समस्याबाट मुक्ति पाउँदैछन् । कोल्ड स्टोर निमार्ण भएर संचालनमा आएको छ । कृषकले उत्पादन गरेको कृषी उपज खेर जाँदैन । भण्डारणको उचित व्यवस्थापन भएको छ,’ अध्यक्ष चौधरीले भने, ‘निमार्ण सुरू भएको दुई महिनापछि संचालनमा ल्याउन सफल भएका छौं । ’ परियोजनाले मोरङको कटहरी र जहदाको केही वडालाई समेटेर कृषी जोन क्षेत्र घोषणा गरेको छ । कटहरीको २, ३, ४ र ६, जहदाको ३ र ४ नम्बर वडालाई समेटेर ८ सय हेक्टर जग्गामा तरकारी जोन घोषणा गरेर व्यवसायीक रुपमा तरकारी खेती गर्दै आएको छ । उक्त जोनबाट उत्पादन भएको बस्तु विक्री वितरण गर्नको लागि कोल्ड स्टोर निमार्णको लागि परियोजनाले गत मंसिर १३ गते सूचना जारी गरेको थियो । त्यसपछि उपयुक्त स्थान कटहरीको फलफूल तथा तरकारी थोक बजार भित्र उपयुक्त भएपछि त्रिपक्षीय सम्झौता गरिएको इकाइ प्रमुख मनोज कुमार यादवले बताए । १५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोरमा तीन वटा कोठा रहेको छ । ५ टन क्षमताको तीन वटा कोठा रहेको छ । प्रविधिमा आधरित निमार्ण भएको कोल्ड स्टोर कृषक र व्यवसायिक प्रयोजनको लागि भाडामा लइनेछ । ‘कृषकहरूले कृषीजन्य उत्पादन एक हप्तासम्म भण्डारण गरिएको शुल्क लाग्नेछैन । त्यसपछि उचित शुल्क लाग्नेछ । अन्य उत्पादक उद्यमी व्यवसायीहरुको सामाग्रीहरु भण्डारण गर्दा नियमानुसार शुल्क लिई सेवा दिइनेछ,’ इकाइ प्रमुख यादवले भने, ‘कोल्ड स्टोर निमार्ण भएपछि कार्यविधी बनाएर सुचारु हुनेछ । ’
कृषक र व्यवसायिक प्रयोजनको लागि कोल्ड स्टोरको माग बढदै गएमा थप विस्तार गरिने उनले बताए । ‘माग वृद्धि हुँदै गए आगमी आर्थिक वर्षहरूमा भण्डारण क्षमता वृद्धि गर्दै जाने योजना रहेको छ,’ उनले भने ।
विराटनगर । विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले स्वच्छता सम्वन्धी सचेतना कार्यक्रम गरेको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सहयोग गर्दै आएको बेलगाछीस्थित शिव आधारभूत विद्यालयमा स्वच्छता सम्वन्धी सचेतना कार्यक्रम...
बेलायती राजकुमार चाल्र्स (प्रिन्स अफ वेल्स) लाई कोरोना भाइरस संक्रमण देखिएको छ । उनको कोरोना भाइरस संक्रमण परीक्षण गरिएकोमा ‘पोजिटिभ’ देखिएको बेलायती राजदरबारले जनाएको छ। यस्तै डचेज अफ क्रनवालको पनि परीक्षण गरिएकोमा उनलाई भने कोरोना...
नेकपाको ओली समूहका नेता सुवास नेम्बाङले संसद् पुनर्स्थापनापछि सरकार झन् बलियो भएको बताएका छन् । नेकपा ओली समूहनिकट सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्बाङले संसद् विघटन हुँदा कामचलाउ भएका...
सप्तरी, १२ साउन-सप्तरीमा कोभिड-१९ को लक्षण देखिएका सङ्क्रमित भेटिन थालेका छन् । यसअघि लक्षण नभएका सङ्क्रमितहरू हुने गरेकामा अहिले आउने सङ्क्रमितमा कोभिड–१९ को लक्षण देखिन थालेको चिकित्सकहरूले बताएका छन् । पछिल्लोपटक आउने सङ्क्रमितमध्ये १५ प्रतिशतमा...
विराटनगर । विराटनगर क्षेत्रभित्र सञ्चालित सहकारीलाई व्यवस्थित बनाउन महानगरले पहल सुरु गरेको छ ।सहकारी संस्थाहरुले बचतकर्ताको रकम संकलन गरेर सम्पर्कविहीन हुने गुनासो बढ्न थालेपछि महानगरले सहकारीको अनुगमन र नियमन गरी व्यवस्थित गर्ने भएको छ ।महानगरले...
काठमाडौं, १५ पुस-सिंगापुरमा आज कोभिड- १९ विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । बुधबार बिहानदेखि सिंगापुरमा पनि कोभिड- १९ का विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । यो खोप पहिलो चरणको हो । यो पहिलो...
विराटनगर, १५ माघ । नोना कोइराला स्मृति प्रतिष्ठान नेपालले भर्खरै सुत्केरी भएका ३५ जनालाई न्यानो कपडा र पोषिलो खानेकुरा प्रदान गरेको छ । प्रजातान्त्रिक आन्दोलनकी महिला नेतृ नोना कोइरालाको १४ औं स्मृति दिवसका अवसरमा प्रतिष्ठानले...
सरकारले काठमाडौं उपत्यकाका थप १६ वटा निजी अस्पताललाई कोभिड- १९ क्लिनिक सञ्चालन गर्ने गरी सूचीकृत गरेको छ । स्वास्थ्य मन्त्रालयको कोरोना भाइरससँग सम्बन्धित नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. विकास देवकोटाले उपत्यकाका थप १६ वटा अस्पताललाई...