टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रको १ हजार रन पूरा

 न्यूज विराट
टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रको १ हजार रन पूरा

काठमाडौं, २१ चैत । नेपालका दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् ।

घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि भिडन्तमा पपुआ न्युगिनीसँग खेल्नेक्रममा दीपेन्द्रले २१ रन जोडेपछि उनको एक हजार रन पूरा भएको हो । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याट्सम्यान पनि बनेका छन् ।

दीपेन्द्रले ३९ खेलमा एक शतक र ४ अर्धशतक बनाएका छन् । उनले जारी शृङ्खलाको लिग चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध अविजित १ सय १० रन बनाएका थिए । त्यसभन्दा अघिल्लो खेलमा पीएनजीविरुद्ध नै ६६ रन जोडेका थिए ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानमा ७ सय ९९ रनसहित पारस खड्का दोस्रो, ७ सय ४८ रनसहित ज्ञानेन्द्र मल्ल तेस्रो र ५ सय ४८ रनसहित कुशल भुर्तेल चौथो स्थानमा रहेका छन् ।

ऐरीले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा १६ खेलमा एक शतकसहित २ सय ९१ रन बनाएका छन् । त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङ गर्ने जिम्मा पाएको नेपालले १२ ओभर ३ बलमा ५ विकेट गुमाएर ८५ रन जोडेको छ ।

कुशल भुर्तेलले २५ र आसिफ शेखले २९ रन बनाए भने रोहित पौडेल २ रनमै आउट भए । दिलीप नाथ र आरिफ शेखले खाता खोल्न सकेनन् । दीपेन्द्र २१ रनमा खेल्दै छन् ।

सम्बन्धित समाचार

विराटनगर महानगरमा सरसफाई अभियानलाई तीब्रता

विराटनगर, २४ भदौ । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा सरसफाई अभियानलाई तीव्रता दिएको छ । प्रत्येक शुक्रबार विहानको समयमा सरसफाई अभियान अनुसार आज विराटनगर महानगरपालिकाको बस पार्क क्षेत्रमा सफाई अभियान सञ्चालन गरियो । बस पार्क टोल...

सप्तरीमा डेढ महिनामा करेन्ट लागेर दुई हात्तीको मृत्यु

विराटनगर, २५ पुस । सप्तरीमा डेढ महिनाको अवधिमा करेन्ट लागेर दुई हात्तिको मृत्यु भएको छ । सप्तरीको खडक नगरपालिकामा एउटा हात्तीको करेन्ट लागेर मृत्यु भएसँगै डेढ महिनाको अवधिमा दुई हात्तिको मृत्यु भएको हो । नगरपालिकाको...

नेपालमा थप ९११ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

काठमाडौं, २७ भदौ । नेपालमा थप ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए...

सौन्दर्यकर्मी युनियन इटहरीद्धारा खुल्ला रक्तदान कार्यक्रम, ५२ पिन्ट रगत संकलन

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन इटहरी उपमहानगरपालिकाले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । इटहरीमा बुधबार खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रममा ५२ पिन्ट रगत संकलन भएको राष्ट्रिय सौन्दर्यकर्मी यूनियन इटहरी उपमहानगरपालिकाकी...

रेल विस्तारमा लगानी गर्न रसिया इच्छुक, बुझाइयो रुसी रेलवे कम्पनीको आशयपत्र

काठमाडौं, ३ फागुन-रसियाले नेपालको रेल यातायातको  क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ । आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग उसले रेलको क्षेत्रमा लगानी गर्ने जनाएको हो । नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभ...

लागुऔषध सहित १ जना पक्राउ

विराटनगर, ६ फागुन । मोरङ बेलबारी ११ का ४३ बर्षीय प्रकाश बस्नेत लागुऔषध सहित पक्राउ परेका छन् । आज दिउसो १ बजे बिराटनगर १६ स्थितबाट उनलाई लुपिजेसिक १४ एम्पुल, डाईजापाम १४ एम्पुल, एभिल १४ एम्पुल,...

माटाका सामग्री वनाउने तालिम सुरु

  पथरीशनिश्चरे, १ असार । उत्तरपूर्वी मोरङमा सृजनाका क्षेत्रमा सक्रिय एभरेष्ट आर्ट फ्यूजनले आइतवारबाट माटाका सजावट तथा उपभोग्य सामग्री वनाउने १ महिने तालिम सुरु गरेको छ । पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा पथरी सेरामिक उद्योगको समेत सहकार्यमा...

आज ८३० संक्रमित थपिए, १५ सय जना डिस्चार्ज

काठमाडौं, २८ मंसिर-गत २४ घण्टामा ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ । त्यस्तै, आज १ हजार ५ सय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्