आज ३५१७ संक्रमित थपिए, ४०९६ जना डिस्चार्ज - News Birat

आज ३५१७ संक्रमित थपिए, ४०९६ जना डिस्चार्ज

न्यूज विराट
 काठमाडौं, १४ कात्तिक-गत २४ घण्टामा देशभर ३ हजार ५ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । १४ हजार ९ सय ८९ को पीसीआर गर्दा आज ३ हजार ५ सय १७ संक्रमित थपिएका हुन् । 

योसँगै संक्रमितको कुल संख्या १ लाख ६८ हजार ३ सय ३५ पुगेको छ । त्यस्तै, शुक्रबार ४ हजार ९६ हजार संक्रमित उपचारपछि निको भएका छन् । योसहित निको हुनेको संख्या १ लाख २८ हजार ९ सय ५९८ पुगेको छ ।  आज देशभर १६ संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles