व्यवसायीको सहयोगले बजारमा कालो बजारी छैन : अर्थमन्त्री खतिवडा

 न्यूज विराट
व्यवसायीको सहयोगले बजारमा कालो बजारी छैन : अर्थमन्त्री खतिवडा

काठमाडाैं, ७ वैशाख-अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले बजार व्यवस्थित भएको दाबी गरेका छन् । उनले आइतबार नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरूको छलफलमा यस्तो बताएका हुन् ।

बजारमा कालो बजारी हुन्छ कि भन्ने शंका गरिएको अवस्थामा व्यवसायीले यसलाई गलत सावित गरेको अर्थमन्त्री खतिवडाको भनाइ छ । ‘सुरु-सुरुमा केही दिन आपूर्तिमा समस्या हुन्छ कि, खाने मान्छेले समान पाउँदैनन् कि, कालो बजारी हुन्छ कि जस्ता तर्क आउने गरेका थिए,’ व्यवसायीहरूसँगको भेटमा अर्थमन्त्री खतिवडाले भने, ‘यी तर्कलाई तपाईंहरूले गलत सावित गरिसक्नुभएको छ ।’

उनले अहिले जिम्मेवार व्यवसायको गति अघि बढेको भन्दै निरन्तरता दिनका लागि आग्रह गरेका छन् । कतिपय वस्तुहरूमा भने स्वास्थ्य तथा अत्यावश्‍यक सामग्रीमा कालो बजारी भएको गुनासो स्वयम व्यवसायीहरूले बताएका छन् ।

कालो बजारी गरेको आरोपमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष सुलभ अग्रवाल अहिले थुनामा छन् । अहिले पनि बजारलाई अति आवश्‍यक परिरहेको स्वास्थ्य सामाग्री पीपीई, मास्क तथा थर्मल गन ३ गुनासम्म महँगो मूल्यमा किन्नुपरेको स्वास्थ्य क्षेत्रमा आवद्धहरूको गुनासो छ ।

सम्बन्धित समाचार

नगरिक केयर सेन्टर विराटनगरलाई तीन लाख रुपैयाँ सहयोग

विराटनगर, २ असार । माछापुच्छ्रे बैंक लिमिटेडले नागरिक केयर सेन्टर, विराटनगरलाई तीन लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई संस्थागत सामाजिक उत्तरदायित्व...

राष्ट्रिय वाणिज्य बैंकः नाफा घट्यो, खराब कर्जा बढ्यो

काठमाडौं, माघ २९–राष्ट्रिय वाणिज्य बैंकको नाफा चालू आर्थिक वर्षको ६ महिनामा ८.३१ प्रतिशतले घटेको छ । नाफा घटे पनि अन्य बैंकको तुलनामा भने वाणिज्य बैंक नै अगाडि छ । बैंकको नाफा यस वर्ष २ अर्ब...

फ्रान्सका पूर्वप्रधानमन्त्री र उनकी पत्नी भ्रष्टाचार मुद्दामा दोषी ठहर

पेरिस, १५ असार-फ्रान्सका पूर्व प्रधानमन्त्री फ्राँस्वाँ फिलोन र उनकी पत्नी पेनेलोपलाई पेरिस अदालतले सार्वजनिक कोष दुरूपयोग मुद्दामा सोमबार दोषी ठहर गरेको छ । पेनेलोपले फिलोन प्रधानमन्त्री रहेका समय संसदीय सहायकको रूपमा एक व्यक्तिको नाममा नक्कली...

सकियो कोशी प्रदेश खेलकुद महोत्सव, महिला फुटबलको उपाधि झापालाई

विराटनगर । प्रथम कोशी प्रदेश खेलकुद महोत्सव अन्तर्गतको प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ। विराटनगरको शहिद रंगशालाको मैदानमा आज राती सम्पन्न प्रतियोगिता फाईनलमा पाँचथरलाई ३ – ० गोलले हराउँदै झापाले उपाधि जितेको...

नेपालले सहुलितय दरमा २० प्रतिशत नागरिकलाई पुग्ने कोभिड खोप ल्याउने

सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप  कूल जनसंख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप ल्याउनदेखि...

दुर्घटना न्युनिकरणका लागि अनेरास्ववियुले बनायो जेब्रा क्रसिङ

विराटनगर, माघ १२-पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारीमा विद्यार्थीहरुले जेब्रा क्रसिङ निर्माण गरेका छन् । बढ्दो दुर्घटना न्युनिकरण र पैदेल यात्रुको सहजताका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)...

ओली समूहको शक्ति प्रदर्शन आज, १६ स्थानबाट जुलुस निस्कँदै

नेकपा ओली समूहले आज (शुक्रबार) काठमाडौं शक्ति प्रदर्शन गर्ने भएको छ । त्यसका लागि विभिन्न १६ स्थानबाट जुलुस निकाल्ने तयारी भइरहेको छ । जुलुसपछि नारायणहिटीअगाडि सभा हुनेछ । उक्त सभामा प्रधानमन्त्री ओलीसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम...

न्यायाधीश छाडेर प्रचण्डको महान्यायाधिवक्ता बनेका वैद्य एमिकस क्यूरीमा

काठमाडौं, २ असार । सर्वोच्च अदालतलाई ‘तटस्थ राय’ दिन झिकाइएका ‘अदालतको साथी’ अर्थात् ‘एमिकस क्यूरी’ नै विवादमा परेको छ । नेपाल बार एशोसियसनले एमिकस क्यूरीमा पठाउने निर्णय गरेका वरिष्ठ अधिवक्ता राघवलाल वैद्य रिट निवेदक समेत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्