मोरङमा ४४ सहित प्रदेश १ मा शुक्रबार ८९ जना संक्रमित थपिए, ६९ जना डिस्चार्ज

 न्यूज विराट
मोरङमा ४४ सहित प्रदेश १ मा शुक्रबार ८९ जना संक्रमित थपिए, ६९ जना डिस्चार्ज

विराटनगर, ५ भदौ-प्रदेश १ मा शुक्रबार ८९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३८ महिला र ५१ जना पुरुष छन् । मोरङमा ४४, सुनसरीमा २९, झापामा ७, इलाममा ४, पाँचथर र उदयपुरमा १÷१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा शुक्रबार २९ जनामा संक्रमित थपिएका छन् । १३ महिला र १६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको कटहरीमा ५ महिला १ पुरुष, सुन्दरहरैचामा ३ महिला ३ पुरुष, धनपालथानमा २ र सुनबर्षीमा १ पुरुषमा संक्रमण पुष्टी भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको दुहवीमा २ महिला १२ पुरुष, इटहरीमा १ महिला ४ पुरुष, बर्जुमा २ महिला २ पुरुष, देवानगञ्जमा १ पुरुष, कोशी गाउँपालिकामा १ पुरुष, धरान, इनरुवा, गढी र बराहक्षेत्रमा १÷१ महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।

झापाको मेचीनगरमा ३ महिला १ पुरुष, विर्तामोडमा १ महिला १ पुरुष, दमकमा १ पुरुष, इलामको सन्दकपुरमा २ महिला २ पुरुष, पाँचथरको फिदिम र उदयपुरको त्रियुगामा १–१ पुरुष, सर्लाहीका २ महिला र सिरहाका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ४८६ पुगेको छ ।

प्रदेश १ मा आज ६९ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट ४९, वीजनरल अस्पताल हरिनगर सुनसरीबाट १३ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकामा मोरङका २९, सुनसरीका २५, झापाका ११, इलामका ३ र धनकुटाका १ जना रहेका छन् । प्रदेश १ मा शुक्रबारसम्म १ हजार २ सय २४ जना डिस्चार्ज भएका छन् ।

सम्बन्धित समाचार

१५ भारतीय मुस्लिम किशोर लुकेर बसेको अवस्थामा फेला

महोत्तरी जिल्लाको एक गाउँको एक घरमा सोमबार १५ भारतीय किशोर लुकेर बसेको अवस्थामा फेला परेका छन् । कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमणबाट बच्न तथा बचाउन नेपाल सरकारले लकडाउन गर्दै सीमानाकासमेत बन्द गरेको अवस्थामा १५ किशोर...

पत्रकारमाथि कुटपिट गर्ने मेयर र कर्मचारीविरुद्ध अझै कारबाही भएन

जनकपुर, पुस २५–धनुषामा पत्रकारमाथि कुटपिट भएको चार दिन बितिसक्दा पनि कारबाहीको प्रक्रिया अघि बढेको छैन । नगरपालिकाका कर्मचारीले मेयरकै अगाडी आधा दर्जन पत्रकारहरूलाई हातपात गर्दै कार्यालयको कम्पाउण्डसम्म लगेका थिए । प्रहरीले पहिलो दिन नै नगरपालिकाबाट...

पूर्वमुख्यमन्त्री केदार कार्कीको अनसन दोस्रो दिन पनि जारी

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सुरु गरेको आमरण अनशन दोस्रो दिन बुधबार पनि जारी छ । विभिन्न ९ बुद्धे माग राख्दै विराटनगरको देवकोटा चोकमा उनी अनशनमा बसेका छन् । अनशनस्थलमा केही समर्थकहरु पनि...

स्वास्थ्यकर्मीको हौसलाका लागि दीप प्रज्वलन

काठमाडौं, २५ वैशाख-कोरोना भाइरस (कोभिड १९) रोकथामको अग्रभागमा खटिएकाहरुको हौसलाका लागि स्वास्थ्य सेवा विभागले दीप प्रज्वलन गरेको छ । बिहीबार साँझ बुद्ध जयन्तीको अवसरमा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठको उपस्थितिमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको हौसलाका लागि दीप प्रज्वलन...

अक्सिजन ल्याउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारबाही हुने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारबाही गर्ने भएको छ । मन्त्रालयले सूचना जारी गर्दै अक्सिजन जस्तो अत्यावश्यक विषय बिरामी वा आफन्तलाई नै लिएर आउनू भन्नै नहुनेमा कहीँकतै यस्तो गर्ने...

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत

काठमाडौं, ३१ भदौ-नेपाल आयल निगमले पेट्रोलको मूल्य यथावत राख्दै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक/एक रुपैयाँ घटाएको छ । निगमले बुधबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य समायोजन गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए...

युवा दिवसमा बुद्धिचाल प्रतियोगिता, बुढानिलकण्ठका आयुषले जिते उपाधि

विराटनगर । विराटनगर महानगर विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि विराटनगरस्थित बुढानिलकण्ठ माध्यमिक अंग्रेजी विद्यालयका आयुष शर्माले जितेका छन् । विराट बुद्ध स्पोर्टिङ्ग क्लबले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सगरमाथा स्कुलमा सोमबार आयोजना गरेको प्रतिोगितामा २६ जना प्रतियोगिहरुलाई...

विश्व मुख स्वास्थ्य दिवसमा विराटनगरमा प्रभातफेरी (फोटो फिचर)

विराटनगर । विश्व मुख स्वास्थ्य दिवसको अवसर पारेर विराटनगरमा सचेतना मुलक प्रभातफेरी निकालिएको छ । नेपाल डेन्टल एसोसिएसन मोरङले विराटनगरमा बुधबार विहान प्रभातफेरी निकालेको हो । डेन्टल एसोसिएसनले मुखलाई स्वास्थ्य जागरुकता फैलाउने उद्देश्यले सचेतना मुलक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्