पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३६४ कोरोना संक्रमित थपिए, ६२८ डिस्चार्ज - News Birat

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३६४ कोरोना संक्रमित थपिए, ६२८ डिस्चार्ज

न्यूज विराट

विराटनगर, २४ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ६३, सुनसरीमा ८६, झापामा ६६, उदयपुरमा १३, धनकुटामा पाँच, पाँचथरमा चार, इलाममा तीन, संखुवासभा, तेह्रथुम, भोजपुर र खोटाङमा दुई÷दुई, ओखलढुङ्गामा एक र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा ९६ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४० महिला र ५६ पुरुष रहेका छन् । मोरङको सुन्दरहरैचामा १८, उर्लाबारीमा १४, रतुवामाई, बेलबारी र बुढीगंगामा पाँच÷पाँच, रंगेली, कानेपोखरी र ग्रामथानमा तीन÷तीन, कटहरीमा २, सुनबर्षी, जहदा, पथरीशनिश्चरे, केराबारी र लेटाङमा एक÷एक र स्थानीय तह नखुलेका चार जनाको रिपोर्ट पाजिटिभ आएको छ । सुनसरीको धरानमा ३४, इटहरीमा ३२, इनरुवामा १०, रामधुनीमा तीन, बराहक्षेत्रमा दुई, हरिनगर, देवानगञ्ज, बर्जु, दुहवी र कोशी गाउँपालिकामा एक÷एक जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको दमकमा २१, विर्तामोडमा १२, गौरादहमा छ, बुद्धशान्ति, मेचीनगर र कचनकवलमा तीन÷तीन, कनकाई र अर्जुनधारामा दुई÷दुई, शिवसताक्षी, गौरीगञ्ज, हल्दिबारी , भद्रपुर र कमल गाउँपालिकामा एक÷एक १ र स्थानीय तह नखुलेका नौ जनाको रिपोर्ट पोजिटिट आएको छ ।

उदयपुरको त्रियुगामा नौ, चौदण्डीगढीमा तीन र कटारीमा एक, धनकुटाको धनकुटा नगरपालिकामा दुई, महालक्ष्मी, पाख्रीबास र स्थानीय तह नखुलेका एक÷एक, पाँचथरको फिदिममा तीन र मिक्लाजुङमा एक ,इलामको चुलाचुलीमा दुई र सुर्योदयमा एक, संखुवासभाको खाँदबारी र सिलिचोङमा एक÷एक, तेह्रथुमको म्याङलुङ र स्थानीय तह नखुलेका एक÷एक, भोजपुरको भोजपुर र आमचोकमा एक÷एक, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी र बराहपोखरीमा एक÷एक, ओखलढुङ्गामा एक र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २२ हजार १ सय ९८ पुगेको छ ।

प्रदेश १ मा आज ६ सय २८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ६ सय १७, न्युरो अस्पतालबाट १० र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एक जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ८ सय १ पुगेको छ । प्रदेश १ मा सोमबार १ हजार ५ सय ४४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय ४४ महिला र २ सय २० पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । हालसम्म १ लाख ७२ हजार ४ सय ९५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles