निको भएर घर फर्किइन नेपालकी दोस्रो कोरोना संक्रमित

 न्यूज विराट
निको भएर घर फर्किइन नेपालकी दोस्रो कोरोना संक्रमित

काठमाडौं, ६ वैशाख-कोरोना भाइरस संक्रमण पुष्टि भएपछि टेकु अस्पताल भर्ना भएकी नेपालकी दोस्रो संक्रमित युवती डिस्चार्ज भएकी छन् ।फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि गत १० चैतमा टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल भर्ना गरिएको थियो ।

उनी पूर्ण रुपमा निको भएर आज घर फर्किएको अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले बताए । कतार एयरवेजको क्यूआर ६५२ को जहाजमा गत ४ चैतमा कतारबाट काठमाडौं आइपुगेकी ती युवती होम क्वारेन्टाइनमा बसेकी थिइन् ।

उनीसँगै आएकी एक बिदेशी साथीलाइ कोरोना संक्रमण भएपछि उनी अस्पताल पुगेकी थिइन् । अस्पतालले काेराेना संक्रमण पुष्टि गरेको २७औं दिन उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । यसअघि कोरोनाबाट संक्रमित अर्का एक युवक निको भइसकेका छन् ।

सम्बन्धित समाचार

दुईवटा मोटरसाइकल जुध्दा २२ वर्षीष युवकको मृत्यु

रौतहट, ५ वैशाख । राैतहटमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । देवाहीगोनाही नगरपालिका-४ ईमलियाटोल र पटेलचौकबीच सडकमा दुईवटा मोटरसाइकल आपसमा जुध्दा एक युवकको मृत्यु भएको हाे  । बिआर ०५ एच १६८६ नम्बरको मोटरसाइकल र...

नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

काठमाडौं, २२ वैशाख-नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ । वर्षाका कारण माथिबाट पहिरो आएर सो सडकखण्ड पूर्णरुपमा अवरुद्ध  भएको थियो । अवरुद्ध भएको सो सडकखण्ड ४० मिनेटपछि एकतर्फी रुपमा सञ्चालनमा आएको र थप पहिरो...

मोरङमा यात्रु सहायता कक्ष १० ठाउँमा संचालन

विराटनगर । मोरङमा चाडपर्वलाई लक्षित गरेर यात्रु सायहता कक्ष संचालनमा ल्याएको छ । चाडपर्वलाई लक्षित गरी विराटनगरमा मंगलबार ‘यात्रु सहायता कक्ष’ स्थापना गरेर संचालनमा ल्याइएको छ । विराटनगर महानगरपालिका–११ बसपार्कमा स्थापना गरिएको ‘यात्रु सहायता कक्ष’को...

एकैपटक ६० सहसचिवको सरुवा, १६ जिल्लामा नयाँ सीडीओ

काठमाडौं, माघ २०–सरकारले एकैपटक ६० जना सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ भने १६ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरिएका छन् । गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट १७ सहसचिव र १८ जना उपसचिवको सरुवा तथा...

विराटनगरबाट वैदेशिक रोजगारीमा जाने ११ प्रतिशतसित मात्रै सीप

विराटनगर । विराटनगर महानगरपालिका सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत महानगरपालिकाका विषयगत शाखाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको उपस्थितिमा सामीले गरेको अन्तरक्रियामा सामी हेल्भेटास नेपालका डीएन चौधरीले नेपालमा वैदेशिक रोजगारीको वर्तमान अवस्थासहित...

कांग्रेसकाे प्रदेशसभा क्षेत्रीय अधिवेशन आज

काठमाडौं, ३ मंसिर । नेपाली कांग्रेसले पहिलाेपल्ट प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्दै छ । पार्टीकाे १४औँ महाधिवेनअन्तर्गत आजदेखि प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरु हुन लागेकाे हाे । स्थानीय तहकाे अधिवेशन भएका जिल्लामा आज प्रदेशसभा क्षेत्रीय अधिवेशन हुने कांग्रेसकाे केन्द्रीय निर्वाचन समितिले...

विराटनगरको आरोहण गुरुकुलमा नाटक ‘सन्ध्या’ मञ्चन हुँदै

विराटनगर, ८ माघ । आरोहण गुरुकुल विराटनगरमा भोलिदेखि नाटक ‘सन्ध्या’ मञ्चन हुने भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा माघ १३ गतेसम्म दैनिक दिउँसो ३ बजे नाटक मञ्चन हुनेछ । सरकारले निर्धारण गरेका स्वास्थ्य सुरक्षाका...

विमानस्थलबाट नेपालीसहित ६०० यात्रु बोकेर उडे कतारका २ विमान

शनिबार १० बजे र ११ बजे काठमाडौंमा ल्याण्ड गरेका कतार एयरका दुई बिमानले केही नेपाली सहित ६ सय ६ जना यात्रु बोकेर बाहिरिएका छन् । ३ सय ५ सिटे क्षेमताका दुबै जहाजर फूल प्यासेन्जर बोकेर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्