प्रतिनिधिसभा विघटनबारे आजदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ

 न्यूज विराट
प्रतिनिधिसभा विघटनबारे आजदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ

काठमाडौं, २२ पुस-प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा आजदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर बहस हुँदैछ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, अधिवक्ता दिनेश त्रिपाठी, लोकेन्द्र ओलीसहित करिब १ दर्जन रिट परेका छन् ।

प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको भन्दै परेको रिटमा यसअघि सुनुवाई गर्दै सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुखलाई लिखित जवाफ माग गरेको थियो ।

अदालतको आदेश अनुसार राष्ट्रपति, प्रधानमन्त्री र सभामुखले लिखित जवाफ पेश गरिसकेपछि अब निरन्तर बहस हुने भएको हो । प्रनिनिधिसभा विघटनविरुद्ध सुनुवाईका लागि गठिन संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी सदस्य छन् ।

पक्ष र विपक्षका वकिलहरुको बहसपछि यस मुद्दामा अदालतलाई सहयोग गर्नका लागि एमिकस क्युरी समेत गठन गरिएको छ । एमिकस क्युरीमा वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक संग्रौला रहेका छन् ।

सम्बन्धित समाचार

शहीद सप्ताह सुरु

काठमाडौं, माघ १०–आजबाट शहीद सप्ताह सुरु भएको छ । मुलुकमा भएका राजनीतिक आन्दोलनका क्रममा जीवनको बलिदान गरेकाहरूको सम्झनामा शहीद सप्ताह मनाउने गरिन्छ । शहीदहरूको सम्झनामा प्रत्येक वर्ष १० माघदेखि १६ सम्म मनाउने गरिन्छ । राणा...

आज ५ वटा उडानबाट यूएईमा समस्यामा परेका नेपालीको उद्धार गरिँदै

काठमाडौं, १ साउन-आज यूएईबाट ५ वटा उडानमार्फत कोरोना भाइरसको महामारीका कारण अलपत्र परेका नेपालीलाई उद्धार गरेर नेपाल ल्याइँदै छ । दुबईबाट नेपाली लिएर आएको नेपाल एयरलाइन्सको एउटा जहाज केही बेरअघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण...

जहदा–४ मा वडाअध्यक्ष गिरिले सुरु गरे राहत वितरण

विराटनगर, चैत २५–मोरङको जहदा गाउँपालिका–४ का लकडाउन प्रभावितलाई राहत वितरण कार्य सुरु भएको छ । गाउँपालिका र वडा कार्यालयको आर्थिक सहयोगमा राहतस्वप खाद्यन्न वितरण कार्य सुरु भएको हो । वडा कार्यालय ४ मा आज आयोजित...

झापाका चोकबजार सुनसान

विराटनगर, चैत ११–लकडाउन शुरु भएसँगै झापाका बजार चोकहरु समेत सुनसान बनेका छन् । लकडाउन सुरू भएसंगै बिहानै देखि अस्तब्यस्त हुने झापाका बजारहरु, राजमार्ग, चोक तथा सार्वजनिक स्थलहरू सुनसान भएका छन् । झापाका मुख्य शहरहरु बिर्तामोड,...

राष्ट्रिय अनुसन्धान परिषद र मनमोहन प्राविधिक विश्वविद्यालयबिच सम्झौता

विराटनगर, २७ असोज–मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान परिषद्वीच सम्झौता भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको सक्रियतामा अनलाईन मार्फत विश्वविद्यालयका प्रमुख डा.सुवास श्री पोखरेल र परिषद्का अध्यक्ष डा. महावीर पुन वीच सम्झौता भएको...

सप्तरीमा ४९ वर्षीय पुरुष संक्रमितको घरमै मृत्यु

सप्तरी, ६ असोज-सप्तरीमा कोरोना भाइरस संक्रमित विष्णुपुर गाउँपालिका- १ का ४९ वर्षीय पुरुषको घरमै मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीले उनको मृत्यु फरकफरक अस्पतालमा भएको जनाए पनि मृतकका परिवारका सदस्यले घरमै मृत्यु भएको स्पष्ट...

बंगलादेशमा भएको विस्फोटनमा परी सातको मृत्यु, ५० घाइते

एजेन्सी, १४ असार ।बंगलादेशमा भएको विस्फोटनको घटनामा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ भने अरु ५० जना घाइते भएका छन् । व्यावसायिक भवनमा आइतबार ठूलो विस्फोटन भएपछि भवन भत्किएर घटना भएको अधिकारीहरूले जानकारी दिएका छन्...

पछिल्लो २४ घण्टामा देशभर ५२२ संक्रमित थपिए

विराटनगर, २१ पुस-पछिल्लो २४ घण्टामा देशभर ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा ४ हजार ५५१ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ५७ हजार ४...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्