पूर्वमुख्यमन्त्रीको हैसियतमा सरकारी सुविधा नलिने पृथ्वी सुब्बाको घोषणा

 न्यूज विराट
पूर्वमुख्यमन्त्रीको हैसियतमा सरकारी सुविधा नलिने पृथ्वी सुब्बाको घोषणा

काठमाडौं, असार १ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतमा सुविधा नलिने घोषणा गर्नुभएको छ । गुरुङको सचिवालयल अनुसार गुरुङले प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतबाटै जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्नुहुने छ। गुरुङले नवगठित सरकारले जनताको सुविधामा ध्यान देओस् भन्ने एकमात्रै चाहना रहेको प्रष्ट पार्नुभएको छ ।

गण्डकी प्रदेश सरकार मन्त्रीपरिषदले गरेको निर्णय पूर्व मुख्यमन्त्रीलाई सुविधा दिने कानुन बनाउने समाचारबाट धेरैमा भ्रम पर्न गएको छ। माननीय पृथ्वीसुब्बा गुरुङ प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतबाटै जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्नुहुन्छ। उहाँलाई पूर्वमुख्यमन्त्रीको हैसियतका नाममा कुनै सुविधा लिने एक रत्ति पनि इच्छा छैन। उहाँले त्यस्तो सुविधा लिनु हुने छैन।’

गुरुङको सचिवालयले भनेको छ, ‘नवगठित सरकारले जनताको सुविधामा ध्यान देओस् भन्ने एकमात्रै चाहना माननीय पृथ्वीसुब्बा गुरुङज्यूको रहेको प्रष्ट गर्दछु।’ मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आइतबार बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय भएको थियो । पहिलो बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिन ऐन ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले जानकारी दिनुभएको थियो । सो विषय बाहिरिएसँगै गण्डकीका मुख्यमन्त्री पोखरेलको आलोचना सुरु भएको छ। यस्ता निर्णयले प्रदेश सरकार सुविधाभोगी भएको टिप्पणी हुन थालेको छ।

सम्बन्धित समाचार

आज प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज बिहान बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

भोजपुर अस्पतालको प्रसुती सेवा ७ महिना पछि पुनः सुचारु

भोजपुर, फागुन १६–कर्मचारी अभावमा भोजपुरमा रहेको एक मात्र जिल्ला अस्पतालमा गत श्रावण महिनाबाट बन्द भएकोे शल्यक्रियाबाट गरिने प्रसुती सेवा सात महिना पछि पुनः सुचारु भएको छ । जिल्ला अस्पतालमा कार्यरत एनेस्थेटिक सहायक सुरेश थापा कर्मचारी...

मनकामना केबलकार दसैँमा दुई दिन बन्द

मुग्लिन, २८ असोज-मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो । केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको...

कोरोना भाइरसविरुद्ध मिलेर लडौँः मोदी

काठमाडौं, चैत २–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरतामा अहिले सार्कमा आवद्ध मुलुकका सरकार प्रमुख भिडियो कन्फ्रेन्सिङ मार्फत छलफल गरेका छन् । छलफल कार्यक्रम मोदीले नै सञ्चालन गरेका छन् । सम्बोधनका क्रममा मोदीले कोरोना भाइरसविरूद्ध मिलेर अघि...

२० लाखसम्मको कारोबार गर्ने उद्योगीलाई आयकरमा ७५ प्रतिशत छुट

काठमाडौं, १५ जेठ-सरकारले वार्षिक २० लाखसम्म कारोबार गर्ने साना तथा घरेलु उद्योगी व्यवसायीहरूलाई आयकरमा ७५ प्रतिशत छुट दिने भएको छ । आगामी आर्थिक वर्ष ०७७/०७८ को अनुमानित आय व्यय (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज...

‘सुदर्शन–कपिला सिरपा’ नेवा खल : कास्कीलाई २ चैतमा प्रदान गरिदै, सांस्कृतिक स्मारिका समेत विमोचन हुने

विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः) ले यस पटकको ‘सुदर्शन–कपिला सिरपा’ नेवा खलः कास्कीलाई प्रदान गर्ने भएको छ । विराटनगरस्थित होटल स्वागतमा चैत २ गते भव्य कार्यक्रम आयोजना गरी २ लाख रुपैयाँ...

समाद–२ गिती भिडियो एल्बम विराटनगरमा लोकार्पण

विराटनगर, २४ माघ । राजवंशी चलचित्रकर्मी समाद समितिले समाद–२ नामक गिती भिडियो एल्बम लोकार्पण गरेको छ । विराटनगरमा शनिबार आयोजित कार्यक्रमकाबीच विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले समाद २ को लोकार्पण गरे । समाद समितिले निर्माण...

नागरिकता शंसोधन विधेयक विरुद्ध जसपा मोरङले विरोधसभा गर्ने

विराटनगर, असार १२-नागरिकता ऐनलाई शंसोधन गर्न बनेको विधेयकविरुद्ध जनता समाजवादी पार्टी मोरङले प्रदर्शन गर्ने भएको छ । नेता मो. कादीर र राजकुमार यादवको अध्यक्षमा शुक्रबार विराटनगरमा बसेको जसपा मोरङको बैठकले संशोधन ऐन विरुद्ध प्रलर्शन गर्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्