प्रचण्ड–माधव समूहले बोलायो संसदीय दलको बैठक, अविश्वासको प्रस्तावमाथि छलफल हुने - News Birat

प्रचण्ड–माधव समूहले बोलायो संसदीय दलको बैठक, अविश्वासको प्रस्तावमाथि छलफल हुने

न्यूज विराट

नेकपा प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री केपी ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफलका लागि संसदीय दलको बैठक बोलाइएको प्रचण्ड–माधव समूहकी नेतृ पम्फा भुसालले जानकारी दिइन् ।

भुसालका अनुसार दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाइएको छ । प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्ड–माधव समूहले यसअघि नै अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । सो प्रस्ताव अघि बढाउने या फिर्ता लिएर अर्काे प्रक्रियामा अघि बढ्ने भन्ने विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles