श्रमिकको तलब २५ हजार पुर्‍याउन माग राख्दै सडकमा ट्रेड युनियन

 न्यूज विराट
श्रमिकको तलब २५ हजार पुर्‍याउन माग राख्दै सडकमा ट्रेड युनियन

विराटनगर । संयूक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) कोशी प्रदेशले श्रमिकको न्यूनतम तलब मासिक २५ हजार पुर्‍याउन माग गर्दै सडक आन्दोलनको कार्यक्रम सुरु गरेको छ ।

सरकारले तोकेको न्यूनतम पारिश्रमिकले श्रमिकको सामान्य जीवनयापनसमेत नचल्ने अवस्था आएको भन्दै उनीहरूले विराटनगरमा बिहीबार प्रर्दशन गरेका हुन् ।

आकासिँदो महँगीको अवस्थामा श्रमिकहरूको जीवनयापन नै कठिन बनेको भन्दै न्यूनतम पारिश्रमिक २५ हजार पु¥याउन रोजगारदाता र सरकारको ध्यानाकर्षण गराउँदै प्रर्दशनमा उत्रिएको जेटियुसीसी तथा जिफन्ट कोशी प्रदेशका अध्यक्ष किशोर धमलाले बताए । हाल सरकारले तोकेको श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँमात्रै छ । श्रमिकले दैनिक ५ सय ७७ रुपैयाँ र प्रतिघण्टा ७७ रुपैयाँ न्यूनतम पारिश्रमिक पाउँदै आएका छन् । श्रमिकले न्यूनतम पारिश्रमिक ९ हजार ३८५ मा महँगी भत्ता ५६१५ थप गरी १५ हजार रुपैयाँ पाउँछन् । यसका अतिरिक्त श्रम ऐनअनुसार सञ्चयकोष, उपदानसहितका सुविधा पनि उद्योग, प्रतिष्ठानले उपलब्ध गराउनुपर्ने हुन्छ । यही पारिश्रमिकसमेत कतिपय रोजगारदाताले लागू गरेका छैनन् ।

‘सरकारले कार्यालय सहयोगीलाई समेत मासिक २६ हजार रुपैयाँ तलब दिएको छ । तर यस्तो कहालीलाग्दो मूल्यवृद्धि र महँगीको अवस्थामा पनि श्रमिकलाई भने मासिक १५ हजार रुपैयाँमात्रै दिएर उसको जीवनयापन कसरी हुन्छ भनेर नसोच्नु गम्भीर छ,’ अध्यक्ष धमलाले भने, ‘विशेषतः अनौपचारिक र उत्पादन क्षेत्रमा संलग्न लाखौं श्रमिकलाई बजार मूल्यवृद्धिको दाँजोमा अव्यवहारिक पारिश्रमिक दिइएको छ । यसरी मुलुकको उत्पादकत्व वृद्धि हुन सक्दैन, न त देशलाई नै समृद्ध बनाउन सकिन्छ ।’

उनले देशका सबै क्षेत्रमा कार्यरत श्रमिकहरूको पारिश्रमिकमा एकरुपता ल्याउने गरी मासिक पारिश्रमिक कम्तीमा २५ हजार रुपैयाँ निर्धारण गर्न सरकारलाई दवावपूर्णरुपमा आग्रह गरिएको बताए । ‘नेपालको श्रम ऐन, २०७४ मा व्यवस्था भएअनुसार प्रत्येक २÷२ वर्षमा त्रिपक्षीय सहमतिका आधारमा श्रमजीवीहरुको न्यूनतम पारिश्रमिक निर्धारण गरी लागू गर्नुपर्ने हुन्छ । यही व्यवस्थाबमोजिम २०८० आषाढ मसान्तमा त्रिपक्षको आधारमा न्यूनतम पारिश्रमिक निर्धारण गरी साउनदेखि लागू गर्नुपर्नेमा सरकार, रोजगारदाता र ट्रेड युनियनबीच पटक–पटक छलफल हुँदा पनि सहमतिमा पुग्न नसकेको अवस्था छ,’ उनले भने, ‘हामी सरकारलाई परिस्थिति सुहाउँदो हुने गरी पारिश्रमिक निर्धारण गर्न आग्रह गर्दछौं ।’

श्रमिकहरुको पारिश्रीमक वृद्धी नगरे कोशी प्रदेशमा चरणबद्ध रुपमा आन्दोलनमा उत्रिने उनीहरुले चेतवनी समेत दिएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय उपमहासचिवमा ओपेन्द्र कुमार रायले सम्पूर्ण क्षेत्रको श्रमिकहरुको पारिश्रमिक अविलम्म वृद्धि गरिनुपर्ने बताए । ‘यदी श्रमिकको तलव वृद्धी नगरे आन्दोलनमा उत्रिन बाध्य हुनेछौं,’ उनले भने । जिटियुसीसी कोशी प्रदेशले श्रम डेक्सको स्थापना, श्रमिक पञ्जीकरण, श्रम आयोगको गठनको पनि माग राखेको छ ।

नेपाली काँग्रेस निकट ट्रेड युनियन काँग्रेस कोसी प्रदेशका अध्यक्ष नारायण बाबु कार्की, ट्रेड युनियन काँग्रेस मोरङ अध्यक्ष सुशील कोइराला, नेपाल ट्रेड युनियन महासङ्घ जिफन्ट कोसी प्रदेशका अध्यक्ष किशोर धमलाको नेतृत्वमा प्रदर्शन भएको हो । उनीहरुले न्यूनतम ज्याला २५ हजार मासिक हुनु पर्ने माग राखेका छन् ।

सम्बन्धित समाचार

विराटनगरमा शिक्षाका लागि संगीत कार्यक्रम सुरू

विराटनगर । मन्जिना मुभिज क्रीयसनको आयोजनामा शिक्षाका लागि संगीत कार्यक्रम सुरु भएको छ । हरेक बर्ष आयोजना गरिने लक्ष्यका साथ उक्त कार्यक्रम सुरु भएको हो । विराटनगरको सरस्वती माविमा शुक्रबार संगीतिक कार्यक्रम आयोजना गरी यो...

मिल्स क्रिकेट प्रतियोगिता : दिल्ली र काठमाण्डौं क्रिकेट क्लब विजयी

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा दिल्ली युनाईटेड क्रिकेट क्लब र ओसिस काठमाण्डौ क्रिकेट क्लबले विजय सुरूवात गरेको छ । विराटनगर जुट मिलको खेलमैदानमा सोमबार भएको पहिलो खेलमा विरगन्ज युथ क्रिकेट क्लबलाई...

विराटनगरमा लागूऔषध सहित एक जना पक्राउ

विराटनगर, ७ असोज । बिराटनगर महानगरपालिका १६ दरैया स्थितमाबाट एक जनलाई लागूऔषध सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी १३ का २३ बर्षीय सुशिल श्रेष्ठ रहेका छन्  । हिजो बेलुका ५ बजे ईलाका प्रहरी...

प्रदेश १ मा ५ सय वेड थपिँदै

विराटनगर, २५ कात्तिक–प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारका लागि ५ वेड थप गर्ने तयारी गरेको छ । प्रदेशभरि अक्सिजन, आईसियु र भेन्टिलेटर सहितका वेड थप गर्ने सरकारले तयारी गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए...

जनता समाजवादी एकताको श्रेय लिनेको होडबाजी 

जनकपुर, २८ असार-निर्वाचन आयोगले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई बनेको जनता समाजवादी पार्टी (जसपा) नेपाललाई दल दर्ता प्रमाण पत्र दिएपछि औपचारिक रुपले दुई दल एक बनेका छन् । दुबै दल एक...

जीवा लामिछानेको नियात्रासंग्रह ‘देश देशावर’ सार्वजनिक

काठमाडौं, ४ मंसिर-गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष एवं उद्यमी जीवा लामिछानेको नियात्रासंग्रह ‘देश देशावर’ सार्वजनिक भएको छ । विश्वव्यापी रूपमा बढ्दो कोभिड–१९ को संक्रमणका कारण कुनै औपचारिक कार्यक्रम नगरी भिडियोमार्फत बिहीबार पुस्तक सार्वजनिक गरिएको हो...

संजीवनी हस्पिटलका संचालक दिवाकर यादव बलात्कार अभियोगमा पक्राउ

विराटनगर । विराटनगरको हस्पिटल चोकस्थित संजीवनी हस्पिटल एण्ड आईभिएफ सेन्टर प्रा.लिका संचालक ३३ वर्षीय दिवाकर यादव जवरजस्ती करणी मुद्दामा पक्राउ परेका छन् । सुनसरीको औरावनी घर भइ विराटनगर २ मा बस्दै आएका यादवले २७ वर्षीय...

सेनाको हेलिकाेप्टर लिएर सशस्त्र प्रहरी कालापानी जाँदै

काठमाडौं, २९ वैशाख-दार्चुलाको कालापानी सीमाक्षेत्रमा सशस्त्र प्रहरीको टोली जाने भएको छ । दार्चुलाको व्यास गाउँपालिका– १, छाङ्गरुमा सशस्त्रको आउट बोर्डर पोस्ट (बीओपी) राख्ने गरेर सशस्त्र प्रहरीको टोली बुधबारसम्ममा कालापानी सीमा सुरक्षाका लागि जान लागेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्