प्रदेश १ मा पीसीआर विधिबाट ३ सय ५५ नमुना परीक्षण

 न्यूज विराट
प्रदेश १ मा पीसीआर विधिबाट ३ सय ५५ नमुना परीक्षण

विराटनगर, ५ वैशाख-प्रदेश १ मा शुक्रबारसम्म पीसीआर विधिबाट ३ सय ५५ जनामा कोरोना भाइरस (कोभिड-१९) परीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कका अनुसार ६७ महिला र २ सय ८८ पुरुषको नमूना परीक्षण भएको हो । जसमध्ये ५१ महिला र २ सय ४४ पुरुष गरी जम्मा २ सय ९५ जनाको नमूना नेगेटिभ आएको छ ।

द्रुत परीक्षण विधि (र्‍यापिड डाइग्नोष्टिक टेस्ट) बाट शुक्रबारसम्म जम्मा १ हजार ९२ जनाको नमूना परीक्षण भएको छ । जसमा २ जनाको रिर्पोट पोजेटिभ देखिएको थियो ।

परीक्षण गर्दा बूढीगंगा गाउँपालिका मोरङमा होम क्वारेन्टाइनमा बसेकी महिलाको र्‍यापिड डाइग्नोष्टिक टेस्टमा पोजेटिभ देखिए पनि स्वाब पीसीआर विधिबाट ल्याबमा परीक्षण गर्दा नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको कोरोना सूचना डेस्कले जनाएको छ।

त्यस्तै, झापा हल्दीबारीका युवाको र्‍यापिड टेस्टमा पोजेटिभ आएको भए पनि कोसी अस्पतालमा पीसीआर टेस्टमा नेगेटिभ रिर्पोट आएको थियो । र्‍यापिड टेस्टबाट शुक्रबारसम्म जम्मा १ हजार ९० जनाको रिर्पोट नेगेटिभ आएको छ ।

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोसी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण हुँदै आएको छ । प्रदेश १ सरकारले जिल्लाका क्वारेन्टाइनमा राखिएका व्यक्तिहरूको नमूना परीक्षणलाई तीव्रता दिएको जनाएको छ ।

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या शुक्रबारसम्म कूल ५ सय ९५ जना छ । जसमा ६२ महिला र ५ सय ३३ पुरुष छन् । १३ महिला र ४९ पुरुष गरी जम्मा ६२ जना डिस्चार्ज भएका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा रहेका एक एक महिला र एक पुरुष डिस्चार्ज भएका छन् । शुक्रबारसम्म आइसोलेसनमा जम्मा १० जना बसिरहेका छन् ।

होम क्वारेन्टाइनमा जम्मा ४ हजार १९ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । क्वारेन्टाइनमा बस्नेमा महिला ६ सय ८१ र पुरुष ३ हजार ३ सय ३८ जना छन् ।

सम्बन्धित समाचार

‘लक डाउन’ मा धरान सुनसान

विराटनगर, चैत ११–सरकारले लकडाउनको घोषणा गरेसँगै सहरका सडकहरु सुनसान जस्तै देखिएका छन् । सडकमा अत्यवश्यक बाहेकका सवारी साधन देखिदैनन् भने हिड्डुल गर्ने सर्वसाधारण समेत कमै देखिन्छन्। धरानमा मंगलबार नेपाल प्रहरी र नगर प्रहरीले सर्वसाधारणलाई आवागमन...

६ हजार बढीले अवलोकन गर्दै सकियो तेस्रो नेवा : महोत्सव

विराटनगर । तेस्रो नेवा: महोत्सव तथा पर्यटन हाट सम्पन्न भएको छ । झी पुचः (नेपाल भाषा तथा संस्कृति संघ) को आयोजनामा विराटनगरस्थित झी पुचः परिसर भित्र भएको तेस्रो नेवाः महोत्सव शनिबार सम्पन्न भएको हो ।...

कटहरीमामा पनि खोल्यो एमालेले खाता, वडाध्यक्षमा राजवंशी विजयी

विराटनगर, ३१ वैशाख । प्रदेश १ को राजधानी विराटनगरसँगै सीमा जोडिएको मोरङको कटहरी–१ को वडाध्यक्षमा एमाले विजयी भएको छ । वडाध्यक्षमा हरी राजवंशी ८९४ मतसहित विजय भएका हुन् । सो वडाको वडाध्यक्ष एमालले जितेपनि अन्य...

आकस्मिक बाहेक सबै सेवा बन्द गर्न मेडिकल एसोसिएसनको आग्रह

विराटनगर, साउन १७–अस्पताल, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण बढिरहेको भन्दै नेपाल मेडिकल एशोसिएसन कोशीले आकस्मिक बाहेक सबै सेवा बन्द गरी घरबाटै सेवा दिन आग्रह गरेको छ । एशोसिएसनका अध्यक्ष फरवार्ड सिलवालले शनिबार प्रेस विज्ञप्ति...

कोरोना परीक्षण बुथ प्रदेश सरकारलाई हस्तान्तरण

विराटनगर, बैशाख २–कोरोना परीक्षणका लागि बुथ निर्माण गरी प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन), प्रदेश समितिले प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको छ । कोशी अस्पताल विराटनगरमा निर्माण गरिएको बुथ सामाजिक विकास मन्त्री जिवन घिमिरेलाई हस्तान्तरण गरिएको...

सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढ्यो

काठमाडौं, ३० भदौ । साताको चौथो दिन आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यमा आज छ...

अस्ट्रेलिया छैटौं पटक विश्वविजेता

विराटनगर । भारतलाई घरेलु मैदानमा स्तब्ध पार्दै अस्ट्रेलियाले आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधि जितेको छ। आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा १ लाख ३० हजार दर्शक सामू भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलिया...

झलनाथ र माधव एमालेको साधारण सदस्यबाटै निष्कासित

काठमाडौं । नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । स्थायी कमिटीको आज बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्