कोरोना परीक्षण बुथ प्रदेश सरकारलाई हस्तान्तरण

 न्यूज विराट
कोरोना परीक्षण बुथ प्रदेश सरकारलाई हस्तान्तरण

विराटनगर, बैशाख २–कोरोना परीक्षणका लागि बुथ निर्माण गरी प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन), प्रदेश समितिले प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको छ । कोशी अस्पताल विराटनगरमा निर्माण गरिएको बुथ सामाजिक विकास मन्त्री जिवन घिमिरेलाई हस्तान्तरण गरिएको हो ।

मन्त्री घिमिरेले कोरोनाबाट जुध्नका लागि विभिन्न उपायहरु अवलम्वन गर्ने क्रममा इन्जिनियरले निर्माण गरेको वुथ एउटा त्यसको उदाहरण भएको बताए । बुथको कोशी अस्पतालबाट एक विज्ञ टिम तयार गरि अध्ययन गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ बुथ प्रयोगका विषयमा टिका टिप्पणी नहोस् भन्नका लागि टिम तयार गरिएको हो ।’ विज्ञ टिमको अध्ययन प्रतिवेदन मन्त्रालयमा आउन बाँकी रहेको उनले बताए ।

प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल पिनका प्रदेश अध्यक्ष दिपक पौडेलले मन्त्री घिमिरेलाई बुथको चावी हस्तान्तरण गरेका थिए । चार फिट चौडाई र ८ फिट उचाईको प्रविधियुक्त बुथ प्रदेश १ कै उत्कृष्ट र प्रभावकारी रहेको पिन प्रदेश अध्यक्ष पौडेलको दाबी छ ।

सो बुथमा कोरोना भाईरसकाका शंकास्पद व्यक्तिको स्वाव संकलन गरिनेछ । बुथमा हाइब्रिड पावर प्रणाली, पूर्ण एयर टाइट र कीटाणुरहित भेन्टिलेसनलगायतको विशेषता रहेको छ ।

इन्जिनियर पवन झा, इन्जिनियर बिभास मिश्रा, इन्जिनियर बिक्रम केसी र इन्जिनियर सम्पूर्ण आचार्यले बुथ निर्माण गरेका हुन् । सामाजिक विकास मन्त्री घिमिरेले बुथको चावी कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्रालाई हस्तान्तरण गरेका छन् । कोशी अस्पतालमा गत शुक्रबार देखि कोरोनाका शंकास्पद व्यक्तिको नमूना संकलन सुरु भएको छ ।

सम्बन्धित समाचार

सकियो अपाङ्गता समावेशी रोजगार मेला

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको दुई दिने अपाङ्गता समावेशी रोजगार मेला सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १, राष्ट्रिय अपाङ्ग महासघं, करुणा फाउन्डेसन नेपाल,...

आजदेखि मुलुकभर ‘स्मार्ट लकडाउन’ कार्यविधि लागू

काठमाडौं, १ भदौ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सर्कुलरको आधारमा आजेखि मुलुकभर स्मार्ट लकडाउनको कार्यविधि लागू भएको छ । यही कार्यविधिको आधारमा जिल्ला प्रशासन कार्यालयहरुले स्थानीय निकायहरुमा स्मार्ट लकडाउनको आदेश लागू गर्न सक्नेछन् ।...

मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता, युनाइटेडलाई ६ गोल गर्दै हाटखोला सेमिफाइनलमा 

विराटनगर । विराटनगरमा जारी १ नं। प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप प्रतियोगितामा मर्निङ्ग भेट्रान्स क्लब हाटखोला सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा बिहीबार भएको खेलमा युनाईटेड भेट्रान्स क्लब विराटनगरलाई ६– २...

सरकारसँग पाँच बुँदे माग राख्दै भोलिदेखि सबै उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको निर्णय

काठमाडौं, ७ असार । वायुसेवा सञ्चालक संघले सबै उडान बन्द गर्ने निर्णय गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट भएका एकपक्षीय, स्वेच्छाचारी र अव्यवहारिक निर्णय फिर्ता तथा सुधारको माग गर्दै...

बागलुङबाट हेलिकोप्टरमार्फत् उद्धार गरी पोखरा ल्याएकी गर्भवतीको मृत्यु

बागलुङबाट हेलिकोप्टर चाटर्ड गरी पोखरा ल्याइएकी गर्भवती महिलाको अस्पालल नपुर्‍याउँदै  मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–१ की ३३ वर्षीया भीमा भुषाल पाण्डेलाई प्रसव व्यथाले च्यापेपछि हेलिकोप्टरबाट पोखरा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । प्रसव...

विराटनगरस्थित बाल गृहमा रहेका बालबालिकाहरुवीच बक्तृत्वकला

विराटनगर, २९ भदौ । प्रदेश १ का बाल गृहमा रहेका बालबालिकाहरुवीच प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा कोरोना संक्रमण : बालबालिकाको भोगाई र शिक्षामा असर विषयक प्रतियोगितामा...

काठमाडौं उपत्यकामा आज ३६३ जनामा कोरोना संक्रमण

बिहीबार काठमाडौं उपत्यकामा ३ सय ६३ जना कोरोना संक्रमित थपिएका छन् । १५२ महिला र २११ पुरुष गरी उपत्यकामा आज ३ सय ६३ संक्रमित थपिएका हुन् । देशभर आज ६ हजार ५ सय ८८ को पीसीआर...

आज विराटनगरमा ३२० कोरोना संक्रमित थपिए

विराटनगर, ६ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ६० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३९७ जनाको पीसीआर परीक्षण गर्दा ८४५ र ५६७ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्