भारतबाट चोरबाटो हुँदै नेपाल फर्कन लागेका ६ जना पक्राउ

 न्यूज विराट
भारतबाट चोरबाटो हुँदै नेपाल फर्कन लागेका ६ जना पक्राउ

सिरहा, ५ वैशाख-भारतबाट चोरबाटो हुँदै नेपाल फर्किदै गरेका ६ जनालाई पक्राउ गरी क्वारेन्टाइनमा पठाएको छ । सिरहाको औरही गाउँपालिकास्थित इटाटार नाका हुँदै नेपाल प्रवेश गर्न लागेका ६ जनालाई पक्राउ गरी क्वाइरेन्टाइन पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

भारतको विभिन्न शहरमा राजमिस्त्रीको काम गरी फर्किरहेका ६ जनालाई प्रहरीले भारतीय सीमामा पुगेर नियन्त्रणमा लिएर भारतको विहारस्थित मधुवनी जिल्लाको लदनियाँ थानालाई क्वारेन्टाइनमा राख्न जिम्मा लगाए पनि उनीहरु नेपाल आइपुगेका हुन् ।

हिरासतबाट फरार एक पक्राउ

प्रहरी हिरासतबाट फरार एक युवकलाई बिहीबार सिरहा प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुरपतारीको टोलीले प्रहरी हिरासतबाट फरार सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–३ निवासी ३३ वर्षीय सञ्जयकुमार यादवलाई पक्राउ गरेको हो । बहुविवाह मुद्दामा थुनामा रहेका यादव गत मंसिर १४ गते प्रहरी हिरासतबाट फरार भएका थिए । रासस

सम्बन्धित समाचार

विराटनगरको एचिभर्सले गर्यो भारतको पारूल युनिवर्सिटीसँग सम्झौता

विराटनगर । विराटनगर ९ स्थित अचिभर्स कन्सल्टिङ्ग सर्भिसेजले नेपाली विद्यार्थीको गुणस्तरीय शिक्षाको चाहनालाई साकार पार्न गुजरातको बरोडरा स्थित पारूल युनिवर्सिटीसँग सम्झौता गरेको छ । सोमबार एक कार्यक्रम आयोजना गरी दुई संस्थाबीच सम्झौता भएको हो ।...

इतिहास रच्दै फर्किइन् तेक्वान्दोकी सजिना, विराटनगरमा सम्मान

विराटनगर । अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा भाग लिन मलेसिया गएकी सजिना तामाङले दुई वटा पदक जितेकी छिन् ।मलेसियामा फागुन १७ देखि २० गतेसम्म भएको ‘ह¥याङ वाररिअर आईटीएफ तेक्वान्दो वल्र्ड च्याम्पियनसिप’ मा भोजपुरको षडानन्द नगरपालिका –...

बलात्कार मुद्दामा सन्दिप लामिछानेलाई सफाइ

विराटनगर । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौ‌ंले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्ने फैसला उल्ट्याएको छ। बुधबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएर सन्दीप लामिछानेलाई...

तस्करलाई सघाएको आरोपमा चार प्रहरी निलम्बित

जनकपुर, २२ जेठ-प्रहरीको मिलोमतोमा जनकपुर क्षेत्रका तस्करी भइरहेको आरोप लागिरहेका बेला प्रदेश २ का चार जना प्रहरी निलम्बनमा परेका छन् ।लकडाउनको समयमा तस्करलाई सघाएको पाइएपछि निलम्बन गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले बताए ।...

जसपालाई प्रचण्ड-नेपाल समूहको प्रस्ताव : ओलीको प्रतिगमन सच्चियो, अब मिलेर जाऔँ

नेकपाको प्रचण्ड-नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपाललाई मिलेर सरकार बनाउने प्रस्ताव गरेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि सत्ता समीकरणका लागि नेकपाको प्रचण्ड-नेपाल समूहले बिहीबार जसपाका शीर्ष नेताहरूसँग छलफल गरेको हो । छलफलमा...

एमाले महाधिवेशन: भारतीय कम्युनिष्ट पार्टीसहित विदेशी ६० पार्टीलाई निम्तो

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा अन्तर्राष्ट्रियस्तरका करिब ६० पार्टीलाई निमन्त्रणा गरिएको छ । एमालेको महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय यात्रा गर्ने कुरा त्यति सहज नभएको अवस्थामा महाधिवेशनमा...

लडकडाउनमा कडाइ गरेपछि मोरङको रंगेलीमा प्रहरी र स्थानीयबिच झडप

विराटनगर, भदौ ३-लकडाउनमा कडाई गरेपछि मोरङको रंगेलीमा प्रहरी र स्थानयबिच झडप भएको छ । रंगेलीको वडा नं. ५ स्थित आमगाछीमा स्थानीयले लकडाउन उल्लंघन गर्दै बजार पशल खोलेपछि प्रहरीले कडाई गर्दा झडप भएको हो । रंगेलीमा...

रामप्रसाद रेग्मीको ११८ औं जन्मजयन्ति मनाइयो

विराटनगर । रामप्रसाद रेग्मीको ११८ औं जन्मजयन्ति बिभिन्न कार्यक्रम गरी मनाएको छ । रामप्रसाद–जमुना रेग्मी स्मृति प्रतिष्ठान विराटनगर–४ मा विभिन्न कार्यक्रम आयोजना गरी जन्मजयन्ति मनाएको हो ।संस्थाका प्रमुख संरक्षक बिश्वराज रेग्मीको अध्यक्ष्यतामा भएको कार्यक्रमको उद्घाघटन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्