शोकमा बदलियो उत्सव, ३ को मृत्यु, २८ मा कोरोना संक्रमण

 न्यूज विराट
शोकमा बदलियो उत्सव, ३ को मृत्यु, २८ मा कोरोना संक्रमण

एजेन्सी, बैशाख ५-ब्राजिलमा एक परिवारको उत्सव त्यसबेला शोकमा बदलियो जब पार्टीमा सामेल भएका तीन जनाको मृत्यु भयो भने १० जनामा कोरोना संक्रमण देखियो ।

सायद एउटा जन्मदिनको पार्टीले यस्तो घटना निम्त्याउन सक्छ भन्ने कसैले पनि सोचेका थिएनन् । तर पार्टीमा संलग्न सबै सदस्य अब कोरोना संक्रमित बनेका छन् ।

ब्राजिलको साओ पाउलोमा एक जन्मदिनको पार्टीमा सामेल भएका २८ जनामध्ये तीन जनाको मृत्यु भएको छ भने अन्य सदस्यको जीवन खतरामा परेको छ ।

मृत्यु हुने तीन जना एकै परिवारका सदस्य हुन् । यद्यपि प्रशासनले भने एक जनाको मात्रै कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको जनाएको छ ।

१३ मार्चमा साओ पाउलोको इटापेर्सिया डे सेरा इलाकामा पार्टी भएको थियो । ब्राजिलको स्वास्थ्यमन्त्रालयका अनुसार सोही दिनसम्म पनि देशमा कोरोना भाइरसका ९८ संक्रमणका घटना पुष्टि भइसकेका थिए ।

ब्राजिलमा कोरोना भाइरस संक्रमणका करिब ६० प्रतिशत घटना साओ पाउलोमा पाइएका छन् । दुई करोडभन्दा बढी जनसंख्या रहेको यो सहर सबैभन्दा घना बस्ती भएको सहरमध्ये एक हो ।

यो घटनाको करिब ३ सातापछि ८ अप्रिलसम्म ब्राजिलमा कोरोना संक्रमितको संख्या १६ हजार भन्दा बडी भइसकेको थियो भने ८ सय भन्दा बढीको मृत्यु भइसकेको थियो ।

भेरा लुसियालाई महामारी ब्राजिलसम्म आएको र आफ्नो ५९औं जन्म दिनको पार्टी रद्द गर्ने सम्म सोचेका थिए । उनले भनिन्, ‘हाम्रो मनमा सन्देह थियो तर देशमा कोरोना संक्रमितको संख्या धेरै नभएकाले हामीले पार्टी गर्ने निधो गरेका थियौं ।’

भेरा लुसियाको जन्मदिनको पार्टीमा २८ जना सहभागी भएका थिए । यो पार्टीमा भेरा लुसियाका पति पाउलो भिएराका भाई र बहिनी सहभागी भएका थिए । पाउलो, उनका भाई क्लोभिस र बहिनी मारियाले भाउजुको पार्टी जमेर मनाएका थिए ।

तर त्यही उनीहरुको मृत्युको कारक बन्यो । पार्टीमा भेरा लुसियाकी बहिनी पनि सामेल भएकी थिइन् । लुसिया र पाउलोको भतिजा भतिजी पनि सहभागी थिए ।

पार्टीको केही दिनपछि आधाभन्दा बढी सहभागीमा रुघाखोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या देखियो । यी सबै लक्षण कोरोना भाइरसका थिए । जसमध्ये केहीमा हल्का लक्षण देखिएको थियो ।

भेला लुसियाका पति पाउलो र उनका भाई र बहिनीको मृत्यु संक्रमणको लक्षण देखिएको एक सातामा भयो । मारियाको मृत्यु कोरोना भाइरसबाट भएको प्रशासनले पुष्टि गरेको छ ।

मारियाकी छोरी राफेलाले भनिन्, ‘मेरी आमाको मृत्यु कोरोना भाइरसका कारण भएको अब प्रष्ट भएको छ । यसबाट भाइरस कति खतरनाक छ भन्ने स्पष्ट हुन्छ । मेरी आमालाई अस्पताल लगेर भेन्टिलेटरमा राखेर उपचार गरिएपछि चिकित्सकले बचाउन सकेनन् ।’

मारिया मधुमेह रोगकी बिरामी थिइन् र संक्रमणपछि उनको अवस्था छिटो खराब भएको थियो । भेरा लुसियाको परिवार अब क्लोभिस र पाउलोको पोस्टमार्टम रिपोर्टको पर्खाइमा छ ।

भेरा लुसिया र उनका छोरा दुवै जनालाई कोरोना संक्रमणका लक्षण पाइएपनि उनीहरु बाँच्न सफल भएका छन् । भेराले भनिन्, ‘शारीरिक रुपमा म ठीक छु, अझै खोकी भने लाग्दैछ । तर यो कठिन समय हो र हामी डरैडरमा बाँचिरहेका छौं ।’

उनको जन्मदिनको पार्टीमा सहभागी भएकामध्ये १० जनाभन्दा बढीमा कोरोना संक्रमण पाइएको थियो । उनीहरुमध्ये केहीको भेन्टिलेटरमा राखेर उपचार गरिएको छ ।

कोरोना संक्रमणका कारण क्वारेन्टाइनमा बस्दा अन्त्येष्टिसमेत गर्न समस्या भएको छ । उनले जन्मदिनको पार्टी जीवनभरका लागि घाउ बनेको बताएकी छन् ।

सम्बन्धित समाचार

विराटनगरको पारस हस्पिटलको अटेरी : नविकरणविनै अस्पताल सञ्चालन

विराटनगर । बहुआयमिक स्वास्थ्य उपचार दिने प्रचार गर्दै आएको विराटनगरको जनआन्दोलन चोकस्थित पारस हस्पिटल पाँच महिनादेखि नविकरणविना सञ्चालनमा रहेको पाइएको छ । हस्पिटलको नविकरणको म्याद सकिएको पाँच महिना हुनलाग्दा पनि हस्पिटल नविकरण भएको छैन ।...

नेपाली विद्यार्थीलाई न्याय माग्दै जोगवनी नाकामा अखिल विराटनगरको श्रद्धाञ्जली सभा

विराटनगर । भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको घटनामा न्याय माग गर्दै आज साँझ विराटनगरस्थित रानी नाकामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन विराटनगर महानगर कमिटीले श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।...

मोरङमा १२ सहित प्रदेश १ मा ८६ संक्रमित थपिए

विराटनगर, २५ भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २३, संखुवासभामा २२, मोरङमा १६, झापामा १२, पाँचथरमा ४, भोजपुरमा ३, उदयपुर, इलाम र प्रदेश १ बाहिरका २÷२ जना...

कोभिड–१९ रोकथाममा प्रभावकारी काम गर्न ध्यानाकर्षण

काठमाडौं, १६ असार-नेपाली काँग्रेसले कोभिड–१९ का सन्दर्भमा सरकारले गरेका र आगामी तयारीका विषयमा जानकारी लिने तथा पार्टीले बारम्बार उठाउँदै आएका विषयहरुमा सरकारको ध्यानाकर्षण गराएको छ । काँंग्रेसद्वारा गठित ‘कोभिड–१९ अनुगमन समिति’का संयोजक एवं पार्टीका सहमहामन्त्री...

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

काठमाडौं, २४ वैशाख-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा सुरु भएको छ । नेकपामा पछिल्लो समयमा विवाद बढेको छ । विवादका कारण नेकपाले २५ वैशाखमा स्थायी कमिटीको बैठक बोलाएको छ...

बुद्धोदय सहकारीको मुनाफा २४ लाख ३७ हजार

विराटनगर । विराटनगर – ३ मा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लि. को आर्थिक वर्ष २०७९/ ०८० मा २४ लाख ३७ हजार ७ य ७२ रुपैयाँ मुनाफा गरेको छ ।विराटनगरमा सोमबार भएको सहकारीको...

सिनेमा हल तथा जिम खाना माघ १५ गतेसम्म बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

काठमाडौं, २ माघ । सरकारले सबै प्रकारका भेला, जुलुस तथा आमसभा गर्न रोक लगाएको छ । मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण बढेको भन्दै माघ मसान्तसम्म उक्त कार्य गर्न रोक लगाएको हो । 'सबै प्रकारका आमसभा, जुलुस,...

शहीद स्मारक पुगे प्रधानमन्त्री

काठमाडौं, माघ १६–प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । शहीद दिवसको अवसरमा लैनचौरस्थित शहीद स्मारक पुगेर प्रधानमन्त्री ओलीले शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । देश र जनताका लागि आफ्नो जीवनको आहुति...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्