लोकतन्त्र रक्षाका लागि आन्दोलन आवश्यक : झलनाथ खनाल

 न्यूज विराट
लोकतन्त्र रक्षाका लागि आन्दोलन आवश्यक : झलनाथ खनाल

विराटनगर, १६ माघ ।नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड समूहका वरिष्ठ नेता झलनाथ खनालेले जनतको ठूलो त्याग र संघर्षबाट ल्याएको लोकतन्त्रको रक्षाका लागि राजनीतिक दल सडकमा उत्रेको बताएका छन् ।

विराटनगर विमानस्थलमा बिहीबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै खनालले आन्दोलनले लोकतन्त्र र संविधानको रक्षा गर्दै प्राप्त उपलब्धिलाई संस्थागत गर्ने प्रष्ट पारे ।

उनले संविधान बमोजिम संसद् पुनःस्थापना अनिवार्य रहेकाले त्यही मुद्दालाई केन्द्रविन्दुमा राखी सडक संघर्षका कार्यक्रम जारी रहेको बताए । एक प्रश्नको जवाफमा खनालले निर्वाचन आयोगले निर्वाचनसम्बन्धी आफ्ना कार्यक्रम गर्दै जाने होे, त्यो नै अन्तिम नभएको बताए । नेता खनालले पार्टीभित्र आफ्नो समूहको दुई तिहाई बहुमत रहेकाले निर्वाचन आयोगले यसलाई आधिकारिकता दिने दाबी गरे ।

वरिष्ठ नेता खनालले प्रदेशका मुख्यमन्त्री विरुद्ध ल्याएको अविश्वास प्रस्ताव पारितका लागि  लोकतन्त्रप्रति आस्थावान सबै दल एक हुने विश्वास व्यक्त गरे ।

सम्बन्धित समाचार

सौन्दर्यकर्मी युनियले मनायो १६ औं वार्षिक उत्सव (फोटो फचर)

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनिय नेपालको १६ औं वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगरले बुधबार विभिन्न कार्यक्रम आयोजना गरी वार्षिक उत्सव मनाएको हो । किसानहरुलाई मल विउपुजी...

मोरङको धनपालथानमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय गाउँपालिका कमिटी गठन

विराटनगर, ११ पुस । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले संगठन सुदृढीकरण अभियानलाई तीब्र पारेको छ । मुक्ति समाज मोरङले जिल्लाका सवै १७ वटै स्थानीयतहमा संगठन सुदृढिकरण अभियान तीब्र बनाएको...

कोरोनाको नयाँ भेरियन्टको नियन्त्रणका लागि प्रदेश सरकारको तयारी राम्रो छ : मन्त्री यादव

विराटनगर, २२ मंसिर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नियन्त्रका लागि प्रयाप्त तयारी भईरहेको बताउनु भएको छ । उहाँले कोरोना संक्रमण नियन्त्रणका लागि विगतमा भएका तयारी भन्दा राम्रो...

तेस्रो मिल्स टि– २० क्रिकेट : अभिषेकको सतकले वाइआरसीसी सेमिमा

विराटनगर । अभिषेक पाठकले आक्रमक ब्याटिङ गर्दै सतक कटाएपछि विराटनगरको वाइआरसिसी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा आज विहान भएको पहिलो खेलमा अभिषेकले ६२ बलमा...

कांग्रेस महाधिवेशनमा ट्राफिक व्यवस्थापन : पाँच ठाउँमा पार्किङ, एक सिफ्टमा ३५० जनशक्ति परिचालन

काठमाडौं, मंसिर २३ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन सुरु हुन एक दिन बाँकी छ । महाधिवेशन प्रतिनिधिसहित नेता कार्यकर्ता महाधिवेशनस्थल काठमाडौं आउन सुरु गरेका छन् । २४(२७ मंसिरसम्म काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन हुँदैछ । महाधिवेशन नजिकिँदै...

विराटनगरमा फुड बैंक सञ्चाल

विराटनगर,२३ जेठ । निषेधाज्ञाको अवधिमा गरीव समुदायका व्यक्त्तिलाई आवश्यक खाद्यान्न उपलव्ध गराउन विभिन्न छ बटा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आजदेखि विराटनगर–५ मा फुट बंैक सञ्चालनमा ल्याएका छन् । नटराज एग्रो भेट,शिखर अर्गनाइजेशन, तुलसी मोटर पम्प,...

कोरोनाको कहरः टर्कीका गृहमन्त्रीले दिए राजीनामा

एजेन्सी, बैशाख १-टर्कीका गृहमन्त्री सुलेमान सोयलुले लकडाउन लागू गराउन असफल भएपछि आफ्नो पदबाट राजीनामा दिएका छन् । सुलेमान राष्ट्रपति रिसेप तैयप एर्दोआनका निकट सहयोगी मानिन्छन् । टर्कीले सबै ३१ सहरमा लकडाउन घोषणा गरेको थियो ।...

मुलुक र जनताको रक्षामा नेपाल प्रहरी : मुख्यमन्त्री आचार्य

विराटनगर, २० असोज -प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले मुलुक र जनताको रक्षामा नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । प्रहरी दिवसको अवसरमा १ नं प्रदेश प्रहरी कार्यालय रानी विराटनगरद्वारा आज यहाँ आयोजित...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्