चिनियाँ नाका नखुले नाकामै धर्ना बस्ने व्यवसायीको चेतावनी - News Birat

चिनियाँ नाका नखुले नाकामै धर्ना बस्ने व्यवसायीको चेतावनी

न्यूज विराट
काठमाडौं, २५ कात्तिक-सामान बोकेका कन्टेनर १० महिनादेखि चिनियाँ नाकामा रोकिए पनि खुलाउन सरकारले पहल नगरेको भन्दै व्यवसायीले नाकामै धर्ना बस्ने चेतावनी दिएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

नाकामा देखिएका समस्याहरू समाधानका लागि परराष्ट्र मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीका साथै सत्तारूढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बावुराम भट्टराईलाई भेटेरे व्यवसायीको समस्या सुनाए पनि नाका सहज नबनाएको  महासंघले जनाएको छ ।

चीनसँग सीमा जोडिएको केरुङ र तातोपानी नाका खुला गरिएको बताइए पनि मालवस्तुहरू सहज रूपमा नेपाल भित्रन नसकेका महासंघको भनाइ छ । चीनले केरुङदेखि नेपाली सीमासम्मको ढुवानी भाडा अत्यधिक वृद्धि गर्दा व्यवसायी मारमा परेको विज्ञप्तिमा उल्लेख छ । ‘कूटनीतिक पहलबाट नाका सहज बनाउन हामी सरकारलाई अनुरोध गर्छौंं,’ विज्ञप्तिमा भनिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles