बिरामीलाई घरैमा औषधि

 न्यूज विराट
बिरामीलाई घरैमा औषधि

उदयपुर, ५ वैशाख-कोरोना भाइरस (कोभिड–१९) को प्रकोप रोक्न ११ चैतदेखि मुलुक लकडाउनमा छ । लकडाउन अझै कति दिनसम्म चल्छ भन्ने टुंगो छैन ।यस्तो अवस्थामा दैनिक औषधि सेवन गरिरहेका बिरामीको समस्या मध्यनजर गर्दै उदयपुरको बेलका नगरपालिकाले सुनसरीको धरान, इटहरी र मोरङको विराटनगरबाट बिरामीका लागि औषधि उपलब्ध गराइरहेको छ ।

१८ चैतयता मानसिक, सगुर, प्रेसर, मुटसम्बन्धी रोगका ६२ जना बिरामीलाई औषधि उपलब्ध गराइएको छ । नगरपालिकाले बिरामी र औषधि बोक्न एम्बुलेन्ससँगै शव बहानको पनि प्रयोग गरिरहेको छ । ‘हरेक दिन बिरामी लिएर सुनसरीका मुख्य शहर धरान, इटहरी र मोरङको विराटनगर जाँदा एम्बुलेन्सले अत्यावश्यक औषधिहरू पनि लिएर आउने गरेको छ’, स्वयंसेवक सुदीप राउतले भने ।

हिजोआज औषधि ल्याइदिन भन्दै बिरामी र बिरामीका आफन्तले नगरपालिकाका कर्मचारीलाई फोन गर्ने गर्छन् ।‘म मानसिक समस्यासँग जुधिरहेकी छु, डाक्टरले जीवनभरी औषधि खानुपर्छ भनेका छन् । औषधि सकिन लागेका बेला नगरपालिकाले औषधि ल्याइदियो र थप समस्याबाट जोगिएँ’, भागलपुरकी एक महिलाले भनिन् । नगरपालिकाले विराटनगरको अटल फार्मेसीबाट ती महिलाका लागि ओसिएन आरटी नामको औषधि ल्याइदिएको हो ।

औषधि ल्याउने काममा एम्बुलेन्सका चालकद्वय जिन्जर तामाङ र जंगबहादुर विष्ट खटिएका छन् भने बिरामीसँग समन्वय स्वयंसेवक सुदीप राउतले गर्दै आएका छन् ।

सम्बन्धित समाचार

जाजरकोट घटनालाई लिएर प्रतिनिधिसभा अवरुद्ध, गृहमन्त्रीसँग जवाफ माग

काठमाडौं, १३ जेठ-जाजरकोट घटनालाई लिएर प्रतिनिधिसभा बैठक अवरुद्ध गरिएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेस र संघीय समाजवादी दलका सांसदले जाजरकोट घटनालाई लिएर संसद अवरुद्ध गरेको हो । बैठक अवरुद्ध गरेपछि मिन विश्वकर्माले जाजरकोटको घटनामा...

प्रदेश राजधानीको स्यायी संरचनाका लागि विराटनगर महानगरले जग्गा उपलब्ध गराउने

विराटनगर, फागुन १४–विराटनगर महानगरपालिकाले प्रदेश राजधानीको स्थायी संरचनाका लागि आबश्यक जग्गा उपलब्ध गराउन तत्पर रहेको जनाएको छ । प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै प्रदेश राजधानीका लागि आबश्यक जग्गा उपलब्ध गराउन महानगरपालिका तत्पर...

उदयपुरमा कोरोना संक्रमित बढ्दै जाँदा लहानमा त्रास

सिरहा, १० वैशाख-उदयपुरका २७ जनामा कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण पुष्टि भएपछि सिरहाको लहानमा त्रास फैलिएको छ । उदयपुर जिल्लाबाट हुने आवतजावत तत्काल रोक्न यहाँका स्थानीयवासीले माग गरेका छन् । उनीहरूले छिमेकी जिल्ला उदयपुरमा कोरोना...

एमाले विराटनगरको निर्वाचन : मनोनयन दर्ता सुरु, राती ११ बजे मतदान

विराटनगर । विराटनगरमा नेकपा एमालेको महानगर कमिटीको निर्वाचन प्रक्रिया अघि बढेको छ। निर्वाचन कमिटीले मनोनयन दर्ताका लागि फाराम वितरण सुरु गरेको छ । जसका लागि आकांक्षी उम्मेदवारहरू फाराम लिन लाइनमा देखिएका छन्।मंगलबार उद्घाटन भएको दोस्रो...

प्रेस युनियन सुनसरीले १ सय ५० पत्रकारको वीमा गर्ने

विराटनरगर, जेठ ४–प्रेस युनियन सुनसरीले जिल्लामा सक्रिय पत्रकारहरुको निःशुल्क वीमा सुरु गरेको छ । कोरोना भाइरसको महामारीका बेला फ्रन्टलाइनमा जोखिम मोलेर कार्यक्षेत्रमा खटिएका नेपाल पत्रकार महासंघ सुनसरी आबद्ध तथा जिल्लामा क्रियासिल गरि १५० जना पत्रकारको...

बिकेभिए स्कुल पछाडी फोहरको डंगुर, उठाउन महानगरले देखाएन चासो

विराटनगर । विराटनगर – ११ स्थित बिकेभिएम स्कुलदेखि दक्षिण पछाडी फोहर र दुर्गन्धित बनेको छ । बजार क्षेत्रका सडक तथा नालामा फालिएका फोहर सडेर दुर्गन्धमय बनेको हो । एक हप्ताभन्दा बढी दिनदेखि फोहर उठाउने चासो...

प्रधानमन्त्रीद्वारा पत्नी शाक्यलाई टीका

काठमाडौं, कात्तिक १०-प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका लगाइदिएका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा उनले धर्मपत्नी शाक्यलाई धार्मिक विधिपूर्वक टीका तथा जमरा लगाइदिएका हुन् । कोरोना सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यानमा...

प्रदेश १ मा मुख्यमन्त्री ड्यासबोर्ड सञ्चालनमा

विराटनगर, साउन ९–प्रदेश नं १ मा मुख्यमन्त्री ड्यासबोर्ड (सिएम ड्यासबोर्ड) सञ्चालनमा आएको छ । शुक्रबार एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईले ड्यासबोर्डको उद्घाटन गरेका छन् । मुख्यमन्त्रीको टेबलमा रहने ड्यासबोर्डबाट योजना, विकास निर्माण लगायत गतिविधि प्रत्यक्ष...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्