केही दिनमै डिस्चार्ज हुँदै टेकुमा उपचार गराइरहेका कोराना संक्रमित

 न्यूज विराट
केही दिनमै डिस्चार्ज हुँदै टेकुमा उपचार गराइरहेका कोराना संक्रमित

काठमाडौं, २९ चैत-टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का २ सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुँदैछन् ।

कोभिड–१९ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा भएपछि छिट्टै डिस्चार्ज हुने अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिए ।

उनले भने, ‘अस्पतालमा उपचारको क्रममा रहेका कोभिड सङ्क्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ । दुई दिनभित्र अन्तिम रिपोर्ट आउनेछ, त्यो रिपोर्ट नेगेटिभ देखिएमा डिस्चार्ज गरिनेछ ।’ टेकु अस्पतालमा अहिले कोभिड शङ्कास्पद ९ जनाको उपचार भइरहेको छ । यीमध्ये दुई जनामा कोभिड पोजेटिभ देखिएको छ भने बाँकी सात जनाको नेगेटिभ छ । तर, पनि विभिन्न कारणले गर्दा सात जनालाई अस्पतालमै राख्नुपर्ने अवस्था भएको अस्पतालले जनाएको छ ।

सम्बन्धित समाचार

घुस बुझाउने कर्मचारी अख्तियारको फन्दामा

विराटनगर, जेठ ७–प्रदेश नं. १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीलाई घुस रकम बुझाउन खोज्ने जलश्रोत तथा सिचाँई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झालाई बुधबार अख्तियारले प्रक्राउ गरेको छ । डिभिजन प्रमुखझाले...

विराटनगरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा व्यापार मेला सुरु

विराटनगर । विभिन्न सामाजिक कार्यहरु गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले व्यापार मेला आयोजना गरेको छ । क्लबले विराटनगरस्थित सिटी प्यालेसमा व्यापार मेला ‘रोटरी ट्रेड फेयर’ आयोजना गरेको हो ।  मेलामा ५० भन्दा बढी...

प्रदेश १ः आज पनि माओवादी केन्द्रद्वारा संसद अवरुद्ध

भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले रोष्ट्रमबाटै माफी माग्नुपर्ने माग गर्दै नेकपा माओवादी केन्द्रले आइतबार पनि प्रदेश १ संसद् बैठक पनि अवरुद्ध पारेको छ । विनियोजन विधेयकमाथि मन्त्रालयबारे सदनमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री गुरुङले माओवादी...

कात्तिक १४ गते एमाले मोरङको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम, ५ हजार बढीको सहभागीता हुने

विराटनगर । विगतको वर्षहरुमा जस्तै यसपालि पनि नेकपा (एमाले) मोरङले चाड पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । आगामी कात्तिक १४ गते विराटनगरस्थित पार्टी कार्यालय पाञ्चालीमा पार्टीका वरिष्ठ उपाध्यक्ष तथा...

छठ पर्वका लागि विराटनगरमा खोलामा सरसफाइमा गरिँदै

विराटनगर, २३ कात्तिक । नेपालीहरुका दुई ठूला चाड दसैं र तिहार सकिएसँगै अहिले अर्को महत्वपूर्ण पर्व छठको चटारो सुरु भइसकेको छ । अहिले विराटनगर बजारमा छठ पर्वका लागि आवश्यक सामाग्री किन्नेहरुको भिड बढेको छ ।...

वीरगञ्जमा ८ चिकित्सकसहित २८ जनामा कोरोना संक्रमण

काठमाडौं, १६ साउन-वीरगञ्जमा २८ जना स्वास्थ्यकर्मी कोरोना भाइरस संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मापदण्डको पालना नगरेकाले स्वास्थ्यकर्मीमा संक्रमण देखिएको बताए । उनका अनुसार ८ चिकित्सक, ६...

शंकास्पद मृत्युको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता गर : कांग्रेस

काठमाडौं, १ असोज-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शंकास्पद मृत्युको कोरोना परीक्षण नगर्ने निर्णय अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जार्दै शंकास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने...

रतुवामाईमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिनै तस्करीमा संलग्न

विराटनगर, फागुन १९–रतुवामाई नगरपालिकाका एक जनप्रतिनिधिनै तस्करीमा संलग्न हुँदै आएको पाइएको छ । नेपाली कांग्रेसबाट रतुवामाई नगरपालिका–१ को वडा सदस्यमा निर्वाचीत मो. सदिर मियाँ तस्करीमा संलग्न हुँदै आएको पाइएको हो । आइतबार अपराहन्न ३ बजे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्