राशिफल

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा विराटेश्वर वृद्धाश्रममा आश्रित ५६ जनालाई न्यानो कपडा वितरण

 न्यूज विराट
रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा विराटेश्वर वृद्धाश्रममा आश्रित ५६ जनालाई न्यानो कपडा वितरण

विराटनगर, ६ पुस । निरन्तर सामाजिक कार्य गर्दै आइरहेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ । क्लबले एक कार्यक्रमकाबीच विराटनगर अशोकचोकस्थित आश्रममा आश्रित जेष्ठ नागरिकहरुलाई जाडोबाट बच्न न्यानो कपडा वितरण गरेको हो ।

क्लबले विराटेश्वर वृद्धाश्रममा रहेका ५६ जनालाई बर्को, स्वीटर, चप्पल, फलफूल र खाजासमेत वितरण गरेको हो । सवै सामाग्री डिस्ट्रीक्ट अफिसर किरण कर्णले सहयोग गरेकी थिइन् ।

सो अबसरमा रोटरी क्लब अफ विराटनगर डाउन टाउनकी अध्यक्ष संचिता जैन, सचिव अनिता सारडा, सेवा परियोजना प्रमुख गिरिजा सारडासहित क्लबकम पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो । त्यस्तै क्लबले विराटनगरस्थित मानव सेवा आश्रमलाई एक थान ग्याँस गिजरसमेत वितरण गरेको छ ।

सम्बन्धित समाचार

विराट गोल्डकप : आज आर्मी र जावलाखेल खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...

विराट गोल्डकप, नेपाल पुलिसलाई हराउँदै विराटनगर सिटी सेमिफाइनलमा

विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै...

मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।...

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...