राशिफल

६ जना मिलेर साथीको हत्या

 न्यूज विराट
६ जना मिलेर साथीको हत्या

काठमाडौं, पुस २५–मादक पदार्थ सेवन गरी आफ्नै साथीको हत्या गर्ने ६ जनालाई सिन्धुपाल्चोक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । भारत बिहार पर्सा जिल्ला पोखरीया नगरपालिका–८ बस्ने ३७ वर्षका राजकुमार मुखियालाई आफ्नै साथीहरुले सामान्य विवादमा हातपात गरी हत्या गरेका छन् । गत ६ पुसमा इन्द्रावती गाउँपालिका ५ लामाटोलका पुर्णबहादुर तामाङको घर ढलान गरेर फर्कने क्रममा मादक पदार्थ सेवनपछि मुखियासँगै घर ढलान गर्न गएका साथीहरुले कुटपिट गरेका थिए ।

मुखियालाई सँगै रहेका बीरगञ्ज महानगरपालिका–११ का प्रेम यादव, सोही ठाउँका भोला माझी,राजेश मेष्तर,राजन शाह, अशोक शाह, बिनोद पासवान र तिलोत्तमा–१२ रुपेन्देहीका सन्तोष थापा मगर भएर कुटपिट गरेका थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार कुटपिटबाट गम्भीर घाइते भएका मुखियालाई ६ जनाकै समुहले कुटपीट गरेर भागेका थिए ।

उनको उपचारका क्रममा अस्पताल लैजादैगर्दा बाटोमै मृत्यु भएको थियो । मृत्युपछि जंगलमा शव फालेर हिडेको प्रहरीको दावी छ । साथीको मृत्यु भएपछि फरार भोला माझी शाहा, राजेश मेष्तर, राजन शाहा, अशोक शाह, विनोद पासवान र सन्तोष थापा मगर र प्रेम यादव पक्राउ परेको प्रहरीले जनाएको छ । यादव ठेकेदार हुन् । उनलाई अस्पताल लैजाने क्रममा मृत्यु भएका मुखियालाई जंगलमा फल्न सहयोग गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...