प्रदेशले २ साताअघि घोषणा गरेको राहत जनकपुरधामबासीले अझै पाएनन्

 न्यूज विराट

जनकपुरधाम, ३ वैशाख-स्थानीय समाजसेवीले दैनिक राहत बाँडे पनि प्रदेश  सरकारले घोषणा गरेको सरकारी राहत जनकपुरधामवासीले भने अझैसम्म पाउन सकेका छैनन् । लकडाउनका कारण बेरोजगार बनेका मजदुर तथा विपन्न परिवारलाई लक्षित अहिले समस्यामा रहेका छन् । तर, जनकपुरधाम नगरपालिका अहिलेसम्म गम्भीरता देखाउन सकेको छैन ।

लकडाउनबाट सर्वाधिक प्रभावित दैनिक मजदुरी गरेर जीवन बिताउने परिवारलाई लक्षित गरी प्रदेश २ सरकारले राहत घोषणा गरेको झन्डै २ साता भयो । राहत कार्यक्रम सञ्चालन गर्न कार्यविधिसहित प्रदेश सरकारले प्रदेशभित्रका महानगरपालिकालाई २५ लाख, उपमहानगरलाई २० लाख, नगरपालिकालाई १५ लाख तथा गाउँपालिकाको हकमा १० लाख रकम विनियोजनन गरेको थियो ।

संघीय सरकारले तोकेको मापदण्डअनुसार प्रतिपरिवार ३० किलो चामल तथा यसै अनुपातमा दाल, आलु, नूनलगायतका खाद्यान्न वितरण गर्नुपर्ने निर्देशन दिइएको थियो । वडाध्यक्षले लगत पठाउन नसक्दा प्राप्त लगतकै आधारमा राहत वितरण गर्ने तयारी भइरहेको उपमेयर रीता कुमारी मिश्रले जानकारी दिइन् ।

‘लकडाउन भएको ३ साता भयो । उपमहानगरपालिकाले राहतको नाममा एक सुको बजेट उपलब्ध गराएको छैन । प्रदेश सरकारको सहयोगमा दिने भनिएको राहत वितरणका लागि तथ्यांक संकलन भइरहेको छ,’ वडा १ का अध्यक्ष शत्रुघ्न साहले भने ।

सम्बन्धित समाचार

मेयर कोइरालाकै घरमा चल्यो डोजर, विराटनगरमा अवैध संरचना हटाउन थालियो

विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाउने अभियान सुरु गरेको छ ।अभियानको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको घरबाटै सुरु गरिएको छ । विराटनगर–९ जलजला रोडस्थित कोइरालाले भाडामा लगाएका पसल सञ्चालकले सटर...

प्रदेश सरकार र कर्मचारीबीच विवाद बढ्यो

जनकपुर, फागुन २१–प्रदेश २ सरकारले उपभोक्ता समितिमार्फत गराएको कामलाई लिएर प्रदेश सरकार र कर्मचारीबीच विवाद उत्पन्न भएको छ । प्रदेश सरकार कुनै हालतमा उपभोक्ता समितिको भुक्तानी दिलाउने पक्षमा रहेको देखिएको छ भने कर्मचारीहरूले प्रक्रिया नमिल्ने...

सार्वजनिक यातायातको नियमन गर्न ओटिएमएस लागू

काठमाडौं, ४ मंसिर-मध्यम तथा लामो दूरीमा सञ्चालन हुने सार्वजनिक यातायात सेवाको नियमन गर्न सरकारले अनलाईन टिकेटिङ मोनिटरिङ सिस्टम (ओटिएमएस) लागू गरेको छ ।   यातायात सुविधाम नागरिकको सरल, सहज र समान पहुँच सुनिश्चित गर्दै यातायात क्षेत्रमा...

चट्याङ लागेर दुई र एम्बुलेन्स दुर्घटनामा १ जनाको मृत्यु

विराटनगर, असार ११–प्रदेश–१ मा आज चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । आज बिहानदेखि परेको पानी तथा चट्याङले मोरङको सुनबर्षी नगरपालिकाका एक जना र उदयपुरको त्रियुगा नगरपालिकामा १ जना गरी दुईजनाको मृत्यु भएको प्रहरीले...

प्रेस युनियनको महाधिवेशन हेटौंडामा

काठमाडौं । नेपाल प्रेस युनियनको महाधिवेशन हेटौंडामा हुने भएको छ । यसअघि साउन ६ र ७ गतेका लागि नवौं महाधिवेशनको मिति तोकिएपनि स्थान तय भएको थिएन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको उपस्थितिमा बसेको...

भारतले दियाे नेपाललाई ३० हजार पीसीआर किट

काठमाडौं, जेठ ४-भारतले कोरोना परीक्षणका लागि नेपाललाई उपहारस्वरूप ३० हजार व्यक्तिको जाँच क्षमताको पीसीआर टेस्ट किट सहयोग गरेको छ । १० वैशाखमा २३ टन औषधि हस्तान्तरण गरेको भारतले फेरि पीसीआर किट पनि सहयोग गरेको हो...

लकडाउनलाई कडाइ गर्न सीमामा ६ हजार सशस्त्र प्रहरी, नयाँ सीम लिने २० हजारको खोजी हुँदै

काठमाडौं, १ वैशाख-सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन नेपाल–भारत सीमा क्षेत्रमा उल्लेख्य मात्रामा सशस्त्र प्रहरी बललाई परिचालन गरेको छ । भारतबाट लुकीछिपी भारतीय तथा नेपाली नागरिक समेत प्रवेश गर्ने गरेको पाइएपछि कोरोना सक्रमणको त्रास बढेकाले सीमा...

लकडाउन अपरिहार्य हो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन अपरिहार्य रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै उनले लकडाउन अपरिहार्य रहेको भन्दै लकडाउन ८ दिन बढाइएको बताएका हुन् ।

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्