अनलाइनको गुणस्तर मापनका लागि छलफल आवश्यक

 न्यूज विराट
अनलाइनको गुणस्तर मापनका लागि छलफल आवश्यक

काठमाडौं, २९ असार-अर्थ/सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले अनलाईन सञ्चारमाध्यमको गुणस्तर मापनका लागि छलफल आवश्यक रहेको बताएका छन् । 

अहिले प्रतिदिन एकवटा अनलाइन दर्ता हुने गरेको तथ्याङ्कले गुणस्तरभन्दा संख्या मात्रै वृद्धि हुने भन्दै खतिवडाले यो विषयमा छलफल आवश्यक रहेको बताए ।

सूचना तथा प्रशारण विभागले प्रकाशन गरेको पुस्तकहरु सार्वजनिकीकररण कार्यक्रममा बोल्दै अर्थमन्त्री समेत रहेका खतिवडाले गुणस्तरीय विषयवस्तुका लागि छलफल आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘एक दिनमा एउटा अनलाईन दर्ता हुने रहेछ यसरी कसरी होला ? कति अनलाईन चाहिने हो हामीलाई ? दिनमा एउटा अनलाईन चाहिने हो की ? क्वालिटीमा जाने हो ? विषयवस्तुको अलिकति गहिराई र चौडाईमा जाने हो की संख्या मात्रै बढाउने हो ? यसमा पनि छलफल गरेर अगाड बढ्नुपर्छ ।’

खतिवडाले कोरोना संक्रमणका कारण सञ्चारमाध्यमहरुमा परेको प्रभावको विषयमा अध्ययन भइरहेको र सरकारले सक्दो सहयोग गर्ने बताए । बैंकहरुबाट ऋण लिएर काम गरिरहेका मिडिया हाउसहरुलाई अन्य सेवा क्षेत्रले पाएको सुविधा पाउने व्यवस्था गरिने उनले बताए ।

सम्बन्धित समाचार

सांसदहरुले कोरोना नियन्त्रणमा भूमीका खेल्नुपर्छः अध्यक्ष तिमिल्सना

विराटनगर, १४ मंसिर–राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्निाले सांसदहरुले कोभिड–१९ को न्यूनिकरणका लागि जनतामा सचेतना जागृत गराउन प्रभावकारी भुमिका खेल्नु पर्ने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश नंं. १ सामाजिक विकास मन्त्रालय र राष्ट्रिय...

पेट्रोलियम व्यवसायी महासंघको उपाध्यक्षमा सिग्देल निर्विरोध निर्वाचित

विराटनगर । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको केन्द्रीय उपाध्यक्षमा विराटनगरका ध्रुव प्रसाद सिग्देल निर्विरोध निर्वाचित भएका छन् । काठमाण्डौंमा सम्पन्न भएको १३ औं साधरणसभा तथा सातौं अधिवेशनबाट सिग्देल निर्विरोध उपाध्यक्षमा निर्वाचित भएका हुन् । महासंघको...

९ करोड भ्रष्टाचारलाई राजनीतिक रङ दिँदै गच्छदार

काठमाडौं, माघ २३–बालुवाटारस्थित ललिता निवासको जग्गा खरिदबिक्री प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका कांग्रेस उपसभापति विजय गच्छदारले आफूविरुद्धको अभियोगलाई राजनीतिक रङ दिने प्रयास थालेका छन् । १३ पटकसम्म मन्त्री भइसकेका गच्छदारविरुद्ध हिजो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९...

मोरङमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु

विराटनगर, १२ भदौ । मोरङको सुन्दरहरैचा नगरपालिका-४ स्थित राजमार्गमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । आज दिउँसो सवा १ बजे प्रदेश १-०२-००१ ख ८३३२ नम्बरको टिफरले बिपरित दिशाबाट आउदै गरेको को.३८ प...

प्रदेश १ को नामकरण कहिले ? कहिले हो कहिले

प्रदेशसभाको आठौँ अधिवेशनसम्म पनि प्रदेश १ को नामकरण हुन सकेको छैन । नामकरणका लागि प्रदेशसभाको दुईतिहाइ मत आवश्यक हुन्छ । तर, प्रदेशको नामकरण कहिले हुन्छ भन्ने अन्योल अझै कायम छ । अहिलेको सरकार अल्पमतमा रहेकाले पनि...

साना उद्योगको उत्पादन प्रर्वद्धन गर्न प्रर्दशनी, स्थानीय उत्पादनमा आकर्षण

विराटनगर । घरेलु तथा साना उद्योगले उत्पादन गरेको बस्तुको प्रर्वद्धन गर्ने उद्देश्यले एक दिने प्रर्दशनी आयोजना गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले विराटनगरमा एक कार्यक्रम आयोजना गरी प्रर्दशनी गरेको हो ।...

सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढ्यो

काठमाडौं, ३० भदौ । साताको चौथो दिन आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यमा आज छ...

भारतीय अतिक्रमणलाई लिएर युएनका लागि अमेरिकी राजदूतलाई ज्ञापनपत्र  

एजेन्सी, जेठ २७-भारतले नेपालको भूमि अतिक्रमण गरेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने क्रममा गैरआवासीय नेपाली सङ्घ, अमेरिकाज क्षेत्रले संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत केली क्राफ्टलाई ज्ञापनपत्र बुझाएको छ । राष्ट्रसङ्घ सुरक्षा परिषद्को महत्वपूर्ण देश अमेरिकाको तर्फबाट राष्ट्रसङ्घका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्