मोरङको कटहरी भोकमरी विरुद्धको साझा अभियान सुरु, एकै दिन १ सय २५ परिवारलाई राहत वितरण

 न्यूज विराट
मोरङको कटहरी भोकमरी विरुद्धको साझा अभियान सुरु, एकै दिन १ सय २५ परिवारलाई राहत वितरण

विराटनगर, बैशाख ५–मोरङको कटहरी गाउँपालिकामा भोकमरीविरुद्ध साझा अभियानको सुरुवात गरिएको छ । कटहरी स्थित विभिन्न संघ संस्थाको सहकार्यमा गाउँपालिकाका कोही पनि जनतालाई भोकै मर्न नदिने अभियान सुरु गरिएको हो ।

लक डाउनका कारण दैनिक ज्यालादारी काम गदै आएका मजदुर परिवारलाई भोक भोकै बस्ने अवस्था आउन नदिन अभियान सुरु गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकप) १ नं. प्रदेश कमिटि सदस्य मृत्युज्यकुमार झाले जानकारी दिए ।

‘लक डाउनका कारण धेरै परिवारको घरमा चुल्हो बल्न सकेको छैन । यस गाउँपालिकामा कसैलाई पनि भोकै बस्ने अवस्था नआओस भनेर अभियान सुरु गरेका हौँ ।’ उनले भने,‘मानव सहयोगि हातहरु लगायतका संस्थाहरुको सहयोगमा आज मात्र थुप्रै परिवारलाई राहतस्वरुप खाद्य सामाग्री उपलब्ध गराइएको छ ।’

शुक्रबार कटहरी वडा नं. २ का गरीब , असाहय, अपांग, एकल परीवार र स्थानीय सरकारबाट नपाएकाहरुलाई राहत वितरण गरिएको भोकमरी विरुद्ध साझा अभियानका स्वयंसेवक परिचालन समितिका संयोजक समेत रहेका नेता झाले जानकारी दिए ।

उनले ५० जना स्वयंसेवक परिचालन गरि आर्थिक अवस्थाकै कारण चुल्हो बल्न नसकेका परिवारको खोजि गरि राहत वितरण गरिएको बताए । यो अभियान लक डाउन अवधिभर जारी राख्ने र सो क्षेत्रका कुनै पनि परिवारलाई भोको बस्न नदिने नेता झाले दावी गरे ।

सम्बन्धित समाचार

खोप लगाएको प्रमाणीकरण अब चार अस्पतालबाट हुने

काठमाडौं, ८ साउन । कोरोनाविरुद्धको खोप लगाएको प्रमाणीकरण अब चारवटा अस्पतालबाट हुने भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा प्रमाणीकरण गर्नेको भिड बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिभिल अस्पताल, पाटन अस्पताल र सशस्त्र...

धरणीधर सहकारीको अढाइ करोड वचत जोखिममा

विराटनगर । ‘भोलीदेखि कार्यालय बन्द गर्छु म कारबाहीमा जान्छु जे सुकै गर्नुहुन्छ गर्नु लु,’ सहकारीका वचतकर्ताले दबाब दिएपछि अध्यक्ष रामबहादुर घिमिरेले वचतकर्तालाई उल्टै धम्की दिए ।विराटनगर–९ स्थित ट्राफिक चोकमा मुख्य कार्यालय रहेको धरणीधर बहुमुखी सहकारी...

प्रदेश २ का आठै जिल्लामा विज्ञ परिचालित

धनुषा, १४ वैशाख-प्रदेश–२ का ८ जिल्लामा रहेका शंकास्पद ठानिएकाका स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्न विज्ञहरू परिचालन गरिएको छ ।नेपाली सेना, मेडिकल ल्याब एसोसिएसन अफ नेपाल (मेलान) र इडीसीटीबाट आएका प्राविधिक टोलीले स्वाब सङ्कलन सुरु...

सेनाले गर्‍यो सम्मानका साथ काेरोना संक्रमितको शव व्यवस्थापन

धनगढी, ४ असार-कोरोना संक्रमणका कारण बुधबार बेलुका सेती अस्पतालमा मृत्यु भएका पुरुषको शव सेनाले व्यवस्थापन गरेको छ । मृतकको शव मोहना नदी किनारमा मापदण्डअनुसार व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए...

२६ जिल्लाका सीडीओ सरुवा

काठमाडौं, चैत २–गृह मन्त्रालयले २६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । ३० फागुनको मन्त्रीस्तरीय निर्णयबाट ती सीडीओहरू सरुवा भएका हुन् । CDO_Details

साहित्यकार हरि कट्टेलको बिलौनै बिलौना लोकार्पण

विराटनगर । साहित्यकार हरि कट्टेलको छन्दोबद्ध लघु काव्य बिलौनै बिलौनाको दोस्रो संस्करण लोकार्पण भएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर र छन्द बाटिका नेपालद्धारा शनिबार संयुक्त रुपमा आयोजित एक कार्यक्रममा उक्त लघु काव्यको लोकार्पण गरिएको...

नेपालगञ्जमा एकैदिन हजार स्वाब सङ्कलन हुँदै

राँझा, २७ वैशाख-नेपालगञ्जमा एकैदिन हजार जनाको स्वाब नमूना सङ्कलनको तयारी गरिएको छ । स्वाब सङ्कलनदेखि आरटिपिसिआर यन्त्रमा कोरोना परीक्षणका लागि लागि आवश्यक पर्ने भिटिएम र रिएजेन्ट्सलगायतको कीट पर्याप्त आएकाले आज शनिबार ठूलो सङ्ख्यामा स्वाब सङ्कलन...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बृक्षारोपण

विराटनगर, १९ साउन । रोटरी क्लब अफ विराटनगर डाउन टाउनले बृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिएको छ । क्लबले स्वच्छ वातावरणका लागि सुरु गरेको बृक्षारोपण कार्यक्रम अन्तर्गत दोस्रो चरणमा विभिन्न स्थानमा बृक्षारोपण गरेको हो । क्लबले उद्योग...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्