प्रदेश २ मा भारत दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केकाहरूकाे खोजी तीव्र पारिएको छ । यसै क्रममा साेमबार सप्तरीमा आठ जना फेला परेका छन् ।
वीरगञ्जको एक मस्जिदमा मुस्लिम धर्मका ३ जना प्रचारकमा कोरोना भाइरस फेला परेपछि प्रदेश २ मा विशेष सर्तकता अपनाइएकाे छ । वीरगञ्जपछि रौतहटमा पनि एकजना कोरोना भाइरस लागेका व्यक्ति फेला परेका छन्। रौतहटका युवक पनि भारतबाटै आएका थिए ।
गत ८ र ९ मार्चमा दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी भइ घर फर्केका उनीहरूलाई कोरोना परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी आनन्दकुमार ठाकुरले बताए ।