कोरोनाको असर : ७ देशमा ७० नेपाली श्रमिकको शव रोकियो

 न्यूज विराट
कोरोनाको असर : ७ देशमा ७० नेपाली श्रमिकको शव रोकियो

काठमाडौं, २ वैशाख-नेपालमा लकडाउनको शुरु नहुँदैदेखि हालसम्म खाडीसहितका ७ देशमा मृत्यु भएका ७० श्रमिकको शव नेपाल ल्याउन समस्या भएको वैदेशिक रोजगार प्रवद्धन बोर्डको सचिवलयले जनाएको छ ।

युएईमा ११,  कतारमा ८, साउदीमा २८, कुवेतमा ६, मलेसियामा १५ जनाको शव नेपाली ल्याउन समस्या भएको सचिवलयले जनाएको हो । त्यस्तै, दक्षिण कोरिया र सेसेल्समा १/१ जनाको शव रहेको कोर्डले जानकारी दिएको छ । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडानमा गरिएको प्रतिबन्ध र लकडाउनले वैदेशिक रोजगारीमा मृत्यु भएका नेपाली श्रमिकको शव नेपाल ल्याउन समस्या भएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।

दक्षिण कोरिया र सेसेल्समा मृत्यु भएका श्रमिकको शव परिवारको सल्लाहमा उत्तै दाहसंस्कार गरिएको बोर्डले जनाएको छ । अहिलेको अवस्थामा लकडाउन कहिले खुल्छ र शव सहज तरिकाले ल्याउन सकिन्छ भनेर कुर्नुभन्दा परिवारले सहमतिमा मृत्यु भएकै देशमा दाहसंस्कार गर्न सहज हुने बोर्डका कार्यकारी श्रेष्ठले जानकारी दिए ।

कोरोनाको संक्रमणका कारण युएईमा मृत्यु भएकी एक महिलाको शव पनि परिवारको सहमतिमा उतै दाहसंस्कार हुने उनले बताए । मृत्यु भएका कामदारलाई रोजगारदाता देशमा दाहसंस्कार नियोगमार्फत पहलसमेत गरि दिने बोर्डले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

डिआइजीका घुमुवा इन्स्पेक्टर राई निलम्बित

विराटनगर । सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनीका डिआइजी अन्जनीकुमार पोखरेलले सादा पोसाक ‘घुमुवा’ मा खटाएका सशस्त्र प्रहरी निरीक्षक नवलप्रभात राई निलम्बित भएका छन् । डियुटिमा खटिएका चार जना प्रहरीलाई निर्घात कुटपिट गरेपछि राई...

५० प्रतिशत घरभाडा मिनाहा गर्न घरबहाल सरोकार महासंघको माग

विराटनगर, १३ जेठ । घरबहाल सरोकार महासंघले घर बहाल मिनाह गर्न माग गरेको छ । घरबहाल सरोकार महासंघका अध्यक्ष अधिवक्ता बलभद्र खनालले एक विज्ञप्ति जारी गर्दै महामारीका कारण विभिन्न पेशा, रोजगारी, व्यापार, व्यवसाय, उद्योग, कलकारखानाका...

कोरोना जितेका भन्छन्‘हामीले कोरोना परास्त गर्यौँ चिकित्सकबाट राम्रो उपचार सेवा’

विराटनगर, वैशाख २४–भारतको नयाँदिल्लीका ३० वर्षीय अनुस जैदी २० दिनको उपचारपछि अस्पतालबाट आज विहान डिस्चार्ज भए । कोरोना संक्रमण पुष्टी भएपछि गत वैशाख ५ गते उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केबाट विराटनगरको कोशी अस्पताल कोभिड १९...

नोबेलमा २ कोरोना संक्रमितको मृत्यु

विराटनगर, २३ असोज–विराटनगरस्थित नोबेल शिक्षण अस्पतामा उपचाररत दुई जना कोरोना सन्क्रमितको मृत्यु भएको छ । मोरङको रंगेली र सुनसरीको धरान घर भएका कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । नोबेलका प्रबन्धक नारायण दाहालका अनुसार मोरङको...

कोरोनाबाट थप ८ जनाको मृत्यु

काठमाडौं, ३१ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा ८ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा चार महिला र चार पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट...

विराटनगरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

विराटनगर । भ्रष्टचारीलाई कारवाहीको माग राख्दै विराटनगरमा प्रर्दशन गरिएको छ । भ्रष्टचार विरुद्धको नागरिक निगरानी संस्था विराटनगर मोरङले सोमबार जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी प्रदर्शन गरेका हुन् । भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानविन गरी दोषीलाई...

मोरङ कारागारमा कैदीबन्दीबिच झडप

विराटनगर, २३ कात्तिक । विराटनगर हाटखोलास्थित मोरङ कारागारमा कदैदीबन्दीबिच झडप भएको छ । कारागारभित्र रहेका कैदीबन्दीको दुई समुहबिच आज विहान समुहबिच झप भएको हो । झडपमा आधा दर्जन कैदीबन्दी घाइते भएका छन् । विराटनगर कारागारका...

जोखिम क्षेत्रमा विद्यालय नखोल्न शिक्षा मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौं, ३० भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम रहेका क्षेत्रमा तत्काल विद्यालय नखोल्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रस्ताव गरेको छ । बुधबार शिक्षा मन्त्रालयका पदाधिकारीसँग भएको छलफलमा स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम कायमै रहेकाले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्