कोशी प्रदेशका सभामुख बाबुराम गौतमले दिए राजीनामा

 न्यूज विराट
कोशी प्रदेशका सभामुख बाबुराम गौतमले दिए राजीनामा

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि बहुमत जुटाउन सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । सरकार गठनमा राप्रपाको साथ नपाएपछि गठबन्धनको बहुमत पु¥याउन सभामुख गौतमले आज राजीनामा दिएका हुन् । उनले उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गरेर राजीनामा दिएका हुन् ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले सभामुख गौतमले पदबाट दिएको राजीनामा प्रदेशसभा सचिवालयमा दर्ता भएको बताए ।

गौतमको राजीनामासँगै ९३ सदस्यीय प्रदेशसभामा गठबन्धनलाई सरकार बनाउन आवश्यक बहुमत ४७ सांसद पुग्नछन् । गौतम नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

गठबन्धनले सभामुख गौतमलाई राजीनामा गराएर संविधानको धारा १६८ को उपधारा २ अनुसारको सरकारको दावी गर्न लागेको हो । सरकार गठनको लागि प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको आज बेलुका ५ः०० बजेसम्मको समय दिएका छन् । सो समयभित्रै दावी पेश हुने माओवादी संसदीय दलका नेता इन्द्र बहादुर आङ्बोले जानकारी दिए । ओखलढुंगा प्रदेशसभा २ बाट प्रदेशसभामा निर्वाचित गौतमकै हस्ताक्षरमा बहुमत दाबी गर्दै गत असार २१ गते कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बनेका थिए। तर गौतमको हस्ताक्षरलाई अवैधानिक ठहर गर्दै सर्वोच्चले थापाको नियुक्ति २२ दिनमै रद्द गरिदिएको थियो।

यसैबीच मंगलबार नै कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख गौतमले राजीनामा दिएपछि गठबन्धनकै बहुमतको सरकार बन्ने बताएका छन्।

प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीको सभामुखसहित १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद छन् ।

सम्बन्धित समाचार

बाहिरी तागतले माधव नेपाललाई एमालेबाट चुँडायो : ओली

काठमाडौं, ३ भदौ । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई बाहिरी शक्तिले एमाले छोड्न बाध्य पारेको बताएका छन् । एमाले फुटेपछि दिएको पहिलो अन्तर्वार्तामा उनले नेपालसँग आफूले बारम्बार भेट्न खोज्दा पनि नमानेको...

अन्तरविद्यालय स्तरीय विज्ञान प्रदर्शनी, ३५ स्कुलको सहभागि

विराटनगर । विराटनगर महानगरपालिकाले अन्तरविद्यालयस्तरीय विज्ञान प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरे । विराटनगरस्थित आदर्श माविमा आयोजित प्रदर्शनीमा विराटनगर क्षेत्रका ३५ वटा विद्यालयले सहभागिता जनाएका छन् । ९ देखि...

प्रतिवन्धित लागु औषध ब्राउन सुगर सहित १ जना पक्राउ

विराटनगर, २८ माघ ।सुनसरीको धरान उपमहानगर पालिका-१६ स्थितबाट प्रतिवन्धित लागु औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-१६ का २४ बर्षीय प्रबिण भुजेल रहेका छन । हिजो बेलुकी साढे...

कृषि विकास बैंकद्वारा महानगर र हाम्रो समाजलाई डस्विन प्रदान

विराटनगर । कृषि विकास विराटनगर शाखाले विराटनगर महानगरपालिका र हाम्रो समाजलाई डस्विन प्रदान गरेको छ ।विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा लागेको महानगरलाई केही मात्रामा भए पनि सहयोग पुगोस् भनेर डस्विन प्रदान गरिएको कृषि...

मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता, धरानलाई पाँच गोल गर्दै दमक भेट्रान्स सेमिफाइनलमा

विराटनगर । झापाको दमक– लखनपुर भेट्रान्स फुटबल क्लब विराटनगरमा जारी १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको खेलमा हाम्रो धरान भेट्रान्स क्लब...

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो, आज ६३७ थपिए

विराटनगर, ६ कात्तिक–प्रदेश १ पछिल्लो २४ घण्टामा ६ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ सय ९९, सुनसरीमा १ सय ८०, झापामा १ सय १०, उदयपुरमा १३, इलाममा ८, ताप्लेजुङमा ६, संखुवासभामा...

रोटरीले वितरण गर्यो खाद्य सामाग्री

विराटनगर, २१ कात्तिक–सामाजिक क्षेत्रमा अग्रसर रहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगर बखरीस्थित विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । आर्थिक रुपमा विपन्न ५० परिवारलाई खाद्यान्न वितरण गरेको हो । शुक्रबार एक कार्यक्रमकाबिच क्लबकी...

एक हप्ताभित्र कोरोना बिमाको रकम भुक्तानी गर्न विराटनगरका पत्रकारहरुको माग

विराटनगर । कोरोना बिमा वापत दाबी गरिएको रकम एक हप्ताभित्र भुक्तानी गर्न माग गर्दै विराटनगरका कोरोना पीडित पत्रकारहरुले बिमा कम्पनीलाई ज्ञापन पत्र बुझाएका छन् । विराटनगरस्थित अजोड इन्सुरेन्स लि.का प्रबन्धक केदारबहादुर खत्रिसमक्ष बिमाबाट रकम नपाएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्