संघीय संसदमा चुच्चे नक्सासहितको नयाँ लोगो अध्यावधिक - News Birat

संघीय संसदमा चुच्चे नक्सासहितको नयाँ लोगो अध्यावधिक

न्यूज विराट

काठमाडौं, १३ जेठ-संघीय संसद्को पुरानो लोगो प्रतिस्थापन गरेर नयाँ लोगी अध्यावधिक गरिएको छ । सरकारले नयाँ नक्सा जारी गरेर कार्यान्वयनमा लाएपछि सोहीअनुसार संघीय संसदमा पनि नयाँ लोगो अध्यावधिक गरिएको हो ।

मंगलबारदेखि संघीय संसद प्रतिनिधिसभा र राष्ट्रिय सभाको लोगोमा अद्यावधिक गरिएको नेपालको नक्सा राखिएको छ संघीय संसद सचिवालयले जनाएको छ ।

सरकारले छुटेका भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो । सोही नक्साअनुरूप संसदको निसान छापमा पनि चुच्चे नक्सा अध्यावधिक गरिएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles