सप्तरीमा प्रहरी र स्थानीयबीच झपड, महिलाको मृत्यु

 न्यूज विराट
सप्तरीमा प्रहरी र स्थानीयबीच झपड, महिलाको मृत्यु

राजविराज, १ वैशाख-खडक नगरपालिकामा प्रहरी र स्थानीयबीच झपड भएको छ । नगरपालिकाको वडा नम्बर ६ मा लकडाउन कार्यान्वयन गराउन इलाका कार्यालयबाट कल्याणपुर खटिएका प्रहरी र बासिन्दाबीच झडप भएको हो  ।

प्रहरीले बासिन्दालाई सडकमा ननिस्कन आग्रह गर्दा स्थानीय केही युवाबीच विवाद भएको थियो । युवासँगको विवादपछि प्रहरी र बासिन्दाबीच झडप भएको हो । युवासँगको विवादपछि प्रहरीले बासिन्दामाथि लाठी चार्ज गरेको थियो । लाठी चार्जबाट जोगिन भाग्ने क्रममा एक महिलाको मृत्यु भएको छ । भागदौडमा स्थानीय ६५ वर्षीया जैनव खातुनको मृत्यु भएको छ ।

खातुनको भाग्ने क्रममा लडेर मृत्यु भएको हो । खातुनका आफन्तले भने उनकने प्रहरीले कुटपिट गर्दा मृत्यु भएको आरोप लगाएका छन् । सप्तरीका डिएसपी तिलक भारतीले ब्लडप्रेशरका कारण बेहोस भएर खातुन लडेको र तथा उपचारको लागी स्थानिय एडभान्स अस्पताल कल्याणपुरमा उपचारको क्रममा मृत्यु भएको बताए ।

सम्बन्धित समाचार

तेस्रो कचनकवल गोल्डकप सुरु

विराटनगर, माघ २८–नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरी नेपालकै होचो भूभाग कचनकवलमा तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । कचनकवल गाउँपालिका खेलकुद विकास समितिको विशेष सहयोग तथा बनियानी युवा क्लबको आयोजनामा सुरु...

काेराेनाविरूद्धका २ वटा बीमालेख जारी गर्ने बीमा समितिकाे निर्णय

बीमा समितिले कोरोना भाइरस (कोभिड १९) बाट रक्षावरण हुने गरी बीमालेख जारी गर्ने निर्णय गरेको छ ।हाल विद्यमान रहेको घातक रोगसरहको बीमालेखअनुसार हुनेगरी कोरोना भाइरससम्बन्धी बीमालेख जारी गर्न सबै निर्जीवन बीमा कम्पनीहरूको बीमा पुलमार्फत निर्देशन...

नेकपा प्रचण्ड-माधव समूहको बैठक सुरु

काठमाडौं, ९ पुस । नेकपा प्रचण्ड-माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक बबरमहलमा सुरु भएको छ । केन्द्रीय कमिटी बस्नुअघि चार सदस्यीय सचिवालय र स्थायी कमिटी बसेको थियो । बैठकमा सचिवालय र स्थायी कमिटीले स्थायी कमिटी सदस्य...

शिक्षादीप कलेजमा भर्ना भएका विद्यार्थीलाई ‘ओरेनटेसन’

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा कक्षा ११ मा विज्ञान संकायमा भर्ना भएका विद्यार्थीहरूलाई ओरेनटेसन दिएको छ । कलेजले विराटनगरमा शुक्रबार एक भव्य कार्यक्रम आयोजना गरी कक्षा ११ मा विज्ञान संकायमा भर्ना भएका ८ सय ५०...

पशुपतिनाथको जलहरीमा सुन हिनामिना भएको विषयमा अख्तियारद्वारा मुद्दा दर्ताको तयारी

काठमाडौँ — पशुपतिनाथको ज्योतिर्लिङ्गमा राख्न बनाइएको जलहरीमा समेत सुन हिनामिना भएको विषयमा अख्तियारले मुद्दा दर्ताको तयारी गरेको छ । ८० करोडको सुन खरिदमा अनियमितता भएको प्रमाणसहित विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी भएको हो । पशुपतिनाथ मन्दिरमा...

अयोध्याको प्रमाण जुटाउँदै माडी नगरपालिका

चितवन, २ साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् राम नेपालकै अयोध्यामा जन्मेको बताएपछि यहाँको माडी नगरपालिकाले अयोध्याको प्रमाण जुटाउन लागेको छ । माडीको अयोध्यापुरीलगायतका ठाउँमा रामायणमा वर्णन गरिएका केही तथ्य भएपछि अयोध्या प्रमाणित हुने गरी नगरपालिकाले...

कोरोना संक्रमणबाट चितवनमा थप एकको मृत्यु

चितवन,  २५ भदौ-चितवन मेडिकल कलेजमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका—११ का ६२ वर्षीय पुरुषको आज दिउँसो १२ बजेर २० मिनेट जाँदा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्