काेराेनाविरूद्धका २ वटा बीमालेख जारी गर्ने बीमा समितिकाे निर्णय

 न्यूज विराट
काेराेनाविरूद्धका २ वटा बीमालेख जारी गर्ने बीमा समितिकाे निर्णय

बीमा समितिले कोरोना भाइरस (कोभिड १९) बाट रक्षावरण हुने गरी बीमालेख जारी गर्ने निर्णय गरेको छ ।हाल विद्यमान रहेको घातक रोगसरहको बीमालेखअनुसार हुनेगरी कोरोना भाइरससम्बन्धी बीमालेख जारी गर्न सबै निर्जीवन बीमा कम्पनीहरूको बीमा पुलमार्फत निर्देशन गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

कोरोना भाइरसलाई लक्षित गर्दै १ लाख र ५० हजार रूपैयाँ गरी २ वटा बीमालेख जारी गर्न सकिने व्यवस्था गरिएको पौडेलले बताए । श्रेणी ‘क’ र ‘ख’ गरी जारी हुने बीमालेखमा १ लाख रुपैयाँसम्मको बीमा गर्दा १ हजार रुपैयाँ प्रिमियम शुल्क लाग्ने र परिवारका सबै सदस्यहरूको बीमा गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँ बीमा शुल्क लाग्ने व्यवस्था गरिएको उनले बताए ।

त्यस्तै, श्रेणी ‘ख’ अन्तर्गत ५० हजार रुपैयाँसम्म बीमा गर्न सकिने र सोबापत प्रतिव्यक्ति ५ सय बीमा शुल्क तोकिएको छ । यसअन्तर्गत परिवारका सबै सदस्यको बीमा गर्न चाहेमा थप ३ सय बीमाशुल्क निर्धारण गरिएको पौडेलले बताए । पोलिसीअन्तर्गत बीमा गर्ने व्यक्तिलाई कोरोना लागेको भनी पीसीआर परीक्षणमा पोजेटिभ देखिनेबित्तिकै बीमा रकम दाबी भुक्तानी लिन सकिनेछ । दाबीका लागि बीमा सुरु भएको १५ दिनसम्म प्रतीक्षा अवधि रहनेछ ।

सम्बन्धित समाचार

राहतमा कुहिएको दाल बाँड्ने वडाध्यक्ष पक्राउ

जनकपुर, ८ वैशाख-कुहिएको दाल राहतमा बाँडेको आरोपमा प्रहरीले कलैया उपमहानगरपालिकाका ३ जना वडाध्यक्षलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वडा नम्बर ११ का वडाध्यक्ष सर्वनारायण चौधरी, १३ नम्बरका वडाध्यक्ष राजनप्रसाद कुर्मी र २६ नम्बरका वडाध्यक्ष महेश...

प्रदेश १ मा २६ संक्रमित थपिए, ८ जना डिस्चार्ज

विराटनगर, .असार १–प्रदेश १ मा सोमबार २६ जना कोरोना संक्रमित थपिएका छन् । आज ४ महिला र २२ जना पुरुषमा संक्रमण देखिएको छ। आज मोरङमा २२ जना, सुनसरीमा ३ जना र झापामा १ जनामा संक्रमण...

कोरोना संक्रमितको संख्या १७ हजार नाघ्यो, आज थप ११६ संक्रमण पुष्टि

काठमाडौं, ३० असार-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार नाघेको छ । मंगलबारको कोभिड-१९ प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिलो २४ घण्टामा ११६ जना संक्रमित थपिएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या...

सुनवर्षी नगरपालिकालिकाको मेयरमा कांग्रेसबाट देबेन्द्र बहादुर बस्नेत बलिया दाबेदार

सुनवर्षी। देशमा चुनावको घोषणा भए संगै जिल्ला र नगरमा उम्मेदवार को हुने भन्ने बिषयमा चर्चा चल्न थालेको छ। मोरङ जिल्लामा यसको ब्यापक चहलपहल बढेको छ। नेताहरु जिल्ला ,प्रदेश र केन्द्रको नेताहरुसंग प्रायजसो सम्पर्कमा नै रहन्छन्।...

इन्डो नेपाल क्रिकेट प्रतियोगिताको दोस्रो खेल : एनबीएससीको शानदार जित

विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको सिद्धार्थ स्पोर्टिङ क्लब (एनबीएससी) सेमिफाइनलमा प्रवेश गरेको छ ।मंगलबार भएको दोस्रो खेलमा भारतको सुपोल क्रिकेट क्लब (मुन) लाई ६ विकेटले हराउँदै एनबीएससी अन्तिम चारमा...

आजदेखि आपूर्ति व्यवस्थापनका लागि नयाँ पासको व्यवस्था

काठमाडौं, ४ जेठ-वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आजदेखि आपूर्ति व्यवस्थापनका लागि सवारी पासकाे व्यवस्था गर्ने भएकाे छ । यसअघि दिइएको सबै पास रद्द भएपछि शनिबार आपूर्ति व्यवस्थापन सवारी पास जारी गर्ने मापदण्ड बनाएर विभागमा...

कोरोना देखिएपछि सिल गरिएको धनकुटा अस्पताल आइतबारदेखी संचालन गरिने

विराटनगर, जेठ ९–अस्पतालकै स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि जेठ ४ गतेदेखि बन्द रहेको धनकुटा अस्पताल आइतबारदेखि संचालनमा आउने भएको छ । १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरश मेहताले आज प्रेस विज्ञप्ति जारी गरि...

रासायनिक प्लान्टबाट ग्यास चुहिँदा भारतमा ८ जनाको मृत्यु

एजेन्सी, बैशाख २५-भारतको आन्ध्र प्रदेशको विशाखापटनममा रहेको एक रासायनिक प्लान्टबाट ग्यास लिक हुँदा ८ जनाको मृत्यु भएको छ भने सयौँ बिरामी भएका छन् । रासायनिक प्लान्टबाट ग्यास लिक भएपछि सो क्षेत्रमा भागदौड मच्चिएको छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्