काठमाडौं, ३० चैत-मध्यपूर्व तथा खाडी देशमा खटिएका ९ जना नेपाली राजदूतले आफ्नो १ महिनाबापतको तलब कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् ।
इजरायल, इजिप्ट, ओमान, कतार, कुवेत, पाकिस्तान र बहराइन, साउदी अरब र यूएईका नेपाली राजदूतले आफ्नो १महिनाबापतको तलब सरकारले स्थापना गरेको उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले जानकारी दिए ।
कतारका लागि नारदनाथ भारद्वाज, इजरायलका लागि डा. अञ्जना शाक्य, इजिप्टका लागि झवीन्द्रप्रसाद अर्याल, ओमानका लागि शर्मिला पराजुली ढकाल, कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, पाकिस्तानका लागि सेवा लम्साल, बहराइनका लागि सुन्दास, यूएईका लागि कृष्णप्रसाद ढकाल र साउदी अरबका लागि महेन्द्रप्रसाद सिंह राजपुतले १ महिनाको तलब राहत कोषमा जम्मा गरिदिने निर्णय गरेका हुन् । रासस